Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

पहिरोले फिदिम बजार आसपासका क्षेत्र जोखिममा

खबरडबली संवाददाता

पाँचथर । गत असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षाका कारण जिल्लाका कतिपय स्थानमा पहिरो झरेपछि सदरमुकाम फिदिम आसपासका क्षेत्र जोखिमपूर्ण बनेका छन् । सदरमुकाम फिदिम बजार आसपासका बजार तथा बस्ती पहिराका कारण जोखिममा परेका हुन् ।

पहिरो झर्नुका साथै जमिने भासिने, लच्किने भएपछि यहाँका निजी तथा सामुदायिक संरचना जोखिममा परेका छन् । यसअघि पहिराको ठूलो जोखिम नदेखिएका बजार नजिकका क्षेत्रमा पहिरो झरेपछि स्थानीयवासी त्रासमा छन् ।

बजार नजिकको सुन्तलीचोकमा सडक माथिबाट ठूलो पहिरो झरेको थियो । यो पहिरोले ठूलो क्षति नगरे पनि पहिरोमाथिको जमिन लच्किएको छ भने सडक केहीतलको जमिन दबिएको स्थानीय बताउँछन् । फिदिम नगरपालिका–७, ८ र १३ लाई सदरमुकामसम्म जोड्ने फिदिम–रानीटार–लुङरुपा सडकमा पहिरो झरेर थुप्रिएको छ । 

सानाठूला ढुङ्गा घर अगाडि थुप्रिएका छन् । वर्षा कम भएकाले स्थानीयवासी घरमा फर्किन थालेका बताउँदै स्थानीय चन्द्रप्रसाद सारु मगरले वर्षा भइञ्जेल विस्थापित भएको बताए । जिल्लास्थित नेपाल पत्रकार महासङ्घको शाखाको भवन पनि पहिरोको जोखिममा परेको उनले जानकारी दिए । 

लच्किएको सबै जमिनका कारण स्थानीयमा त्रास थपिएको चन्द्रप्रसादले बताए । यहाँ १७ परिवारको बसोबास रहेकामा नौ परिवार पहिरोको त्रासमा बस्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए । “सबैले आएर हेरेर जानुभएको छ । अस्थायी रुपले बाटो खोलेपनि पहिरो पन्छाइएको छैन्”, उनले भने, “यसपाली मानवीय क्षति नभए पनि यहाँ बस्न डर लाग्छ । पहिरो झरेभन्दा माथि फिदिम बजारलाई धान्ने खानेपानीको ट्याङ्की छ । भवितव्यमा अस्तिजस्तै पानी पर्यो र ट्याङ्की फुट्यो भने यहाँदेखि साभ्राङसम्म बगाएर लैजान्छ ।”

फिदिम नगरपालिका–२ रमितेमा पाँच वर्षअघि रमिते भ्यू–टावर निर्माण भएको थियो । भ्यू–टावर नजिकै सवारी पार्किङस्थल पनि बन्यो । अविरल वर्षापछि यहाँ धेरै क्षेत्रको पानीको भल भेला भयो । मेची राजमार्ग नजिकै रहेको पार्किङ क्षेत्रभन्दा तीन गोलाइ तल सडक छेउको घरमा पहिरो झरेपछि स्थानीयवासी भेला भएर घरमा रहेका मालसामान निकाल्दै थिए । 

उक्त पहिरोले मेची राजमार्ग एक सातासम्म अवरुद्ध भएको थियो । “ठूलो पहिरो झरेपछि परिवारले यहाँ नबसौँ भन्न थाले । अर्कोतिर अर्खौले (नजिकैको अर्को गाउँ)मा पनि पहिरो गएर एक जनाको ज्यान गयो”, रमितेका स्थानीयसमेत रहेका फिदिम–२ का वडा सदस्य राजु राईले भने, “यहाँ सुरु भएको पहिरो बढेर गयो भने यहाँभन्दा मुनि सदरमुकामको क्षेत्रलाई समेत असर पार्छ ।” 

फिदिम बजारको चौतारेडाँडा, गैरीबारी तथा साभ्राङ आसपासमा पनि सानोठूलो पहिरो झरेको छ । चौतारेडाँडाका पदमध्वज सुहाङको पक्की घरसम्म पहिरो आइपुगेको छ । “घर चर्किएको छ । भान्साघरलगायत संरचनामा क्षति भएको छ”, स्थानीय सुहाङले भेन, “वर्षा हुँदा यहाँ बस्न जोखिम हुन्छ ।”

पहिरोले चौतारेडाँडाकै सीताराम शङ्करको सुँगुरको खोर, गाईगोठ र बारी बगाएको छ । घरको दुई फिट नजिक पहिरो आइपुगेको छ भने घर लच्किएको छ । शङ्कर आजभोलि पहिरोले बगाएको सुँगुरको खोर र गाई गोठका टिन, काठलगायत सामग्री करिब दुई सय ५० मिटर तलबाट निकाल्दै छन् । 

“भिरालो ठाउँ भएकाले पहिले सानोसानो पहिरो झरे पनि यस्तो क्षति भएको थिएन । अहिले घरको माया मार्नुपर्ने भयो”, शङ्करले भने, “अस्ति वर्षा हुँदादेखि घर छोडेर गयौँ । बजार नजिकै भए पनि पहिरो गएपछि पूर्ण रुपमा विस्थापित भएका छौँ ।” हालसम्म कुनै पनि राहत नपाएको उनको गुनासो छ । 

फिदिम–१ गैरीबारीकी मनु राईले पुनःवर्षा भए घरमा बस्न नसिकने बताइन् । उनको घरसँगैको कच्ची घर पहिराले पूर्ण रुपमा भत्कायो । राईको घरमाथि चौतारेडाँडामा पहिरो झरेको छ । पहिराले उनको घरमाथिका चार घर पूर्ण रुपले विस्थापित भएका छन् । राईको एकतले पक्की घरमा बाढी पस्यो भने दुईतर्फबाट पहिरो झर्यो । “पहिरो झरेपछि माथिल्लो गाउँ छोरीको घरमा गएर पाँच दिन बस्यौँ”, राईले भनिन्, “पहिरो झर्दा घरमै थियौँ । बस्नै नसकेपछि भाग्यौँ ।”

फालेलुङ गाउँपालिका–५ प्राङ्बुङ पुख्र्यौली भएका राईले गैरीबारीमा जग्गा खरिद गरी घर निर्माण गरेको बताउँदै अहिले पहिराले त्रास सृजना गरेको उल्लेख गरिन् । “सबै सम्पत्ति यहाँ खन्यायौँ । अहिले जोखिम बढेको छ । माथि भिरालो जमिन छ । आउँदो बर्खामा सुरक्षित रहन्छौँ र बाँच्छौँ भन्ने आशा छैन”, उनले भनिन् ।

अविरल वर्षापछिको बाढीका कारण फस्के जमिन रहेको फिदिम आसपासका धेरै क्षेत्र जोखिममा परेको फिदिम–१ का वडाध्यक्ष गजाधर भट्टराईले बताए । “यस वर्ष जनधनको क्षति भयो । पाँच जनाको ज्यान गयो”, उनले भने, “१५ घर बस्नै नसक्ने गरी विस्थापित भएका छन् । तीन सयभन्दा बढी घर तथा संरचनामा क्षति भएको छ ।” 

फिदिम बजार आसपासको क्षेत्रका माटो कमजोर रहेको र जुनसुकै विपद्मा पनि जोखिम हुने गरेको वडाध्यक्ष भट्टराईले बताए। “विसं २०४५ को भूकम्पदेखियता प्रत्यक्ष देखिरहेको छु, यहाँको जमिनमुनि फस्के ढुङ्गा र माथि माटो छ । माटो भिजिसकेपछि बगेर जान्छ”, उनले भने । 

फिदिममा जिल्ला प्रहरी कार्यालयदेखि गैरीबारी, शिवालय मन्दिर, माथिल्लो गाउँ, ट्राफिक कार्यालय र ओदिनसम्म यसप्रकारको माटो रहेको र वर्षात् तथा भूकम्पमा घर भत्किने, चर्किने गरेको वडाध्यक्ष भट्टराईले जानकारी दिए । बजार क्षेत्रका धेरै संरचना जोखिमपूर्ण भएपछि भविष्यमा सुरक्षित बसोबासका लागि पहिरो रोकथामका पूर्वाधार निर्माण तथा सुरक्षित स्थानमा आवास निर्माणमा सबैपक्षले जोड दिनुपर्ने उनले उल्लेख गरे । 

सदरमुकामका अधिकांश संरचना रहेको वडा नं १ मा अहिलेसम्म पनि क्षतिको यकीन विवरण सङ्कलन हुन नसकेको वडाध्यक्ष भट्टराईले जानकारी दिए। “हामी सुरुमा बाटो खुलाउन लागिपर्नाले क्षतिको विवरण सङ्कलनमा ढिलाइ भयो”, उनले भने, “अहिले क्षतिको विवरण यकीन गर्नेसँगै राहत वितरणको प्रक्रिया पनि अघि बढाइरहेका छौँ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending