Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

भैरहवामा सुप्रिम पीडितको प्रदर्शन

छविलालसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले लियाे बयान

खबरडबली संवाददाता

बुटवल । रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा सहकारीको रकम अपचलन सम्बन्धमा पूर्व डिआइजी छबिलालको  बयान चलिरहँदा सूप्रिम पीडितहरू प्रदर्शन उत्रिए। पीडितहरूले ब्यानर सहित सरकारी वकिलको कार्यालयमा प्रदर्शन गर्न खोजेका थिए। तर प्रहरीको अवरोध गरेपछि जिल्ला अदालत अगाडी प्रदर्शन गरे। सहकारीको बचत रकम फिर्ता गर,सहकारी ठगहरूलाई कारबाही गर, पीडितलाई न्याय दे, रवि, छबी जस्तै जिबीलाइ पनि पक्राउ गर लगायतका नारा लगाउँदै सूप्रिम पीडितहरू प्रदर्शनमा उत्रेका हुन।

सुप्रिम पीडित संघर्ष समितिका संयोजक विजय नेपालले बचत रकम फिर्ता  गर्न पर्ने,रकम अपचलन गर्ने सबैलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने लगायतका आफूहरूको माग सम्बोधन हुनु पर्ने बताए।

सर्वसाधारणले सहकारीमा बचत गरेको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा संसदीय छानबिन समितिको सिफारिसमा पूर्व डिआइजी जोशी गत असोज ६ गते  पक्राउ परेका थिए। सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रबि लामिछाने अहिले कास्कीमा प्रहरी हिरासतमा छन्।

छविलालसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले लियाे बयान 

सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व डिआइजी छबिलाल जोशी (बन्जाडे)लाई रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले सूप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा मंगलबार बयान लिएको छ।

जोशीलाई सूप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डित र अनुसन्धान अधिकृतहरूले बयान लिइरहेको रुपन्देहीका प्रहरी प्रमुख रञ्जितसिंह राठोरले बताए।

यसअघि सुर्यदर्शन सहकारी पोखराको रकम अपचलन सम्बन्धमा कास्कीमा जोशीको बयान लिइएको थियो।

कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डिआइजी जोशीलाई सोमबार हवाई मार्गबाट रुपन्देही ल्याइएको हो। सोमबार उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा बसे।  सुप्रिम सहकारीको रकम अपचलनमा छविलालको संलग्नताका सम्बन्धमा थप अनुसन्धानका लागि बयान लिन उनलाई रुपन्देही ल्याइएको एसपी राठोरले बताए। बयान सकिए लगत्तै उनलाई पुन कास्की हिरासतमै पठाइने राठोरले जानकारी दिए। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरपछि डाँडापारि जीवन: ‘हामीलाई हटाइयो, अब कहाँ बस्ने ?’

बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...

संसद्मा विपक्षी खाली हुँदै गए, एमाले पनि बाहिरियो, कांग्रेस उभिएरै विरोधमा

काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...

सभामुखको निर्णयपछि संसद् तातियो, तीन दलले गरे बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...

श्रम संस्कृति पार्टीद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...

इबिडिङ ‘ह्याक’ प्रकरणमा विक्रम पाण्डे धरौटीमा रिहा, कम्युटर अपरेटर भने थुनामै

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending