Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मन्त्री महेश बस्नेतमाथि ११ आरोप

\"Maheshकाठमाडौं । एमाले नेता तथा उद्योगमन्त्री महेश बस्नेत युथ फोर्स गठनपछि चर्चामा आए । २३ वर्षमा गाविस अध्यक्ष जितेका महेशको छवि भने निर्विवाद रहन सकेन । केही समयअघि संस्मरण ‘म महेश’ लेखेपछि महेश फेरि विवादमा तानिएका छन् । उनीमाथि लाग्ने गरेका आरोपबारे नयाँ पत्रिकाले उनलाई सोध्यो । उनका जवाफ यस्तो छ : १. राजनीति संगठनका आधारमा चल्छ, राजनीतिक पार्टीका पद्धति हुन्छन्, नियम हुन्छन् । तर, महेश बस्नेतलाई यी कुनै नियम लाग्दैन । संविधानसभा निर्वाचन, पार्टी महाधिवेशन हारे पनि सबै नियम मिचेर तपाईं नै मन्त्री बन्नुभयो । हो, संविधानसभा निर्वाचन र पार्टी महाधिवेशनमा मैले पराजय भोग्नुपर्‍यो । तर, एउटा हार जीवन र भविष्यको समाप्ति होइन । ‘क्रुसियल’ समयमा म राजनीतिमा ज्यानको बाजी राखेर लागेँ । त्यतिवेला कैयौँ यस्ता घटना भए, जसले मलाई समाजसँग धेरै नजिकिन दिएन र टाढा पनि राखेन । देश संक्रमणकालीन अवस्थामा थियो । माओवादी सत्तामा थियो । उसबाट जनताले धेरै आश गरेका थिए । तर, उसैले अर्धसैनिक संरचना वाइसिएल बनाएर समाजमा थप वितण्डा मच्चाउन थाल्यो । पार्टीले त्यो वितण्डा रोक्न युथ फोर्स बनायो । त्यसको प्रमुख मलाई बनाइयो । अनि म होमिएँ, एउटा अभियानमा । त्यो अभियान समाजका लागि थियो । तर, आफैँ खेली हुर्केको भक्तपुरको माटोमा म राम्रोसँग डुल्न पाइनँ । त्यो अभियानमा लाग्दा पार्टीकै नेता र साथीहरूको पनि मतभेद थियो । मतान्तर हुँदाहुँदै अभियानलाई सफल बनाउन हामी लागिरह्यौँ । फलस्वरुप मैले निर्वाचनमा पराजय भोग्नुपर्‍यो । तर, के पनि बिर्सनु हुँदैन भने मैले जीवनमा त्यसअघिका सबै निर्वाचनमा विजय हासिल गरेको थिएँ । पार्टीकै सिद्धान्त र निर्णयअनुसार अगाडि बढेको थिएँ । युवासंघमा दुईपटक निर्वाचन जितेर नै म अध्यक्ष भएँ । किनकि युवासंघ त्यही प्ल्याटफर्म थियो, जहाँ मैले काम गर्न पाएको थिएँ । संविधानसभाको दोस्रो निर्वाचनमा मेरो व्यक्तिगत पराजय भए पनि सम्पूर्ण नेपालीको जित भयो । समाजलाई थप हिंसात्मक बनाइरहेको माओवादी साइजमा आयो । यही नै मेरो विजय हो । देशलाई लोकतान्त्रिक पद्धतिबाट संविधान दिने हाम्रो चाहना पूरा भएपछि म व्यक्तिगत पराजयमा खुसी भएँ । संविधानसभाको पहिलो निर्वाचनमा माओवादीले जितेपछि देश झन् तहसनहसको बाटोमा अगाडि बढेको छर्लंगै छ । निर्वाचनमा पार्टीलाई सफल बनाउन युवासंघले खेलेको भूमिका, मैले गरेका कामको सम्मान गर्दै पार्टीले नै मलाई मन्त्रीको जिम्मेवारी दिएको हो । यो विषयमा विस्तृत कुरा मैले संस्मरण म महेशमा पनि लेखेको छु । पार्टीले औपचारिक निर्णय गरेको कमरेड झलनाथ खनालले मलाई पहिलोपटक सुनाउँदा ममा देश विकास गर्ने चाहना थप बलियो भयो । पार्टीले त्यसअघि दिएका जिम्मेवारी पूरा गरेकैले मलाई पार्टीले नयाँ जिम्मेवारी दियो भन्ने सोचेँ । यसअघिजस्तै अब पनि म यो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छु । २. महेश बस्नेतलाई नेपालको कानुन लाग्दैन । महेश बस्नेत आफैँ वकिल, न्यायाधीश र प्रहरी हो । दिनेश अधिकारी चरीलाई निरपराध भन्दै कारबाही गर्न नदिने तपाईंले नै पुस्तकमा लेख्नुभएको छ, ‘पछि उसलाई सुधार्न सकिएन । म टाढा भएँ ।’ आखिर ऊ गलत रहेछ नि, तपाईंले किन पहिले आफैँ ‘डिसिजन’ गर्नुभयो ? दिनेश अधिकारी चरीले समाजमा नराम्रा काम गरेको छ, ऊ अपराधमा पनि संलग्न मान्छे हो भन्ने हामीलाई थाहा थियो । एउटा मानिसले गलत बाटो समाउन सक्छ तर त्यही नै उसको जीवनभरको पहिचान हुन सक्दैन । बाटो बिराएको मानिसले सुधार गर्न सक्छ आफूलाई । युवासंघ, युथ फोर्समार्फत् म त्यतिवेला यही अभियानमा थिएँ । अर्नेस्ट हेमिङ्ग्वेको उपन्यास ‘द ओल्ड म्यान एन्ड द सी’मा जसरी त्यो बूढो माझी आफ्नो उद्देश्यमा अविचलित लागिरह्यो, त्यसरी नै म पनि समाजमा वाइसिएल ज्यादती अन्त्य गर्न र युवाहरूमा परिवर्तन ल्याउन लागिरहेँ । त्यही वेला मैले चरीको पक्षमा कुरा गरेको हुँ । त्यतिवेला नयाँबजार क्षेत्रमा माओवादी ज्यादती अत्यन्त बढेको थियो । युवासंघका कार्यकर्ता भएकै आधारमा हाम्रा साथीहरू जोग गुरुङ, विवेक देवकोटाहरूको खुट्टा काटिएको थियो, हात भाँचिएको थियो । चिया पसलमा त परै जाओस्, गृहणीले भान्सामा पनि वाइसिएलको ज्यादतीको विषयमा कुरा गर्न सक्ने स्थिति थिएन, माओवादी तत्काल भौतिक आक्रमणमा उत्रन्थ्यो । त्यो क्षेत्रका व्यापारी, व्यवसायी वाइसिएल आतंकका कारण आत्तिएका थिए । यो त्यही समय थियो, जतिवेला माओवादीविरुद्ध बोलेकै आधारमा देशभर हत्याका शृंखला बढेका थिए । यसले समाजमा हिंसात्मक गतिविधि मात्र बढाएको थिएन, युवाहरूलाई गलत दिशामा उन्मुख पनि गराइरहेको थियो । त्यही परिवेशको उत्पादन हुन्, दिनेश अधिकारी चरी । उसले आफ्ना कामबारे पश्चात्ताप गर्दै सुधारको बाटोमा उभिन खोजेको थियो । हामीले उसलाई साथ दियौँ । त्यो हाम्रो स्वार्थ थियो– हामी माओवादीलाई मनोवैज्ञानिक ‘एट्याक’ गर्न चाहन्थ्यौँ, सफल भयौँ । अब अदालत र प्रहरीका कुरा । त्यतिवेला माओवादीले उजुरी लिएर जनअदालत भन्दै आफ्नै अदालत खडा गर्ने अभ्यास गरिरहेको थियो । हामी त्यसको विरोधमा थियौँ । हामीले सधैँ कानुनी राज्यमा विश्वास गर्‍यौँ । माओवादीको जस्तो कानुन आफ्नो हातमा लिने सोच्दा पनि सोचेनौँ । बरु प्रहरीलाई सहयोग गर्‍यौँ । समाजमा वितण्डा मच्चाइरहेकाहरूलाई प्रहरीलाई बुझायौँ । चरीलाई सुधार्न हामीले प्रहरीसँग पनि सहकार्य गरेका थियौँ । यो फरक कुरा हो, हामीले चाहँदा–चाहँदै पनि चरीले सुधारको बाटो अगाल्न सकेन । ३. तपाईं पार्टीको नियम, पद्धति मान्नुहुन्न । आफ्नो निर्णय नै अन्तिम सत्य ठान्नुहुन्छ । जस्तो कि, परशुराम बस्नेतको विषयमा तपाईं इटहरीमा पक्राउ पर्नुभयो । काठमाडौंमा योगेश भट्टराईलगायतले गृहमन्त्री कृष्णबहादुर महरासँग वार्ता गरे । तपाईंलाई रिहा गर्ने सहमति भयो । तर, तपाईंले मान्नुभएन । भिएस नैपालको एउटा पुस्तक छ, ‘एन एरिया अफ डार्कनेस’ । पुस्तकमा नैपालले एउटा पात्रबारे बढो मीठो ढंगले चित्रण गरेका छन् । त्यो पात्र रामोन अनेक अपराधमा मुछिएको हुन्छ । जब ऊ पक्राउ पर्छ, त्यतिवेला पनि उसले कुनै अपराध गरिरहेको हुन्छ । रंगेहात पक्राउ परेको थियो रामोन । प्रहरीले उसलाई तर्कका साथ पक्राउको कारण बताएको छ । कानुनी राज्यमा यस्तो नेपालमा मात्र होइन, विश्वभर हुन्छ । प्रहरीले आधारविना पक्राउ गरेर कसैलाई पनि दुस्ख दिन पाउँदैन । अझ राजनीतिक आस्थाका कारण सत्ताको दुरुपयोग गर्दै पक्राउ गरेर कसैलाई दुस्ख दिन पाइँदैन । हामी विराटनगर कार्यक्रम गर्न गएका थियौँ । कार्यक्रम गर्न नदिन प्रशासनले विराटनगरलाई निषेधित क्षेत्र घोषणा गर्‍यो । हामीले प्रशासनको निर्णय सहज स्वीकार गर्‍यौँ । इटहरी निषेधित क्षेत्र थिएन, प्रशासनसँग सल्लाह गरेरै हामीले पत्रकार सम्मेलन गरेका थियौँ । तर, अचानक प्रहरीले मलाई पक्राउ गर्‍यो । त्यसपछि मैले एउटै कुरा बुझ्न चाहेँ– मेरो गिरफ्तारीको कारण । ‘फिल्ड’मा म पक्राउ परेँ, यता राजधानीमा योगेश कमरेडहरू आत्तिँदै गृहमन्त्रीसँग वार्ता गर्न जानुभएछ । न त्यो पार्टीको निर्णय थियो, न मसँग कुनै छलफल भएर योगेश कमरेड वार्तामा जानुभएको थियो । त्यसैले, मैले त्यो सम्झौता मानिनँ । एउटा सामान्य नागरिक पक्राउ पर्नुको कारण चाहेँ । महराको प्लान मलाई किमार्थ स्वीकार्य थिएन । देशभरका कलेजमा पनि स्वीकार्य भएन, त्यतिवेला उठेको देशभरको आन्दोलनले यही भन्छ । त्यो पार्टीको निर्णय भएको भए मैले मान्थेँ पनि होला । आजसम्म मैले जे गर्दै आएको छु, सबै पार्टीका निर्णयअनुसार नै गर्दै आएको छु । तर, यसको अर्थ यो पनि होइन कि मैले पार्टीका निर्णयमा असहमति राख्नै पाउँदिनँ । ४. राजनीति इमानले होइन, झुटले चल्छ भन्ने मान्नुहुन्छ । व्यवसायी रामहरि हत्याकाण्डविरुद्ध आन्दोलनमा ज्ञानकुमारलाई रामहरिका दाजु भन्नुभयो । अनि ज्ञानकुमारको नाममा रेडियोमा आफैंले अन्तर्वार्ता पनि दिनुभयो । मैले यस विषयमा कुनै झुट बोलेँ भन्ने लाग्दैन । व्यवसायी रामहरि श्रेष्ठलाई माओवादीले कुनै कारणविना अपहरण गरेको थियो । उहाँको परिवार अत्यन्त ठूलो त्रासमा थियो । रामहरिको अपहरणपछि पनि उहाँको परिवारलाई माओवादीले धम्की दिन छाडेको थिएन । हामीले माओवादीविरुद्ध होइन, माओवादीका त्यस्ता अमानवीय ज्यादतीविरुद्ध आवाज उठायौँ । त्यसलाई ज्ञानकुमारजीले नेतृत्व दिनुभयो । आन्दोलनलाई सहज बनाउन उहाँलाई रामहरिको दाजु भन्यौँ । केही दिनमा त्यो आन्दोलन यति चर्कियो कि ज्ञानकुमारजी अत्यन्त व्यस्त हुनुभयो । अनि आन्दोलनबारे आमजनतालाई ‘मेसेज’ दिन मैले मिडियामा ज्ञानकुमारजीका कुरालाई राखेँ । ज्यादतीविरुद्ध सुसूचित गर्न त्यसो गरिएको थियो । हो, यो एउटा गल्ती थियो, तर समयको माग पनि थियो भन्ने बिर्सन हुँदैन । तर, यत्तिकै आधारमा मलाई झुटमा विश्वास गर्‍यो भन्न मिल्दैन । झुटमा विश्वास भएको भए यो विषयमा मैले सत्य कुरा पुस्तकमा किन लेख्नुपथ्र्यो ? मैले सत्य कुरा लेखेको छु, त्यो समयलाई बाहिर ल्याएको छु, पाठकहरूले त्यसबाट बुझ्न सक्नुहुनेछ, महेश बस्नेत कति इमानदार छ भन्ने । ५. राजनीतिमा लागेको मान्छे, प्रहरीमाथि नै जाइलाग्नुभयो । प्रहरीमाथि झोसेको मसालको तस्बिर सामाजिक सञ्जालमा भाइरल छ । त्यसले तपाईंको ‘नेचर’ देखाउँछ । सामाजिक सञ्जालमा महेश बस्नेतको त्यो तस्बिर मात्र होइन, निर्दोष मानिसका फोटोसप गरिएका तस्बिर हजारौंँ छन् । सबैले आफ्ना तस्बिर फोटोसप गरिएका हुन् भन्ने प्रस्टीकरण दिँदैनन् । मैले पनि त्यतिवेला त्यसबारे कुनै प्रतिक्रिया दिइनँ । हेर्नोस्, हिजो म फेसबुक हेर्दै थिएँ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई कार्यालयमा कम्प्युटरमा तास खेलिरहेको तस्बिर देखेँ । मलाई आश्चर्य लाग्यो, नेपाली युवा किन यस्ता अनुत्पादक काममा समय बिताइरहेका छन् । यसको सबै कारण नेपालमा ‘साइबर ल’ कडा नहुनु हो । सरकारले यस विषयमा सोच्नुपर्छ र कडा कानुन ल्याउनुपर्छ । त्यतिवेला पनि यस्तो कानुन हुन्थ्यो भने त्यो मेरो फोटोलाई फोटोसप गरेका सशस्त्रका अधिकारी दीपशमशेर अहिले जेलमा हुन्थे होलान् । यो मैले अनुमानमा भनेको होइन । सशस्त्रले यस्तो नकाम गरेको भन्दै उनलाई त्यतिवेलै कारबाही गरेको थियो । मेरो संस्मरण म महेश पढ्नुहोस्, यसबारे ‘डिटेल’मा लेखेको छु । ६. तपाईं पार्टी कार्यकर्ताको होइन, गुन्डाहरूको विश्वास गर्नुहुन्छ । वाइसिएललाई तह लगाउने भन्दै तपाईंले चरीजस्ता डनहरूलाई साथ दिनुभयो । संविधानसभाको पहिलो निर्वाचनमा पहिलो पार्टी बनेपछि माओवादीले समाजमा गुन्डागर्दीलाई प्रश्रय दिँदै गयो, त्यसैलाई राजनीतिक आधार बनायो र त्यही गुन्डागर्दीका आधारमा आफूलाई अगाडि बढाउन चाह्यो । गुन्डागर्दी संस्थागत हुँदै गएको नेपाली समाजले बाध्यतावश भोग्नुपरेको थियो । तर, वाइसिएलका गुन्डाहरूले अन्य पार्टीका कार्यकर्ता तथा समर्थकसमेत आक्रमण गरिरहेका थिए । हामीलाई थाहा छ, फलाम काट्न फलाम चाहिन्छ । वाइसिएलका गुन्डालाई हामीजस्ता राजनीतिक सिद्धान्तमा हिँडेका युवाले मात्र रोक्न असम्भवप्रायः थियो । ती गुन्डालाई तह लगाउन हामीले चरीहरूको साथ लिएको सत्य हो । तर, हेर्नोस्, चरीलाई हामीले कहिल्यै युवासंघको सदस्यता दिएनौँ । फेरि, उनले प्रण गरेका थिए, ‘म सुध्रन्छु’ । समाजमा नराम्रो काम गरिरहेको एउटा युवालाई सुधार्न पनि हामीले त्यो रणनीति लियौँ । यसले मलाई आरोप लगाउनेहरूको संख्या त बढायो, तर समाजलाई भने फाइदा नै पुग्यो । वाइसिएलका गुन्डाबाट समाज लामो समय त्रसित रहनुपरेन । ७. महेश बस्नेतले सधैँ केपी ओलीलाई बोकेर हिँड्छ । पार्टीको काठमाडौं महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाउने निर्णय धुलिखेल बैठकमा युवासंघले गर्‍यो । गुटबन्दीको राजनीतिमा महेश बस्नेत विश्वास गर्छ । हो, कमरेड केपी ओलीलाई अध्यक्ष बनाउनुपर्छ भन्ने आवाज मैले उठाएँ । त्यसैमा दत्तचित्त भएर लागेँ पनि । यसको एउटै कारण छ– कमरेड केपी ओली यो परिस्थितिमा एमाले हाँक्न सबैभन्दा उचित पात्र हुनुहुन्थ्यो । समयको माग थियो त्यो । अब यतिको समय भइसक्यो, ओली कमरेड अध्यक्ष भएको । त्यसअघि पार्टी कसरी चलेको थियो, अहिले कसरी चलिरहेको छ भन्ने छर्लंगै छ । पार्टीलाई एक ढिक्का बनाएर केपी कमरेडले राष्ट्रको भलोमा काम गरिरहनुभएको छ । अब मेरो त्यो निर्णय सही कि बेठीक ? समयले नै पुष्टि गरेको छ । र, अहिले संविधान निर्माण प्रक्रियामा उहाँले गरेको योगदानले नै एमालेको स्ट्रेन्थ बढेको छ । ८. तपाईंले युवासंघ छाडिसकेपछि पनि विवाद कायम छ । त्यो विवादलाई तपाईं नै प्रश्रय दिइरहनुभएको छ । यसमा मलाई आरोप लगाउनेहरूले सम्झून्, मैले जे भनेको थिएँ, त्यही भएको छ । बुटवल महाधिवेशनमा मैले भनेको थिएँ– ४१ वर्ष लागेपछि म युवा रहन्न, मेरो नैतिकताले युवासंघको अध्यक्ष भइरहन दिँदैन । सोही घोषणाअनुसार मैले अध्यक्ष पद छाडेँ । तर, त्यो महाधिवेशनमा पराजय भोग्नुभएका साथीहरूको कुण्ठाले उग्र रूप लिन थाल्यो । विवादका लागि मात्र उहाँहरूले अनेक तडकभडक गर्नुभयो । पछिल्ला केही दिनयता त म सुन्दै छु, उहाँहरूले आफ्ना गल्ती स्वीकार गर्नुभएको छ रे † यसले युवासंघको विवाद साम्य हुन थालेको आभास गराएको छ । यो मेरो सफलता हो, विवाद लम्बिएको भए मैले हस्तान्तरण गरेको संगठनको चिन्ताले मलाई पनि छुने थियो । र, यो मेरा लागि यसकारण पनि खुसीको कुरा हो कि युवासंघलाई एकताबद्ध गर्न मैले पनि सहयोग गर्न पाएको छु । युवासंघको तागत बुझेर विवाद झिक्न खोजेका नेताहरूले अब एकताको शक्ति बुझ्नुभएको छ । ९. तपाईं महत्त्वाकांक्षी त हो, तर असफल मान्छे हो । मन्त्री हुनुभयो, तर ठोस निर्णय केही गर्न सक्नुभएको छैन । यो मेरो देशको विडम्बना हो, मानिसहरू कुरै नबुझी आरोप लगाउँछन् । यो मेरो समाजको विडम्बना हो, मानिसहरू तत्काल नतिजा खोज्छन् । गीतामा भनिएको छ, ‘कर्म गर, फलको आश नगर ।’ हो, अहिले म कर्म मात्र गरिरहेको छु, दुई दिन ताली पाउने फलको आश नगरी । उद्योगमन्त्रीको जिम्मेवारी सम्हालेपछि मन्त्रालयले उद्योगको परिभाषा फराकिलो बनाएको छ । युवाहरूलाई रोजगारी दिने अवधारणामा कामहरू सुरु भएका छन् । तत्काल चर्चामा आउने र प्रत्यक्ष जनतासँग सरोकार भएको मन्त्रालय होइन, उद्योग । मन्त्रालयको दायरामा पर्ने जे–जति काम भएका छन्, सबै राम्रा छन् । निजी क्षेत्रका उद्योगी व्यवसायीको प्रतिक्रिया लिनुहोस्, उद्योग मन्त्रालयले पछिल्ला दिनमा के गरेको छ भन्ने बुझ्न सक्नुहुन्छ । यो आरोपबारे मैले केही भन्नु नै पर्दैन, ती प्रतिक्रियाले तपाईंलाई दूधको दूध, पानीको पानी छुट्याउन सहयोग गर्नेछन् । १०. तपाईं स्टन्टमा विश्वास गर्नुहुन्छ । मिडियासँग लामो समय तपाईं जुध्नुभयो, आफूलाई चिनाउन । म चिनाइरहनुपर्ने मान्छे होइन । मैले कहिल्यै महत्त्वाकांक्षा पालिनँ । सधैँ काममा विश्वास गरेँ । २३ वर्षमा गाविस अध्यक्ष हुँदादेखि नै मैले काममा विश्वास गर्दै आएँ । युवासंघको जिम्मेवारी सम्हालेपछि पनि मेरो फरक पहिचान स्थापित हुँदै थियो । युथ फोर्स गठन हुनु, र त्यसको प्रमुख मलाई बनाइनुले मबाट गरिएको आशा ठूलो थियो । म त्यो आशा पूरा गर्नतिर लागेँ, मिडिया मलाई खोज्दै आएको हो । तर, म सहज भएर मिडियामा प्रस्तुत भएँ । आफूलाई चिनाउन कुनै पनि मिडियासँग जुध्नु मलाई रत्तिभर आवश्यक थिएन, मेरो कामले नै चिनाइसकेको थियो मलाई । मिडिया कुनै व्यक्तिको कर्मको सपोर्ट हो । एउटा बलियो आधार भएको व्यक्तिलाई फाइदा गर्छ । नाटकीय चर्चामा आउलान्, त्यो दिगो हुँदैन । म नाटकीय चर्चाको पक्षमा पनि छैन, दिगो चर्चाको पक्षमा छु । मलाई बरु चर्चा चाहिँदैन, काम गर्न पाए हुन्छ । ११. तपाईं प्रपोगान्डिस्ट हो । कम उमेरमा जो संस्मरण लेख्नुभएको छ । सिर्जनात्मक काम गर्दा उमेरको लेखाजोखा गर्ने यो समाज देखेर मलाई टिठ लागेको छ । संस्मरण लेख्ने कुरा उमेरले निर्धारण गर्दैन, घटनाले गर्छ । मैले आजसम्म जे भोगेँ, त्यो कुरा लेख्न नपाउने भन्ने के छ ? दुई–चार उदाहरण सम्झन चाहन्छु । तर, यसको अर्थ होइन, मैले आफूलाई ती उदाहरणका पात्रसँग तुलना गर्दै छु । जोन उड माइक्रोसफ्टको जागिर छाडेर पुस्तकालय निर्माण गर्दै हिँडे, उनका पाँचवटा संस्मरण छापिएका छन् । नेपाली कवि सम्झन चाहन्छु, भूपी शेरचन । उहाँका कविता पढेर हामी अहिले पनि आनन्दित हुन्छौँ, तर उहाँ कति वर्षको हुनुहुन्थ्यो ती कविता लेख्दा । मोतिराम भट्टको ३० वर्षमै निधन भयो, अब के उहाँका योगदानबारे कुनै चर्चा नगर्ने ? ३० वर्ष पनि नपुगेको मान्छेले गरेका कामबारे नपढ्ने ? मैले चर्चाका लागि होइन, कुविचार भएका व्यक्तिले ममाथि सिर्जना गरिदिएका भ्रम चिर्न संस्मरण लेखेको हो । किताब लेख्नैपर्ने थियो, समाजलाई म महेशबारे सत्यतथ्य थाहा दिनु नै थियो । चर्चाका लागि किताब लेखेको भए, म झुटहरूको पुलिन्दा लेख्न सक्थेँ । हेर्नोस्, मैले सत्यतथ्य मात्र किताबमा लेखेको यसकारण पनि पुष्टि भएको छ– किताबमा आएका पात्रहरूले चुपचाप मेरा कुरा स्विकारेका छन् । नत्र उनीहरूको गल्तीलाई मैले बढाई–चढाई गरेको भए उनीहरू त्यसको खण्डनमा व्यस्त हुन्थे होलान् । मैले जे लेखेको छु, सबैले सकारेका छन् । अब तपाईं आफैँ भन्नुस्, म चर्चा रुचाउने मान्छे हो ? र, अन्त्यमा महेश बस्नेतको एउटा आरोप मैले संस्मरण लेख्नुको उद्देश्य हो– यस्ता प्रश्नका उत्तर दिएर अब मैले समय खर्च गर्न नपरोस्, सिर्जनात्मक काममा लाग्न पाउँm । मिडियालाई होस् या मेरा शुभचिन्तकका लागि होस्, यस्ता प्रश्न र मबारे उठेका जिज्ञासा समाधान होस् भनेर नै म महेश लेखिएको हो । यो समाजमा अझै पनि केही व्यक्ति किन हल्लाका पछाडि लागिरहेका छन्, सत्य बुझ्न अध्ययनमा समय किन खर्चदैनन् ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending