Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

रवि र छविलाई एकसाथ अदालत लगिँदै

रास्वपा र पीडित दुवैले प्रदर्शन गर्ने

खबरडबली संवाददाता

कास्की। पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत लगिँदै छ ।छविलाललाई गत असोज ६ गते पक्राउ गरी पोखरा ल्याइएको थियो भने रविलाई गत शुक्रबार काठमाडौंमा पक्राउ गरी रातारात पोखरा ल्याइएको थियो ।

उनीहरू दुवै गोरखा मिडिया प्रालिका पूर्व सञ्चालक छन्। गोरखा मिडियामा पोखराको सूर्यदर्शनसहित देशका विभिन्न सहकारीबाट ६५ करोड रकम अवैधानिक रूपमा गएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ । सूर्यदर्शनको मात्रै पाँच करोड ५८ लाख रकम गोरखा मिडियामा गएको विभिन्न प्रतिवेदनले देखाएका छन् । 

जिल्ला न्यायाधिवक्ता कमला काफ्ले लामिछानेसँग सम्बन्धित मुद्दामा कागज मगाउने, प्रमाण जुटाउने काम भइरहेको उल्लेख गरे ।

सूर्यदर्शनका अर्का सञ्चालक छविलाल जोशीलाई गएको असोज ६ गते काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइएको थियो । विदेश भाग्ने तयारी गरेको सुइको पाएपछि जोशीलाई पक्राउ गरी प्रहरीले कास्की ल्याएको थियो । जोशीलाई रुपन्देही प्रहरीले त्यहाँ अर्को सहकारी ठगी प्रकरणमा अनुसन्धान गरी बुधवारै कास्की ल्याइएको छ ।

बिहीबार उनीहरूलाई म्याद थप्न लाने दिन दुवै पक्ष प्रदर्शनको तयारीमा छन् । रास्वपाले जिल्ला प्रशासन र कास्की अदालतको नजिकै रहेको वाईचोकमा प्रदर्शन गर्ने तयारी गरेको छ । रास्वपा गण्डकी सभापति राजन गौतम आज वाइचोकमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताउछन् । 

यता, सूर्यदर्शन सहकारीका पीडितहरूले मुस्ताङचोकम प्रदर्शनको तयारी गरेका छन् । निष्पक्ष छानबिन र बचत फिर्ता माग गर्दै प्रदर्शन गर्न लागिएको सङ्घर्ष समिति संयोजक किरण श्रेष्ठले उल्लेख गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

करार कर्मचारीलाई ‘पुल’ प्रणालीबाट व्यवस्थापन गरिने, यस्तो छ ७ बुँदे निर्णय

काठमाडौं। नेपाल सरकारले स्वीकृत दरबन्दीमा करार सेवामा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था, ...

पेन्सन लिइसकेका कर्मचारीलाई करारमा नराख्ने सरकारको निर्णय, साउन १ देखि लागू हुने

काठमाडौँ ।  सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण ९पेन्सन० वा उपदान प्राप्त गरिसकेका कर्मचारीलाई पुन: करार सेवामा राख्न नपाइने निर्णय गरेको छ।...

सरकार र मिटरब्याज पीडितबीच निर्णायक वार्ता, आजै लिखित सम्झौताको तयारी

काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच जारी वार्ता अन्तिम चरणमा पुगेको छ। सिंहदरबारमा भइरहेको छलफल सकारात्मक निष्कर्षमा पुगेमा दुवै पक्षबीच आ...

अद्यावधिक नभएका सात सहकारीको इजाजत खारेज

मोरङ। लगातार दुई वर्षसम्म विवरण नबुझाई निष्क्रिय रहेका कोशी प्रदेशका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयअ...

आजदेखि वर्षा बढ्ने, पाँच प्रदेशमा जोखिम

काठमाडौँ। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षाको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो र...

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौँ । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट  सुझाव माग ग...

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै छापिने

काठमाडौँ। लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को छपाइ कार्य पूर्ण रूपमा सम्पन्न भएको छ । यससँगै अब नयाँ सवारी चा...

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...

इजरायलले केयरगिभरमा थप १ हजार ९८५ लैजाने

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending