Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

'नो हर्न’ अभियान प्ले कार्ड मार्फत सचेतना जगाउदै ट्राफिक प्रहरी

खबरडबली संवाददाता

काठमाडौं । केहि दिन यता काठमाडौंका चोक चोकमा ‘नो हर्न’ लेखिएका ‘प्ले कार्ड’ सहित ट्राफिक प्रहरी सवारी चालकको नजिकै गएर अनावश्यक हर्नको प्रयोग नगर्न अनुरोध गरिरहेको छ ।

पछिल्लो समय ट्राफिक प्रहरीले थप सक्रिए भएर सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्न ‘नो हर्न’ अभियानलाई कडाई गर्दै कारवाहिको साथै सचेतना जगाउने काम गर्दै आएको छ ।

काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । “नो हर्न” लाई अभियानकै रुपमा संचालन गर्दै जनचेतनामुलक गोष्ठी, कार्यक्रम, सचेतनामुलक पर्चा पम्प्लेट बितरण, नो हर्न स्टिकर टाँस्ने लगायत व्यापक प्रचार पसार गरि हर्नको अनावश्यक प्रयोगमा कमी ल्याएको थियो । सुरुआती दिनमा ‘नो हर्न’ अभियान प्रभावकारी भए पनि क्रमश: हर्नको प्रयोगमा केहि वृद्धि भए पश्चात अहिले ट्राफिक प्रहरीले कडाईका साथ कारवाहि समेत गर्दै आएको छ । 

सवारी तथा यातायात व्यबस्था ऐन २०४९ ले समेत ध्वनी संकेत दिन निषेध गरेको स्थानमा ध्वनी संकेत दिएमा वा वजाएमा ट्राफिक नियम उल्लंघन हुने स्पष्ट व्यबस्था छ । कानूनी व्यबस्था हुँदा हुँदै पनि कतिपय चालकहरुले लापरवाहि गरि वा ध्वनी प्रदुषणको असर बारेमा चेतनाको अभावले आम नागरिक वर्षौं देखि सवारी साधनहरुले उत्पन्न गर्ने कर्कस ध्वनि प्रदूषणको सिकार हुनुपरेको छ । 

अनावश्यक हर्न बजाएर उत्पन्न हुने ध्वनी प्रदुषणलाई कम गर्न कडाईका साथ प्रस्तुत हुँदै आएको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिए । काठमाडौं उपत्यकामा गुड्ने करिव १५ लाख सवारी साधनहरुबाट निस्किने धुवाँ सँगै ध्वनीको प्रदुषणको कारण जनस्वास्थ्यमा ठुलो असर गरेको छ जसको प्रत्यक्ष मारमा स्वयंम ट्राफिक प्रहरी रहने गरेको डिआजी बोहराले प्रष्ट्याए ।

कारवाहि सँगै हामीले चोक चोकमा प्ले कार्ड देखाएर चालकहरुलाई थप सचेत गराउने प्रयत्न भैरहेको छ यसले अनावश्यक हर्न बजाउने प्रबृत्तिमा कमी आउने र ध्वनी प्रदुषण नियन्त्रणमा आउने हाम्रो अपेक्षा छ, यसलाई थप कडाई गरिने प्रमुख बोहराले थप उल्लेख गरे ।

गत आ.व.०८०/८१ मा अनाबश्यक रुपमा हर्नको प्रयोग गर्ने १० हजार १२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाहि गरेको छ भने यस बर्ष मात्र १३ हजार तीन सवारी साधनलाई कारबाहि गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यहि कार्तिक १ गतेदेखि ट्राफिक प्रहरीले हर्न निषेधलाई थप कडाई गर्दै चोक जक्सनमा नो हर्न प्ले कार्ड सहित सचेतना अभिबृद्धि गर्ने कार्य गर्दै आएको छ । त्यस यता ९६६ जना अनावश्यक हर्नको प्रयोग गरेको कसुरमा कारवाहि गरेको छ ।

सामान्यत मानिसको सामान्य सुन्ने क्षमता २६ डेसिबलसम्म हुने र सुन्नका लागी ६० डेसिबलसम्मको ध्वनी स्वीकारयोग्य हुन्छ भने ७० डेसिबलको ध्वनी स्वास्थ्यको लागी हानिकारक मानिन्छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने लगायत असर गर्ने गर्दछ । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निकाल्ने मोटरसाइकलहरु र प्रेसर हर्न बजाउने सवारी साधनले बढि ध्वनी प्रदुषण गर्ने गरेको छ । 

जथाभावी हर्न वजाउदा पैदलयात्री बिशेषगरि वालवालिका, जेष्ठ नागरिक, गर्भवती महिला, अशक्त बिरामीहरुको जनस्वास्थ्यमा बढि असर गर्ने बिषयलाई समेत ध्यान दिदै नियमित निग्रानी र कारवाहि गरिदै आएको ट्राफिक प्रहरीका प्रबक्ता डिएसपी रबिन कार्कीले बताए ।

पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा पुन: हर्न बजाउने संख्या बढ्दै गए पछि ट्राफिक प्रहरीले कारवाहि अभियानलाई समेत बढोत्तरी गरेको छ । यसको साथै हामीले मुख्य चोकहरुमा ‘नो हर्न’ चिन्ह अंकित प्ले कार्ड सहित थप ट्राफिक प्रहरी खटाएर सचेतना जगाउने काम पनि सँग सँगै लागेका छौ, यसले अनावश्यक हर्न बजाउने प्रबृत्तिमा केहि हदसम्म नियन्त्रण हुने प्रबक्ता कार्कीले बिश्वास ब्यक्त गरे ।

दुर्घटना हुने जोखिम वा खतरा भएमा वा सडकको एक भागबाट अर्को भाग नदेखिने घुम्ति मोडहरु भएको स्थानहरुमा अति आवश्यक परेको खण्डमा मात्र हर्नको प्रयोग गर्न हुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । यस्ता जोखिमयुक्त  मोडहरुमा पनि बिपरीत तर्फबाट आउदै गरेका सवारी साधनलाई संकेत गर्ने गरि छोटो हर्न मात्रै प्रयोग गर्न ट्राफिक प्रहरीको सुझाव छ ।

हर्न कम बजाउने संस्कारको बिकास गर्दै सभ्य र अनुशासित सडक बनाउन हामी सवै जिम्मेवार हुनु पर्छ । जथाभावी हर्न बजाउन जरुरी छैन भन्ने सन्देश प्रवाह गर्न चालकहरुले धैर्य भई अनावश्यक हर्न नबजाइकन यात्रा गर्न र नो हर्न अभियानलाई सफल बनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending