Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

गीतकार अबिनाश थापा मगरको ‘ठूली कान्छी’

खबरडबली संवाददाता

काठमाडौं । गीतकार अबिनाश थापा मगरको शब्द रचना एवं संगीतमा कौराह गीत ‘ठूली कान्छी’ सार्वजनिक भएको छ । ‘ठूली कान्छी’ गीतमा अबिनाश थापा स्वयम्को स्वर रहेको छ भने महिला आवाजमा करिश्मा राना मगरको स्वरमा साथ दिएकी छन् । ‘ठूली कान्छी’ गीतमा तेजेन्द्र दूराको संगीत संयोजन रहेको छ भने कृष्ण लामिछानेमा ध्वनि सम्पादन रहेको छ । 

‘ठूली कान्छी’ गीतको म्यूजिक भिडियोलाई मनाङ गुरुङको कोरियोग्राफी एवं निर्देशन रहेको छ । भिडियोमा हेमा डी. मगर, रमेश मगर, राजन मगरले मुख्य भूमिका निर्वाह गरेका छन् । भिडियोको छायाँकन विजय लामाले गरेको हुन् भने विष्णुहरि तिमिल्सिनाले भिडियो सम्पादन गरेका छन् । 

गोरखामा जन्मिएर गीतसंगीतलाई कर्मथलो बनाउँदै आएका अबिनाश थापा मगरले दर्जनभन्दा गीतमा शब्द र संगीत सिर्जना गर्नुका साथै स्वरसमेत दिँदै आएका छन् । उनको सर्वाधिक रुचाइएको र लोकप्रियता हासिल गरेको ‘हे ठूली’ हो । उनको सिर्जनामा रहेको यो गीतको नृत्य प्रतियोगितासमेत गरिएको थियो । त्यस्तै उनका गोरखा डाँडा शितलु, आधा मुटु, खैंचडीको तालैमा, छोटे लुदी सुसारे गाउँ, समर्पण, तिम्रो जवानी, मायाको झल्को लगायतका दर्जनौं गीतहरु रहेका छन् । 

‘ठूली कान्छी’ गीतलाई गायक अबिनाश थापा मगरले आफ्नै अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending