Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

झाँडीले भरीएकको सार्वजनिक जग्गामा चिटीक्क ‘बुद्धपार्क’

खबरडबली संवाददाता

पाल्पा । झाँडी र झारपातले भरिएको तीसमुरे चौर अहिले चिटिक्क बनेको छ । झाँडीले भरिएको चौरले पर्यटकीय रूप फेर्ला भन्ने कसैले पनि सोचेका थिएनन् । रामपुर नगरपालिका–६ स्थित तीसमुरे चौर (हालको बुद्धपार्क) लाई स्थानीयको सक्रियतामा अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास गरेपछि पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । तीन वर्ष पहिला यहाँ देख्ने जोकोहीले पर्यटकीयस्थल बन्छ भन्ने कल्पना पनि गरेका थिएनन् ।

यहाँको सौन्दर्यकरण देखेर जोकोही पनि दङ्ग पर्छन् । तीसमुरे चौरलाई अहिले बुद्धपार्कका नामले नामकरण गरिएको छ । यहाँ बुद्धको मूर्ति स्थापना गरी बुद्धपार्कका नामले पर्यटकीय गन्तव्यस्थलका रुपमा यो क्षेत्र प्रख्यात बनेको छ । रामपुर–६ ले वडामा रहेका सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्दै त्यसको व्यवस्थापन र उपयोग गर्ने गरी कार्यक्रम सुरु गरेसँगै तीसमुरे चौर बुद्धपार्कमा परिणत भएको हो । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बनेको छ ।

पक्की सडकले चारैतिर घेरेको यस पार्कको सुन्दर दृश्यले बाटो हिँड्ने यात्रुलाई लोभ्याइरहेको हुन्छ । पार्कभित्र विशाल बुद्धमूर्ति स्थापना, व्यवस्थित घेराबार, प्रवेशद्धार निर्माण, प्रतिक्षालय निर्माण, खुला व्यायामशाला तयार पारिएको छ । पार्कमा आन्तरिक पर्यटक आउनेजाने क्रम बढ्दै जाँदा व्यायाम गर्न व्यायामशाला निर्माण गरिएको हो । व्यायामशाला निर्माणपछि बिहानसाँझ व्यायाम गर्न जानेको उत्साहजनक उपस्थिति छ ।

आर्थिक वर्ष २०७७/७८ मा वडा कार्यालयले चौरको सरकारी जग्गा छुट्याएर घुम्ती बाटो पक्की गरी कार्यक्रम सुरु गरिएको हो । चौरभित्र रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरी आर्थिक वर्ष २०७८/७९ मा रु दुई लाख ५० हजार बजेट विनियोजन गरी गौतम बुद्धको मूर्ति स्थापना गरेर पर्यटन पूर्वाधारका काम थालनी गरिएको हो । बुद्धमूर्ति स्थापना गरी अभियान सुरु गरेपछि प्रदेश सरकारको आर्थिक सहयोगमा चौरको खाल्डोमा माटो भर्ने काम गरियो । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था र समाजसेवी रामप्रसाद लम्सालको आर्थिक सहयोगमा पार्कभित्र दुईवटा प्रतिक्षालय निर्माण गरिएको छ ।

यस पार्कको सुन्दरतालाई बढाउन गत आवमा रामपुर नगरले कालीआँप–विजयपुर–बुद्धपार्क हुँदै तालपोखरा–तिलकपुर पुष्पमार्ग घोषणा गरी सौन्दर्य प्रदायक बिरुवा रोपण गरेपछि पार्कको सौन्दर्य अझ बढेको छ । गत आव लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय भैरहवाबाट रु १० लाख बजेटमा घेराबार, प्रवेशद्धार, पार्कमा पैदलमार्ग र ज्येष्ठ नागरिक विश्रामस्थल प्रतिक्षालय निर्माण गरिएको छ । वडा कार्यालयको सहयोगमा गत वर्ष रु तीन लाख बजेटबाट खुला व्यायमशाला निर्माण गरिएको हो ।

चारैतिर पक्की सडकभित्र पर्ने करिब १३ रोपनी जग्गालाई व्यवस्थापनलाई गरी संरचना तयार पारेर बुद्धपार्कको पहिचान बनेको बुद्धपार्क निर्माण समितिका अध्यक्ष धर्मराज ढकाल बताउँछन् । पार्क क्षेत्रमा अमलाका बिरुवा लगाइएको छभने आउँदो वर्ष आँपका बिरुवा लगाउने तयारी रहेको उनले जानकारी दिए । यसलाई बालउद्यानका रूपमा विकास गर्ने योजना उनको छ ।

खुला चौर, ठाउँलाई सदुपयोग गरी पर्यटकीय तथा धार्मिक क्षेत्रको विकासमा वडाले जोड दिएको बताउँछन्, रामपुर–६ का वडाध्यक्ष दिवाकर देवकोटा । व्यायाम गर्न, बुद्धमूर्ति दर्शन, पार्कमा घुमफिर गर्दै फोटो तथा भिडियो खिच्ने, टिकटक बनाउन आन्तरिक पर्यटक पुग्ने गर्दछन् । खुला सफा चौरमा बिहान साँझ आराम गर्न, साथीभाइ भेटघाटका लागि आन्तरिक पर्यटकलाई यो क्षेत्र गन्तव्यस्थल बनेको छ ।

धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि नगरभित्रका विभिन्न सार्वजनिकस्थलमा आवश्यक पर्ने संरचना निर्माण गर्ने कार्य गरिरहेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जानकारी दिए । पर्यटकीय तथा धार्मिक संरचना बनाउन थालेपछि सार्वजनिक जग्गाको राम्रो सदुपयोग भएको नगर प्रमुख थापाले बताए । ‘रामपुर नगरलाई एउटा धार्मिक तथा पर्यटकीय हबका रूपमा विकास गर्दै गएका छौँ’, उनले भने, ‘भूगोलले मिलेको यो क्षेत्रमा ठाउँअनुसार आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय क्षेत्र बनाउन नगर सरकारले जोड दिएर काम गरिरहेको छ, यसका लागि नगरपालिका कार्यालय तथा वडा कार्यालयबाट काम भइरहेका छन् ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending