काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उपलब्ध स्वास्थ्य जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने बताएको छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई बिहीबार फेलोसिप कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएकोबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्नुहुँदै उनले यस्तो बताएको हो ।
मन्त्री पौडेलले नेपालमा स्वास्थ्य जनशक्ति अपुग रहेको भन्दै उपलब्ध जनशक्तिलाई थप दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउने विकल्प आफूसँग रहेको बताए। उनले तत्काल औपचारिक योग्यता पुर्याएर जनशक्ति उत्पादन गर्ने स्थिति नरहेको जानकारी दिए ।
उनले भने, ‘‘मानव अङ्ग प्रत्यारोपण केन्द्रमा यो फेलोसिप कार्यक्रम सञ्चालन हुने भएको छ । यो मलाई लाग्छ समग्र स्वास्थ्य क्षेत्रको उपलब्धि हो । हाम्रो स्वास्थ्य जनशक्ति अपुग छ भन्नेकुरा हामी सबैलाई जानकारी छ । हामीसँग उपलब्ध जनशक्तिलाई थप दक्ष बनाइ हामीले स्वास्थ्य सेवा प्रभावकारी बनाउने विकल्प हामीसँग छैन । त्यसैले तत्काल औपचारिक योग्यता पुर्याएर जनशक्ति उत्पादन गर्ने स्थिति छैन ।’’
मन्त्री पौडेलले उपलब्ध चिकित्सकीय जनशक्तिलाई थप तालिमहरु दिएर विभिन्न सेवा उपलब्ध गराउनसक्ने क्षमता वृद्धि गर्न जरुरी रहेको बताए । उनले प्रत्यारोपणको क्षेत्रमा मात्रै नभइ अन्य क्षेत्रमा पनि उपलब्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि गराएर स्वास्थ्य सेवा क्षेत्र विस्तार गर्न आवश्यक रहेको उल्लेख गरे।
मन्त्री पाण्डेलले भने, ‘‘त्यसैले हामीसँग उपलब्ध चिकित्सकीय जनशक्तिलाई थप तालिमहरु दिएर विभिन्न सेवा उपलब्ध गराउनसक्ने क्षमता वृद्धि गर्न जरुरी छ । यो प्रत्यारोपणको क्षेत्रमा मात्रै होइन, अन्य क्षेत्रमा पनि यसरी हामीसँग उपलब्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि गराएर हाम्रो स्वास्थ्य सेवा क्षेत्र बिस्तार गर्न आवश्यक छ ।’’
फेलोसिप कार्यक्रमलाई सातै प्रदेशमा विस्तार गर्ने सरकारको योजना रहेको बताए । नेपाल मेडिकल काउन्सिलले किड्नी ट्रान्सप्लान्ट सर्जरी र रिनल ट्रान्सप्लान्ट मेडिसाइन गरी दुई क्लिनिकल फेलोसिपहरु एक वर्षका लागि अनुमति दिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - १७:१५
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...
माघ १० गते, २०८२ - १६:५५
म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...
माघ १० गते, २०८२ - १६:४४
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...
माघ १० गते, २०८२ - १६:२९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...
माघ १० गते, २०८२ - १६:१३
काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...
माघ १० गते, २०८२ - १६:०२
काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...
माघ १० गते, २०८२ - १५:५४
काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...
माघ १० गते, २०८२ - १५:४८
झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...
माघ १० गते, २०८२ - १५:२९
काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...
माघ १० गते, २०८२ - १५:१९
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...




प्रतिकृया लेख्नुहोस्: