Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

सिनियरलाई पछि पार्दै चारदिनकाे लागि एआईजी बन्दैे राणा

डीआईजी किरण राणा, बुद्धिराज गुरुङ र दुर्गा सिंह चन्द ।
खबरडबली संवाददाता

काठमाडौं । १० दिनपछि अवकाशमा जान लागेकी डीआईजी किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले सिनियर दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई पन्छाउँदै आइतबार राणालाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

एआईजीको बढुवा सिफारिस समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष रहन्छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव सदस्य र प्रहरी महानिरीक्षक (आईजी) सदस्य सचिव रहने व्यवस्था छ । उक्त समितिले आइतबार सिनियर दुई डीआईजीहरु बुद्धिराज गुरुङ र दुर्गा सिंह चन्दलाई पछि पार्दै १५ कात्तिकमा अनिवार्य अवकाशमा जान लागेकी राणालाई बढुवाका लागि सिफारिस गरेको हो ।

उनीभन्दा सिनियर गुरुङ अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत छन् भने चन्द गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यरत रहेहकी छन्।

अहिले बढुवाका लागि सिफारिस भएकी राणा भने १५ कात्तिकमा एआईजीको ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छिन् । प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएको ७ दिनसम्म बढुवा गर्न मिल्दैन । यसअनुसार १० कात्तिकसम्म राणा बढुवा हुने छिन् ।

एआईजी बढुवाको निर्णय मन्त्रिपरिषद्ले गर्नुपर्छ । मन्त्रिपरिषद् बैठकले ११ गते नै राणालाई बढुवाको निर्णय गरे पनि उनी जम्मा ४ दिनमात्रै एआईजी हुन पाउनेछिन् । १५ कात्तिकबाट अनिवार्य अवकाश हुने भएकाले उनको १४ कात्तिकमै बिदाइ हुनेछ ।

आफू निकटका व्यक्तिहरुलाई खुसी पार्न सरकारले यसअघि १–२ दिनका लागि समेत बढुवा गरेर घर पठाउँदै आएको छ । विशिष्ट श्रेणीको पदमा कोही व्यक्ति खुसी पार्नका लागि बढुवा गर्दा राज्यलाई आर्थिक भार भने पर्दै आएको छ ।

यसअघि २१ असारबाट ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा जान लागेका पोषराज पोखरेललाई १० असारमा एआईजी बढुवाका लागि सिफारिस गरिएको थियो । त्यतिबेला रवि लामिछाने गृहमन्त्री थिए । यहीबीचमा सरकार परिवर्तन भएपछि सिफारिस भएर पनि पोखरेल एआईजीमा बढुवा भएका थिएनन् । बढुवा हुन नपाएपछि उनी सर्वोच्च अदालत पुगेका थिए । उनको निवेदन सर्वोच्चमा विचाराधीन रहरेको छ ।

यो भन्दा अघि २०७९ जेठमा पनि वसन्तकुमार लामालाई सरकारले २ दिने एआईजी बनाएको थियो । ७ जेठको राति १२ बजेबाट अनिवार्य अवकाशमा जान लागेका लामालाई ६ गते नै बढुवा गरेर एआईजीको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

कोशी सरकार आफ्नै सांसदको घेराबन्दीमा, बजेट विवादले हिक्मत कार्की दबाबमा

विराटनगर । कोशी प्रदेश सरकार आफ्नै सत्ता गठबन्धनका सांसदहरूको असन्तुष्टिका कारण दबाबमा परेको छ। बजेट असन्तुलित रहेको आरोप लगाउँदै एमाले र नेपाली कांग्...

एक सातापछि आज बस्दै संसद, बजेट र चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका कारण पटक–पटक स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दैछ। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाक...

धरानमा २५ करोडको ‘स्मार्ट बसपार्क’ सञ्चालनमा, एकैपटक ३८ बस पार्किङ सुविधा

धरान । सुनसरीको धरान–८ मा करिब २५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको अत्याधुनिक ‘स्मार्ट बसपार्क’ सञ्चालनमा आएको छ। आइतबार धरान उपमहानगरपालिकाका कार...

शनिबारकाे ट्राफिक कारबाहीः पाँच लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ९ सय २२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा पाँच लाख ११ हजार ५ सय १ रुपैयाँ रा...

देशभर फैलिँदै मनसुन, कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । नेपालमा मनसुन क्रमशः देशभर फैलिने क्रममा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्...

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending