काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरु ल्याउन जोड दिएको बताएको छन् ।
आइतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेको हो ।
उनले नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको बताए । उनले शहरी विकास मन्त्रालयले सय दिनमा कुनै पनि उल्लेखनीय काम गर्न नसक्ने भन्दै सुरु भएका कामहरुलाई सम्पन्न गर्नेतर्फ मन्त्रालय अग्रसर रहेको उल्लेख गरे।
उनले भने, ‘‘शहरी विकास मन्त्रालयबाट सय दिनमा नयाँ घोषणा गरेर सम्पन्न गरेको के हो ? भने त्यो गाह्रो हुन्छ । म यहाँ आइसकेपछि पनि मैले यही मन्त्रालयसँग सम्बन्धित प्रेसलाई पनि टाइम टु टाइम मिट गरेर सुझाव मागेका छौँ । जे काम गर्छौं हामी खुला रुपमा गर्न चाहन्छौँ । राम्रा राम्रा काम गरेको बारेमा पनि सञ्चारमाध्यमले भन्नुपर्यो ।’’
मन्त्री सिंहले मन्त्रालयलाई अझ व्यवस्थित गर्नका लागि शहरहरु व्यवस्थित गर्ने काममा आफूहरु लागि परेको बताए । उनले जलवायु परिवर्तनको असर विकराल बन्दै गएकाले शहर र गाउँलाई सुरक्षित गर्ने काममा सरकार गम्भीर भएर लागेको पनि जिकिर गरे। उनले सरकारले गरेका राम्रा कामहरु सञ्चारमाध्यमले प्रसारण गर्न कन्जुस्याइँ गर्न नहुने उल्लेख गरे।
उपप्रधानमन्त्री सिंहले धरहरा नि:शुल्क रुपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरुको प्रचारप्रसार कम भएकोप्रति असन्तुष्टि जनाए।
उनंले भने, ‘‘धरहरा केही समयका लागि नि:शुल्क खुलाएका छौँ । गरेको कुरा त गरेको छ भनेर भन्नुपर्छ नि । मन्त्रालयबाट गर्नुपर्ने पोलिसी मेटर्सहरुमा पनि हामी गम्भीर भएर लागेका छौँ । काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरु ल्याउन जोड दिइरहेका छौँ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - १७:१५
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...
माघ १० गते, २०८२ - १६:५५
म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...
माघ १० गते, २०८२ - १६:४४
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...
माघ १० गते, २०८२ - १६:२९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...
माघ १० गते, २०८२ - १६:१३
काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...
माघ १० गते, २०८२ - १६:०२
काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...
माघ १० गते, २०८२ - १५:५४
काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...
माघ १० गते, २०८२ - १५:४८
झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...
माघ १० गते, २०८२ - १५:२९
काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...
माघ १० गते, २०८२ - १५:१९
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...




प्रतिकृया लेख्नुहोस्: