Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

दोस्रो सातामा प्रदर्शनरत फिल्म ‘ज्वाइँ साब’

खबरडबली संवाददाता

 

काठमाडौं । दोस्रो सातामा प्रदर्शनरत फिल्म ‘ज्वाइँ साब’ नयाँ गीत ‘कुहिरोको दरबार’ सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गीतमा जनक ताम्राकार र महेश ताम्राकारको स्वर, हर्क साउदको शब्द, महेश ताम्राकारको संगीत, जानरिक्सको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।

गीतको भिडियोमा फिल्मका कलाकार जितु नेपाल, निती शाह, बुद्धि तामाङ र हिमेश पन्त फिचर्ड छन् । गीतले तीन कलाकारको यात्रालाई चित्रण गरेको छ । भिडियोमा जितु र नितीको रोमान्टिक भावलाई पनि देखाइएको छ ।

फिल्मले दोस्रो सातासम्म आइपुग्दा ३ करोड २५ लाख ग्रस कलेक्सन गरिसकेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट, एफडी कम्पनी र एप्पल इन्टरटेनमेन्टले वितरण गरेको छ ।
राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending