स्याङ्जा। लगातार परेको वर्षाले स्याङ्जाका विभिन्न ठाउँमा किसानले लगाएको धान बिग्रेको छ । बेमौसममा लगातार पानी परिरहेकाले वर्षभरि दु:ख गरेर फलाएको धान किसानले घर भित्र्याउन नपाउँदा तनाव भएको छ ।
कुन दिन घाम लाग्छ र धान राम्रोसँग भित्र्याउन पाइन्छ भन्दाभन्दै खेतमा धान पाकेर झर्न थालेकाले चिन्ता बढेको पुतलीबजारका सुकबहादुर नेपालीले बताए । रातभरि आएको पानीले सुकेको धान पूरै भिजेको बताउँदै नेपालीले काटेको बाली थन्क्याउन नपाउँदा निद्रा पनि नलागेको गुनासो गरे ।
धान काटिसकेका किसानका खेतमा पानीको ताल परेर धान डुबेको छ भने काटिसकेको धानका निन पानीमा डुबेका छन् । यहाँ विगत एक हप्तादेखि लगातार जसो पानी परेर किसानको धान खेतमै कुहिएको हो भने परालसमेत काम नलाग्ने अवस्थामा पुगिसकेको छ ।
यस पटक प्राय: हाइब्रिड जातका धान लगाइएकाले कात्तिक नलाग्दै पाकेको र पानीको चपेटामा परेको किसान रामेश्वर लामिछानेले बताए । धान राम्रो फलेको बताउँदै लामिछानेले काटेको धान सबै भिजेको र बिग्रिएको बताए। मौसम अनुकूल भएको भए यतिबेलासम्म धेरै जसो पहाडी फाँट र टारीको धान करिब थन्क्याउने बेला मौसम प्रतिकूलताका कारण किसानको मेहनतको फल खेतमै खेर जाने अवस्था आएको हो ।
घाम नलाग्ने छाँट देखेपछि कतिपय किसानले धान पाकेर खेतमा झर्नुभन्दा पानीमै भिजाएर भए पनि धान ठटाएर लैजान थालेका छन् । यहाँको पुतलीबजार, फेदीखोला, आँधीखोला, अर्जुनचौपारी, भिरकोटलगायतका पालिकाका विभिन्न फाँट तथा टारी खेतमा लगाइएको धान पाकेर पहेँलपुर भए पनि किसानले थन्क्याउन नपाएका हुन् ।
चालु आर्थिक वर्षमा पर्याप्त वर्षाका कारण यहाँ ९९ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए । गल्याङ र चापाकोटमा सिँचाइमा पहिरोका कारण केही समय ढिला भए पनि रोपाइँ धेरै भएको हो । यहाँ १४ हजार आठ सय हेक्टरमा बर्खे र दुई हजार हेक्टर क्षेत्रफलमा हिउँदे गरी १६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ ।
स्याङ्जाको आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट, गल्याङ, सेतीदोभान फाँट र बिरुवा फाँट धान खेतीका उर्वर क्षेत्र हुन् भने यहाँ तराईका फाँटमा झैँ धान उत्पादन हुने गरेको छ । यस्तै दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्याङकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगत्भन्ज्याङ पनि धान उत्पादन हुने प्रमुख क्षेत्र हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १२:४५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ । विभागका वरिष्ठ मौसमविद् म...
आषाढ़ २३ गते, २०८३ - १२:३६
पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन ९बालेन्द्र० शाहलगायतका नेताहरूलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका प...
आषाढ़ २३ गते, २०८३ - १२:१८
काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...
आषाढ़ २३ गते, २०८३ - ११:५९
काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन समयमै पारित नभए आगामी निर्वाचन सञ्चालन गर्न गम्भीर चुनौती उत्पन्न...
आषाढ़ २३ गते, २०८३ - ११:४४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । बैंकद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’ अ...
आषाढ़ २३ गते, २०८३ - ११:३८
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक सोमबार सिंहदरबारमा सम्पन्न भएको छ। बैठकमा परराष्ट्रमन्त्री शिशिर खना...
आषाढ़ २३ गते, २०८३ - ११:३०
दुबई। इरानका दिवङ्गत सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्त्येष्टि जारी रहेका बेला विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि...
आषाढ़ २३ गते, २०८३ - ११:१७
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको औचित्य, वैधता र कार्यक्षेत्र स्पष्ट नभएको भन्दै चार राजनीतिक दलले वर्तमान प्रक्रिया...
आषाढ़ २३ गते, २०८३ - १०:४४
धनगढी। कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट लागुऔषध मुद्दामा पक्राउ परेका एक थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली...
आषाढ़ २३ गते, २०८३ - १०:३४
काठमाडौं। खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेका सुकुमवासीहरूले खाना वितरण रोकिएको भन्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूका अनुस...



प्रतिकृया लेख्नुहोस्: