Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सिनियरलाई पछि पार्दै चारदिनकाे लागि एआईजी बन्दैे राणा

डीआईजी किरण राणा, बुद्धिराज गुरुङ र दुर्गा सिंह चन्द ।
खबरडबली संवाददाता

काठमाडौं । १० दिनपछि अवकाशमा जान लागेकी डीआईजी किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले सिनियर दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई पन्छाउँदै आइतबार राणालाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

एआईजीको बढुवा सिफारिस समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष रहन्छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव सदस्य र प्रहरी महानिरीक्षक (आईजी) सदस्य सचिव रहने व्यवस्था छ । उक्त समितिले आइतबार सिनियर दुई डीआईजीहरु बुद्धिराज गुरुङ र दुर्गा सिंह चन्दलाई पछि पार्दै १५ कात्तिकमा अनिवार्य अवकाशमा जान लागेकी राणालाई बढुवाका लागि सिफारिस गरेको हो ।

उनीभन्दा सिनियर गुरुङ अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत छन् भने चन्द गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यरत रहेहकी छन्।

अहिले बढुवाका लागि सिफारिस भएकी राणा भने १५ कात्तिकमा एआईजीको ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छिन् । प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएको ७ दिनसम्म बढुवा गर्न मिल्दैन । यसअनुसार १० कात्तिकसम्म राणा बढुवा हुने छिन् ।

एआईजी बढुवाको निर्णय मन्त्रिपरिषद्ले गर्नुपर्छ । मन्त्रिपरिषद् बैठकले ११ गते नै राणालाई बढुवाको निर्णय गरे पनि उनी जम्मा ४ दिनमात्रै एआईजी हुन पाउनेछिन् । १५ कात्तिकबाट अनिवार्य अवकाश हुने भएकाले उनको १४ कात्तिकमै बिदाइ हुनेछ ।

आफू निकटका व्यक्तिहरुलाई खुसी पार्न सरकारले यसअघि १–२ दिनका लागि समेत बढुवा गरेर घर पठाउँदै आएको छ । विशिष्ट श्रेणीको पदमा कोही व्यक्ति खुसी पार्नका लागि बढुवा गर्दा राज्यलाई आर्थिक भार भने पर्दै आएको छ ।

यसअघि २१ असारबाट ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा जान लागेका पोषराज पोखरेललाई १० असारमा एआईजी बढुवाका लागि सिफारिस गरिएको थियो । त्यतिबेला रवि लामिछाने गृहमन्त्री थिए । यहीबीचमा सरकार परिवर्तन भएपछि सिफारिस भएर पनि पोखरेल एआईजीमा बढुवा भएका थिएनन् । बढुवा हुन नपाएपछि उनी सर्वोच्च अदालत पुगेका थिए । उनको निवेदन सर्वोच्चमा विचाराधीन रहरेको छ ।

यो भन्दा अघि २०७९ जेठमा पनि वसन्तकुमार लामालाई सरकारले २ दिने एआईजी बनाएको थियो । ७ जेठको राति १२ बजेबाट अनिवार्य अवकाशमा जान लागेका लामालाई ६ गते नै बढुवा गरेर एआईजीको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending