सर्लाही। वनकर्मीको टोलीले सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगर नाखा टोलबाट बिहीबार भरुवा बन्दुक र हरिणको मासु बरामद गरेको छ ।
विशेष सुराकीको आधारमा डिभिजन वन कार्यालय सर्लाहीबाट खटिएको वनकर्मीको टोलीले बिहीबार बिहान–९ बजेतिर स्थानीय जानकी सामुदायिक वनका अध्यक्ष दिनेश विक र छिमेकी हरिनारायण महराको घरबाट हरिणको मासु बरामद गरेको हो । वनका अध्यक्ष विकको घरबाट दुई केजी र हरिनारायणको घरबाट–१३ केजी हरिणको मासु बरामद भएको सर्लाहीका डिभिजन वन अधिकृत सन्तोषकुमार झाले जानकारी दिए ।
घरबाट हरिणको मासु बरामद भए पनि वनका अध्यक्ष विक र उनका छिमेकी महरा भने फरार छन् । उनीहरूको खोजी भइरहेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । वनकर्मीले खानतलासीको क्रममा हरिनारायण महराको बारीमा लुकाइराखिएको एक थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने एक थान नाल र एक थान खुकुरी बरामद गरेका छन् ।
भरुवा बन्दुकमा टाढासम्म उज्यालो फाल्ने ‘टर्च लाइट’ फिट गरिएकाले उक्त हतियार पेसेवर सिकारीले वनजन्तुको सिकार गर्न प्रयोग गर्दैआएको हुनसक्ने आशङ्का गरिएको छ । बरामद हतियार लामबन्दीस्थित डिभिजन वन कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत झाले बताए।
बरामद भएको हरिणको मासु जनप्रतिनिधि, सञ्चारकर्मी, वन कर्मचारी लगायतको रोहबरमा डिभिजन वन कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८३ - ११:२१
नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...
जेष्ठ २३ गते, २०८३ - ११:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...
जेष्ठ २३ गते, २०८३ - ०८:३०
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...
जेष्ठ २३ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...
जेष्ठ २३ गते, २०८३ - ०८:२५
काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...
जेष्ठ २३ गते, २०८३ - ०८:२४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...
जेष्ठ २३ गते, २०८३ - ०८:१०
विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...
जेष्ठ २३ गते, २०८३ - ०८:०६
काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...
जेष्ठ २३ गते, २०८३ - ०८:०२
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...
जेष्ठ २३ गते, २०८३ - ०८:०१
काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...



प्रतिकृया लेख्नुहोस्: