काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरु ल्याउन जोड दिएको बताएको छन् ।
आइतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेको हो ।
उनले नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको बताए । उनले शहरी विकास मन्त्रालयले सय दिनमा कुनै पनि उल्लेखनीय काम गर्न नसक्ने भन्दै सुरु भएका कामहरुलाई सम्पन्न गर्नेतर्फ मन्त्रालय अग्रसर रहेको उल्लेख गरे।
उनले भने, ‘‘शहरी विकास मन्त्रालयबाट सय दिनमा नयाँ घोषणा गरेर सम्पन्न गरेको के हो ? भने त्यो गाह्रो हुन्छ । म यहाँ आइसकेपछि पनि मैले यही मन्त्रालयसँग सम्बन्धित प्रेसलाई पनि टाइम टु टाइम मिट गरेर सुझाव मागेका छौँ । जे काम गर्छौं हामी खुला रुपमा गर्न चाहन्छौँ । राम्रा राम्रा काम गरेको बारेमा पनि सञ्चारमाध्यमले भन्नुपर्यो ।’’
मन्त्री सिंहले मन्त्रालयलाई अझ व्यवस्थित गर्नका लागि शहरहरु व्यवस्थित गर्ने काममा आफूहरु लागि परेको बताए । उनले जलवायु परिवर्तनको असर विकराल बन्दै गएकाले शहर र गाउँलाई सुरक्षित गर्ने काममा सरकार गम्भीर भएर लागेको पनि जिकिर गरे। उनले सरकारले गरेका राम्रा कामहरु सञ्चारमाध्यमले प्रसारण गर्न कन्जुस्याइँ गर्न नहुने उल्लेख गरे।
उपप्रधानमन्त्री सिंहले धरहरा नि:शुल्क रुपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरुको प्रचारप्रसार कम भएकोप्रति असन्तुष्टि जनाए।
उनंले भने, ‘‘धरहरा केही समयका लागि नि:शुल्क खुलाएका छौँ । गरेको कुरा त गरेको छ भनेर भन्नुपर्छ नि । मन्त्रालयबाट गर्नुपर्ने पोलिसी मेटर्सहरुमा पनि हामी गम्भीर भएर लागेका छौँ । काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरु ल्याउन जोड दिइरहेका छौँ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १ गते, २०८३ - १६:१८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोन...
श्रावण १ गते, २०८३ - १५:४४
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्...
श्रावण १ गते, २०८३ - १५:२९
काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको ...
श्रावण १ गते, २०८३ - १५:०६
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...
श्रावण १ गते, २०८३ - १४:३६
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...
श्रावण १ गते, २०८३ - १४:१९
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...
श्रावण १ गते, २०८३ - १३:४८
सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...
श्रावण १ गते, २०८३ - १३:३९
काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...
श्रावण १ गते, २०८३ - १३:०२
काठमाडौँ। साउन महिना सुरु भएसँगै काठमाडौँ उपत्यकाका बजारमा हरियो चुरा, पहेँलो पोते र मेहन्दीको व्यापार उल्लेख्य रूपमा बढेको छ। साउनलाई भगवान् शिवको मह...
श्रावण १ गते, २०८३ - १२:५३
काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ...



प्रतिकृया लेख्नुहोस्: