Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

जग्गा दान लिनु स्वाभाविक हो, विवाद आवश्यक छैन- महासचिव पोखरेल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गा दान लिनु स्वाभाविक भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले जग्गा दान लिएको विषयमा विवाद गर्नु आवश्यक नभएको टिप्पणी गरेका हुन् । 

उनले महाविपत्तिमा भएको क्षतिको पुननिर्माणमा सहयोग प्राप्तगर्ने र सहयोग गर्ने प्रचलन पुरानै भएको र महाविपत्तिपछिको राहत, उद्धार र पुननिर्माणमा राज्यले समेत नागरिक र अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिने गरेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्-

महाविपत्तिमा भएको क्षतिको पुननिर्माणमा सहयोग प्राप्तगर्ने र सहयोग गर्ने प्रचलन पुरानै हो । महाविपत्ति पछिको राहत, उद्धार र पुननिर्माणमा राज्यले समेत नागरिक र अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिने गरेको तथ्यसंग नेपालीजन जानकार छ । नेकपा(एमाले_ नयाँ पार्टी कार्यालय बनाउन लागि रहेको होइन । पुरानो पार्टी कार्यालय महाभूकम्पका कारणले क्षतिग्रस्त भएकोले पुननिर्माण गर्न लागेको हो ।

आजभन्दा १० वर्ष पहिलेको विनाशकारी भूकम्पमा भएको भौतिक क्षतिको पुननिर्माणको नेतृत्व नेकपा(एमाले) आफैले सरकारमा रहदा गरेको थियो ।

पहिले जनताका घर पुननिर्माण गर्ने, त्यसपछि सरकारी भवन र सम्पदाको पुननिर्माण गर्ने नीति लिएको थियो । यी सबै काम सकिएपछि मात्र पार्टी कार्यालय भवन पुननिर्माण गर्न खोजेको हो । त्यो पनि बाढी र डुवानका कारणले भाडामा रहेको पार्टी कार्यालयमा ठुलो क्षति वेहोर्नु परेको अवस्थामा आफ्नै कार्यालय भवन बनाउन खोजेको हो ।

राजनीतिक दलहरु पनि समाजिक संस्था भएका कारणले त्यसको पुननिर्माणमा राज्य र नागरिक स्तरवाट सहयोग प्राप्तगर्ने स्वभाविक हक़ रहन्छ नै ।

कतिपय राजनीतिक दलहरुले सुरुमै चन्दा र दानवाट पार्टी भवन निर्माण गरेको दृष्टान्त छ । यस्तो अवस्थामा नेकपा९एमाले० पारदर्शी तरिकावाट लिएको कार्यालय भवन निर्माणको सहयोगलाई अन्यथा रुपमा चित्रण गर्ने र बहसको विषय वनाउने कुरा उचित होइन ।

नेकपा९एमाले० कार्यकर्तावाट सहयोग संकलनको अभियान नचालाएको होइन । वल्खुस्थित जमिनमा खोला किनारमा संरचना निर्माणको नयाँ मापदण्ड जारी भएका कारणले सम्भव भएन । पार्टी पंक्ति भित्रवाट सहयोग पर्याप्त संकलन हुन नसकेको र पुरानो जमिनमा पार्टी कार्यालय भवन निर्माण हुने अवस्था नदेखिएपछि दानमा जमिन लिने संस्थागत निर्णय गरिएको थियो ।

यस्तो अवस्थामा नेकपा९एमाले० विनाशकारी भूकम्पमा भएको क्षतिग्रस्त भवनको पुननिर्माणका लागि पार्टीका शुभेच्छुकले सहयोग गर्ने चाहना समेत राखेकोले सहयोग लिएको हो । यस्तो सहयोग लिनु स्वभाविक हो । अन्यथा ठान्न मिल्दैन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

करार कर्मचारीलाई ‘पुल’ प्रणालीबाट व्यवस्थापन गरिने, यस्तो छ ७ बुँदे निर्णय

काठमाडौं। नेपाल सरकारले स्वीकृत दरबन्दीमा करार सेवामा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था, ...

पेन्सन लिइसकेका कर्मचारीलाई करारमा नराख्ने सरकारको निर्णय, साउन १ देखि लागू हुने

काठमाडौँ ।  सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण ९पेन्सन० वा उपदान प्राप्त गरिसकेका कर्मचारीलाई पुन: करार सेवामा राख्न नपाइने निर्णय गरेको छ।...

सरकार र मिटरब्याज पीडितबीच निर्णायक वार्ता, आजै लिखित सम्झौताको तयारी

काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच जारी वार्ता अन्तिम चरणमा पुगेको छ। सिंहदरबारमा भइरहेको छलफल सकारात्मक निष्कर्षमा पुगेमा दुवै पक्षबीच आ...

अद्यावधिक नभएका सात सहकारीको इजाजत खारेज

मोरङ। लगातार दुई वर्षसम्म विवरण नबुझाई निष्क्रिय रहेका कोशी प्रदेशका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयअ...

आजदेखि वर्षा बढ्ने, पाँच प्रदेशमा जोखिम

काठमाडौँ। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षाको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो र...

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौँ । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट  सुझाव माग ग...

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै छापिने

काठमाडौँ। लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को छपाइ कार्य पूर्ण रूपमा सम्पन्न भएको छ । यससँगै अब नयाँ सवारी चा...

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...

इजरायलले केयरगिभरमा थप १ हजार ९८५ लैजाने

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending