Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

पर्यटनमन्त्री पाण्डेले सार्बजनिक गरे सय दिनका कामको विवरण, के-के छन् ?

खबरडबली संवाददाता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पहिलो एक सय दिनको अवधिमा नगारिक उड्डयन प्रधिकरणलाई अलग गर्ने विधेयक तयार, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्ययोजनाको सफल कार्यान्वयन, पर्यटन ऐनको परिमार्जन, पर्यटन नीति तयार जास्ता दुरगामी महत्वका कामहरु भएको बताएका छन् ।     

विहिबार पत्रकार सम्मेलन गर्दै मन्त्री पाण्डेले आफुले सय दिनमा गरेका कामको विवरण सार्बजनिक गरेका हुन् । 

मन्त्री पाण्डेले नागरिक नेपाल एयरलाइन्सलाई सुधार गरी लैजान यसको व्यबस्थापनलाई कुन मोडलमा लैजने भन्ने विषयमा गम्भीर छलफल थालिएको तथा नेपालमा पटकपटक भएको हवाई दुर्घटना र त्यस पछि गठित आयोगका अध्ययन प्रतिवेदनले औल्याएका विषयका समग्र अध्ययन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा समिति गठन गरिएको पनि सो अवसरमा बताए ।

मन्त्री पाण्डेले भने, “नेपाल एयरलाईन्समा देखिएका समस्याहरुको दीर्घकालीन समस्या समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको छ । नेपाल नाागरिक उड्डन क्षेत्रको समष्टिगत अध्ययन एवम् विश्लेषण गरी सुरक्षित भरपर्दो एवम् विश्वसनिय बनाउन समिति समेत गठन गरी काम अघि बढाइसकेका छौं ।”

उनले नेपाल नागरिक उड्डटयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रुपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, सङ्घीय संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिनुभयो । ती विधेयकहरु संसदको आगामी अधिवेशनमा पेश भई परित गर्न पहल हुने पनि स्पष्ट गरे । 

यसै गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहन सहितको कार्ययोजना पछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यहि कार्तिक २४ गतेदेखि जजिरा एअरवेयजले हप्तामा तीन र फ्लाई दुबईले दैनिक एक अन्तर्राष्ट्रिय उडान गर्ने गरी कार्यतालिका स्वीकृत हुनु महत्वपूर्ण उपलब्धी भएको स्पष्ट गरे ।  

मन्त्री पााण्डेले भने, “आन्तरिक वायुसेवाले व्यहोर्नुपर्ने यात्रुको दायित्व तथा वीमालाई समयानुकुल बृद्धि गर्न हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रकृया अघि बढाइएको छ ।” यसको कार्यन्वयनबाट हावई दुर्घटनामा परेका यात्रुका परिवारले पाउने बीमा रकमा उल्लेख्या बृद्धि हुने छ । 

यसैबीच देशका विभिन्न भागमा भएका बाढी र पहिरोबाट उत्पन्न विपद्का बेला मन्त्रालयले यातायात सेवा अवरूद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुलाई अतिरिक्त शुल्क नलाग्ने गरी टिकटको मिति परिवर्तन गर्न पाउने व्यवस्था मिलाइएको र यसबाट यात्रुलाई सहज भएको बताए ।

सो अवरुद्ध सडक सञ्जालहरू सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीले स्वीकृत हवाई भाडादरकोअधिकतम सीमाको टिकट बिक्री नगर्ने गरी व्यवस्था मिलाइएको मन्त्री पाण्डेले बताए । नेपाल र फ्रान्सबीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा संझौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडि बढाइएको, नेपाल र इन्डोनेशिया बीचद्विपक्षीय हवाई सेवा संझौता गर्ने प्रकृया अघि बढाइएको उनले बताए । 

मन्त्रालयले यस अवधिमा सौर्य एअरलाइन्सको वायुयान दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गरिएको र प्रारम्भिक प्रतिवेदनबाट प्राप्त सुझावहरू कार्यान्वयनका लागि निर्देशन दिएको जनाएको छ । मन्त्री पाण्डेले भने, “यस अवधिमा पर्यटन विधेयक, सङ्घीय संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मादमा पेश गरिएको छ । क्यासिनो नियमावली, स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेश गरिएको । पर्वतारोहण सम्बन्धी नियमावली, द्दण्छढ संशोधनका लागि मन्त्रिपरिषदमा पेश गरिएको छ ।”

त्यस्तै नेपालका पाँच हजार ८०० देखि छ हजार ५०० सम्म उचाइका थप ५७ हिमाल आरोहणको लागि खुला गरिएको छ । पर्यटन विभागका सेवाहरू (पर्वतारोहण र होटल व्यवस्थापन) लाई अनलाईन प्रणालीमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको उनले जानकारी दिए । यस अवधिमा मन्त्रालयले ग्रेट हिमालयन ट्रेलको थप पाँच किमी पदमार्ग निर्माण कार्य सम्पन्न गरिएको, हिमाल आरोहण र पदयात्राको क्रममा विपद् लगायतको अवस्थामा रहेका करिब २०० पर्यटकहरूलाई उद्धार गरिएको जनाएको छ । 

यस्तै प्रतिलिपि अधिकार विधेयक, द्दण्डज्ञ मस्यौदा तर्जुमा गरी सुझावको लागि नीति अनुसन्धान प्रतिष्ठानमा प्रेषित गरिएको, पशुपति क्षेत्र विकास कोष ऐनको संशोधन मस्यौदा तर्जुमा गरिएको, संघीय भाषा विधेयक र सङ्ग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको मन्त्री पाण्डेले बताए ।

मन्त्रालयले यस अवधिमा ललितपुरको गुईत टोलको चैत्यबाट हराई अमेरिकामा पुगेको ध्यानी बुद्धको मूर्ति प्रमाण सहित नेपाल फर्काउन कुटनीतिक प्रकृया अघि बढाइएको तथा शंकर किर्ति महाविहार, भगवान वहाल ठमेलबाट चोरी भएको पद्मपाणी लोकेश्वरको मूर्र्ती सोही स्थानमा पुनस्र्थापना गरिएको उनले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

असनमा हरेक शनिबार सवारी साधन प्रवेश निषेध

काठमाडौँ। काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन २०८३ वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क...

उपसभामुखमा श्रम संस्कृतिकी रुवी कुमारी उम्मेदवार, रास्वपाले समर्थन गर्ने

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीबाट २५ वर्षीय रुवीकुमारी ठाकुर उम्मेदवार बनेकी छन्। उन्हालाई सत्तारुढ दल राष्ट्रिय...

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण फौजदारी अभियोग लगायो, मुद्दा चलाउने आधार नभेटेपछि रिहा भएँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ...

उपसभामुखमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन्। लामाले राप्रपा...

कांग्रेस–एमालेले उपसभामुखमा उम्मेदवारी नदिने, श्रम संस्कृतिलाई समर्थन गर्ने

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी नदिने र श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्। ...

कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कारको जाहेरी

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले बलात्कारको आरोप लगाउँदै त्यहाँको न्यूयोर्क पुलिस डिपार्टमेन्टमा जाहे...

अभियानकर्मीको प्रश्न : जनताका लागि सिंहदरबारको ढोका किन बन्द ? राष्ट्रको समस्या कहिले देख्छौ सरकार ?’

काठमाडौं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्र तथा वन जंगलको संरक्षणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ। वन जंगलको संरक्षण, दल...

रास्वपाले उपसभामुखमा राप्रपालाई समर्थन गर्ने सम्भावना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिने तयारी गरेको छ। पार्टीका एक नेताका अनुसार राप्रप...

कपडा पसलमा आगलागी हुँदा तीन लाखको क्षति

सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित एक कपडा पसलमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । गाउँपालिका-६, कोचाबखारीमा बुधबार राति आगलागी...

आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) का...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending