जनकपुरधाम । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरु यतिबेला दीपावली तथा छठ पर्वको तयारीमा लागेका छन् । यि दुवै पर्वमा माटाका भाँडाकुँडाको माग अत्याधिक हुने गर्दछ । यो माग पूर्ति गर्नकै लागि जनकपुरका कुम्हाल समुदाय यतिबेला माटोका भाँडाकुँडा बनाउन व्यस्त छन् । तर पछिल्लो समय यो पेशाबाट मनग्य आम्दानी नहुँदा युवाहरु पेशाबाटै पलायन हुँदै गइरहेको गुनासो उनीहरुको छ ।
उमेरले ७० वर्ष पुग्नुभएका उपेन्द्र पण्डित माटाका सामानहरु बनाउन यतिबेला व्यस्त छन्। अनुभव र सीपले युवाहरु भन्दा पनि छिटो माटोका भाँडा बनाउछन् । उनलाई अहिले आउँदै गरेको लक्ष्मीपूजा र आस्थाको पर्व छठका लागि माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामग्रीहरु बनाउने चटारो छ । यी पर्वहरुको समयमा माटाका सामानहरुको माग बढेपछि उनी बिहानैदेखि माटाका सामानहरु बनाउन व्यस्त छन्। जनकपुरधाम वडा नम्बर २४ बसहियाका स्थानीय पण्डितले माटोबाट निर्माण हुने विभिन्न कलात्मक सामग्रीहरु बनाउन थालेको लगभग ४० वर्ष भइसकेको छ । उपेन्द्र घरपरिवार चलाउन पुर्ख्यौली पेशाका साथै अन्य कामहरु पनि गर्छन् ।
माटोको सामग्री कुनै विशेष पर्व वा सिजनमा मात्रै विक्री हुने गर्दछ । त्यसमध्ये दीपावली र छठ पनि हो । यही पेशाको भर पर्ने हो भने घर चलाउन हम्मेहम्मे पर्छ । त्यसैले घरपरिवार धान्न पुख्र्यौलीका साथै अन्य पेशा समेत अपनाउने गरेको कुम्हाल समुदाय बताउँछन् । उपेन्द्र जस्तै दैनिकी परीक्षण पण्डितको पनि छ । उनले माटाको भाँडाकुडाको व्यवसाय शुरु गरेको लगभग ३० वर्ष भइसकेको छ । उनले पहिलेभन्दा माटाको भाँडाकुँडाको व्यापार बढेको बताए । मागअनुसार त्यसको आपूर्ति गर्न नसकेको उनको भनाई छ ।
महँगी बढिरहेको छ । तर आजभन्दा पाँच वर्ष पहिले ५० रुपियाँ पाउने कलशको मूल्य अहिले पनि त्यस्तै छ । दुई रुपियाँमै पछिल्लो पाँच वर्षदेखि माटोको दियो बेच्न परिरहेको कुम्हाल समुदायको गुनासो छ । विष्णु पण्डित भने यी समस्याहरुलाई पन्छाउँदै आफ्नो पुख्र्यौली पेशालाई निरन्तरता दिने सोचमा छन्।
माटो किन्नेदेखि लिएर दाउरासम्मको मूल्य तिरेर एक महिनासम्म मेहनत गरेपनि मनग्य आम्दानी हुन नसक्दा कुम्हाल पेशामा लाग्न युवाहरु रुचाउँदैनन् । यसले कुम्हाल पेशा नै सङ्कटमा पर्ने उनीहरु गुनासो गर्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - १७:१५
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...
माघ १० गते, २०८२ - १६:५५
म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...
माघ १० गते, २०८२ - १६:४४
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...
माघ १० गते, २०८२ - १६:२९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...
माघ १० गते, २०८२ - १६:१३
काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...
माघ १० गते, २०८२ - १६:०२
काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...
माघ १० गते, २०८२ - १५:५४
काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...
माघ १० गते, २०८२ - १५:४८
झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...
माघ १० गते, २०८२ - १५:२९
काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...
माघ १० गते, २०८२ - १५:१९
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...




प्रतिकृया लेख्नुहोस्: