बुटवल । रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा सहकारीको रकम अपचलन सम्बन्धमा पूर्व डिआइजी छबिलालको बयान चलिरहँदा सूप्रिम पीडितहरू प्रदर्शन उत्रिए। पीडितहरूले ब्यानर सहित सरकारी वकिलको कार्यालयमा प्रदर्शन गर्न खोजेका थिए। तर प्रहरीको अवरोध गरेपछि जिल्ला अदालत अगाडी प्रदर्शन गरे। सहकारीको बचत रकम फिर्ता गर,सहकारी ठगहरूलाई कारबाही गर, पीडितलाई न्याय दे, रवि, छबी जस्तै जिबीलाइ पनि पक्राउ गर लगायतका नारा लगाउँदै सूप्रिम पीडितहरू प्रदर्शनमा उत्रेका हुन।
सुप्रिम पीडित संघर्ष समितिका संयोजक विजय नेपालले बचत रकम फिर्ता गर्न पर्ने,रकम अपचलन गर्ने सबैलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने लगायतका आफूहरूको माग सम्बोधन हुनु पर्ने बताए।
सर्वसाधारणले सहकारीमा बचत गरेको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा संसदीय छानबिन समितिको सिफारिसमा पूर्व डिआइजी जोशी गत असोज ६ गते पक्राउ परेका थिए। सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रबि लामिछाने अहिले कास्कीमा प्रहरी हिरासतमा छन्।
छविलालसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले लियाे बयान
सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व डिआइजी छबिलाल जोशी (बन्जाडे)लाई रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले सूप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा मंगलबार बयान लिएको छ।
जोशीलाई सूप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डित र अनुसन्धान अधिकृतहरूले बयान लिइरहेको रुपन्देहीका प्रहरी प्रमुख रञ्जितसिंह राठोरले बताए।
यसअघि सुर्यदर्शन सहकारी पोखराको रकम अपचलन सम्बन्धमा कास्कीमा जोशीको बयान लिइएको थियो।
कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डिआइजी जोशीलाई सोमबार हवाई मार्गबाट रुपन्देही ल्याइएको हो। सोमबार उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा बसे। सुप्रिम सहकारीको रकम अपचलनमा छविलालको संलग्नताका सम्बन्धमा थप अनुसन्धानका लागि बयान लिन उनलाई रुपन्देही ल्याइएको एसपी राठोरले बताए। बयान सकिए लगत्तै उनलाई पुन कास्की हिरासतमै पठाइने राठोरले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: