हेटौँडा । नेपाल प्रहरीले हेटौँडा सिमेन्ट उद्योगबाट रु ४० लाख बढी मूल्य बराबरको तामाको तार चोरीमा संलग्न भएको आरोपमा तीन र लागुऔषध तथा चोरीमा संलग्न भएको आरोपमा अन्य छ गरी नौ जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका–९ लामसुरेस्थित हेटौँडा सिमेन्ट उद्योगको पश्चिमतर्फको रोप–वेदेखि क्रसरसम्म जाने छ इञ्च र चार इञ्चको तामाका तार काटी चोरी गरेको आरोपमा हेटौँडा–१३ का मनिराम थोकर, सन्त तितुङ र भारतीय नागरिक दिल खुस कुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
चोरीमा संलग्न भएको आशङ्कामा थोकरलाई नियन्त्रणमा लिई घटनाबारे सोधपुछ गर्दा हेटौँडा–१३ बस्ने २८ वर्षीय सन्त तितुङलगायत अन्य पाँच÷सात जना मिलेर तार चोरी गरी तार छिलेर हेटौँडा–४ स्थित कवाडी पसल सञ्चालक भारतको मोतिहारी जिल्ला चिरैया थाना–७ का दिल खुशकुमार साहलाई बिक्री गरेको भनी खुल्न आएपछि उनीहरुलाई पनि नियन्त्रणमा लिइएको उपरीक्षक खड्काले बताए ।
प्रहरीले एक सय पाँच किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । हेटौँडा–१९ नेवारपानीस्थित पूर्वपश्चिम सडकखण्डको रजैया जाने जङ्गल छेउमा रोकेर राखेको बागमती प्रदेश ०१–०२५ च ७८७१ नम्बरको योद्धा पिकअप गाडी र गाडीमा सवार हेटौँडा–३ बसामाडीका २४ वर्षीय पञ्चलाल थिङलाई गाँजासहित पक्राउ गरेको हो ।
त्यस्तै हेटौँडा –८ कर्णावती मार्गस्थित शिव गौतमको निर्माणाधीन घरबाट बिजुलीको तार चोरी भएको घटना अनुसन्धानका क्रममा चोरी भएको उक्त सामानसहित हेटौँडा–८ कमाने बस्ने २६ वर्षीय सुमन राई, २५ वर्षीय समिर घिमिरेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हेटौँडा–८ क्याम्पास्थित हेटौँडा फन भिल्लाबाट साउण्ड सिस्टम एक थान र नगद रु २० हजार तथा हेटौँडा–२ स्थित शान्तिटोल बस्ने राजेश थापा क्षेत्रीको ना३प ४७३ नम्बरको यामाहा कम्पनीको मोटरसाइकल पार्किङ गरी राखेको अवस्थामा चोरी गरेको आरोपमा हेटौँडा–८ कमानेका २४ वर्षीय सुशान्त श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
मकवानपुरगढी गाउँपालिका–२ शिखरकटेरीस्थित कान्तिलोक पथ सडकखण्डमा सवारी साधन रोकी चेक गर्ने क्रममा प्रदेश २–०१–००३ प ६१०५ नम्बरको मोटरसाइकल चालक कञ्चनपुर जिल्ला बेलडी गाउँपालिका–३ घर भई फास्ट ट्रयाकमा वेल्डिङको काम गर्ने २४ वर्षीय राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीलाई ३७ किलो बिजुलीको तार चोरी गरी हेटौँडातर्फ लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - २१:५७
काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...
आषाढ़ १४ गते, २०८३ - २१:५४
काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...
आषाढ़ १४ गते, २०८३ - २१:४८
काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...
आषाढ़ १४ गते, २०८३ - २१:४३
विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...
आषाढ़ १४ गते, २०८३ - २१:३९
काठमाडौँ । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...
आषाढ़ १४ गते, २०८३ - २१:३४
रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...
आषाढ़ १४ गते, २०८३ - २१:३१
काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...
आषाढ़ १४ गते, २०८३ - २१:२९
काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...
आषाढ़ १४ गते, २०८३ - २१:२८
काठमाडौँ । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...
आषाढ़ १४ गते, २०८३ - २१:२५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...



प्रतिकृया लेख्नुहोस्: