Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

सहकारीमा प्रत्यक्ष नजोडिएका रवि समातिए, जोडिएका कांग्रेस उपसभापति गुरुङ र लेखा समिति सभापति पोखरेलपत्नी अनुसन्धानबाहिरै

खबरडबली संवाददाता

काठमाडौं । सहकारीमा प्रत्यक्ष नजोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले समातेको छ । तर, प्रत्यक्ष मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जलालाई अनुसन्धानको दायरामा समेत ल्याएको छैन । सरकारको प्रभावमा राज्यसंयन्त्र उल्टै उनीहरूको संरक्षणमा लागेको छ । 

जिल्ला अदालत कास्कीले शुक्रबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले लामिछानेलाई वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट नियन्त्रणमा लिएर बेलुका नै सडकमार्गबाट पोखरा पुर्‍याएको छ । उनीमाथि सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान हुने प्रहरीले जनाएको छ । सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा कर्जा प्रवाह भएको र उक्त मिडियाको सञ्चालक छँदा लामिछानेले सो रकम परिचालन गरेको आधारमा उनलाई पक्राउ गरिएको हो । 

एमाले सांसद सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा प्रत्यक्ष नजोडिएको, तर गोर्खा मिडियामा आएको रकम परिचालनमा रवि जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको थियो । तर, सोही समितिले सहकारी ठगीमा प्रत्यक्ष जोडिएको भन्दै अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएका कांग्रेस उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङले भने अहिलेसम्म उन्मुक्ति पाउँदै आएका छन् । ललितपुरस्थित मितेरी सहकारीको रकम ठगीमा जोगिन उनले श्रीमती ज्योती गुरुङसँग कागजी सम्बन्धविच्छेदसमेत गरेको पुष्ठी भइसकेको छ । सहकारीकी महाप्रबन्धकसमेत रहेकी ज्योति र धनराजसहितको संलग्नतामा १४ करोड ८१ लाख अपचलन गरेको सहकारीको दाबी छ । धनराजले २९ फागुन ०७६ मै ज्योतिसँग डिभोर्स भएको दाबी गर्दे आएका छन् । तर, त्यसको एक वर्षपछि थप ऋण लिँदा उनले हकदाबीवालाको नाममा ज्योतिलाई नै श्रीमती उल्लेख गर्दै ल्याप्चे लगाएका थिए । 

त्यस्तै, सहकारीको रकम अपचलनमा मुछिएका संसद्को सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला पनि अनुसन्धानबाहिरै छन् । पोखरेलकै अग्रसरतामा ०६८ मा स्थापना गरिएको र लामो समय उनकी पत्नी अञ्जला कोइराला सञ्चालकसमेत रहेको मोरङ धनपालथान गाउँपालिका– ४ कर्सियास्थित उमागौरी कृषि सहकारीले १४ करोड ५६ लाख हिनामिना गरेको छ । पीडितहरूले प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दिएका थिए । तर, सत्ताको दबाबमा अञ्जलाको नाम काटेर मात्रै रजिस्ट्रार कार्यालयले उजुरी प्रहरीकहाँ पठाएको छ । 

आफ्ना नेताहरू जोगाएर रवि लामिछाने पक्राउ गरिएको घटनालाई रास्वपा नेताहरूले राजनीतिक प्रतिशोध भनेका छन् । जिल्ला अदालत, कास्कीले शुक्रबार लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर, अन्यलाई भने प्रहरीले पक्राउ गरेको छैन । जिल्ला अदालत, कास्कीले शुक्रबार लामिछानेसँगै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको  छ । 

सूर्यदर्शन सहकारी ठगीको गत वर्ष नै कास्की प्रहरीले मुद्दा दायर गरेको थियो । पूरक जाहेरी र संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका आधारमा अहिले लामिछानेमाथि अनुसन्धान अघि बढाइएको हो । यसअघि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नै लामिछानेविरुद्ध प्रमाण नभएको बताउँदै आएका थिए । संसदीय छानबिन समितिको प्रतिवेदनलाई आधार सो मुद्दामा दोस्रो चरणमा अनुसन्धान अघि बढेको हो । 

पक्राउ गर्न लागिएको पूर्वसूचना पाएपछि लामिछाने पार्टी नेताहरूसहित पार्टी कार्यालयमै बसेका थिए । पक्राउ पुर्जी जारी भएलगत्तै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र काठमाडौंका प्रहरी पार्टी कार्यालय पुगेका थिए । केही समय पार्टीका नेताहरूसँग छलफल गरेका उनी  पत्रकारहरूलाई प्रतिक्रिया दिँदै आफ्नै गाडीमा बसेर प्रहरीसँगै कार्यालयबाट निस्किएका थिए । उनी पक्राउ पर्दा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरे । आफ्ना सभापतिको पक्राउलाई राजनीतिक प्रतिशोध भनेका रास्वपा नेताहरूले शान्तिपूर्वक प्रतिरोध गर्ने बताएका छन् । 

संसदीय छानबिन समितिले सहकारी रकम हिनामिनामा लामिछानेको प्रत्यक्ष संलग्नता नरहेको, तर सहकारीबाट गोरखा मिडियामा गएको पैसा खर्च गर्दा उनको प्रत्यक्ष भूमिका देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो । लामिछानेले आफूले सो कम्पनीमा ‘स्वेट सेयर’ लिएको र कम्पनी छाड्दा पनि त्यसबापत केही नलिएकाले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नदेखिएपछि प्रहरीले संगठित अपराधसम्बन्धी कसुरमा पनि अनुसन्धान अघि बढाएको छ । दुवै कसुरमा पक्राउ पुर्जी जारी भएको हो । संगठित अपराधको कसुरमा प्रहरीले ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ । यही मुद्दामा गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक छविलाल जोशी बञ्जाडे २६ दिनदेखि थुनामा रहेकाले अब ३४ दिन राखेर अनुसन्धान गर्न सकिने प्रहरी अधिकारीले बताए । साथै, सजाय पनि संगठित अपराधमा ५० प्रतिशत थप हुन्छ । 

संसदीय समितिको प्रतिवेदनलाई आधार बनाई गृह मन्त्रालयले अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले छविलाललाई गत ६ असोजमै पक्राउ गरेको थियो । त्यस्तै, सहकारीको पैसा अपचलनमा सहयोग गरेको अभियोगमा लीला पछाईलाई समेत पक्राउ गरिसकेको छ । 

सूर्य थापा संयोजकत्वको सहकारी संस्था बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा विभिन्न सहकारीबाट जिबी राईमार्फत ६५ करोड ५४ लाख चार हजार ५३८ रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएको उल्लेख छ । गोरखा मिडियाबाट भएका कारोबारमा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले १६ वटा चेकमा हस्ताक्षर गरेको पनि प्रतिवेदनमा उल्लेख छ । उनको हस्ताक्षरमा गोर्खा मिडिया नेटवर्कमा २३ करोड ७९ लाख ८९ हजार ७३१ रुपैयाँको कारोबार भएको देखिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending