बैतडी । धान, मकै, गहुँ र उखु उत्पादनका लागि प्रसिद्ध मानिएको जिल्लाको सिगास क्षेत्रमा सिँचाइ र सडक नहुँदा बसाइँसराइ गर्ने बढेका छन् । आकासे पानीको भरमा उत्पादन भएको बर्खे बाली र तरकारी बिक्री गर्न पनि गाउँमा बार्है महिना सडक चल्दैन । गाउँमा असुविधा भएपछि ७० प्रतिशत परिवार बसाइँ सरेर हिँडेका छन् ।
सिगास गाउँपालिका–१, बेसरा, अङ्डेगाडा र इराना गाउँबाट पछिल्लो समयमा बसाइँ सर्नेको सङ्ख्या बढ्न थालेको छ । यी गाउँको फेदमा ढणारीगाड र गाँजरीगाड कल कल बगे पनि गाउँमा सिँचाइ सुविधा पुग्न सकेको छैन । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्गबाट पाँच÷सात किलोमिटर मात्रै दुरीमा पर्ने यी गाउँमा गतिलो सडक पुग्न नसकेको वडाध्यक्ष रामचन्द्र ऐरीले बताए ।
वडाध्यक्ष ऐरीले भने, “स्थानीय तहसँग सडक कालोपत्रे गर्न बजेट छैन । प्रदेश र सङ्घबाट योजना ल्याउन पहुँच पुग्दैन । तीन वर्षअघि सुदूरपश्चिम प्रदेश सरकारबाट आएका दुई वटा सिँचाइ योजनामा थप बजेट नआउँदा अलपत्र परेका छन् ।”
फलफूल, तरकारी, दलहन र उखु उत्पादनका लागि राम्रो भूगोल मानिए पनि गाउँमा आधारभूत सुविधा नभएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको स्थानीय शिक्षक धनबहादुर ऐरीले बताए । बसाइँसराइको असरले यसअघि दुई सय विद्यार्थी अध्ययन गर्ने भूमिराज आधारभूत विद्यालयमा अहिले ६० जना मात्रै विद्यार्थी रहेको उनलदे बताए ।
सडक, सिँचाइ र स्वास्थ्य सुविधा नहुँदा गाउँको जमिन बाँझो छाडेर सबै परिवार कैलाली झरेको स्थानीय मदन भट्टले बताए । तराई झरेपछि उनको परिवारका सदस्य भाडामा जमिन लिएर तरकारी खेती गर्दै आइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: