Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी

खबरडबली संवाददाता

काठमाडौँ । गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने लगायत विषयमा छलपल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठक सुरु भएको छ ।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा उक्त मनसुनजन्य विपद्का घटनाबाट मृत्यु भएका व्यक्तिका परिवारको स्वास्थ्य बीमा, प्रभावितका लागि अस्थायी आवास निर्माण, पुन: निर्माण तथा पुन:स्थापनालाई तीव्रता दिने, विपद्पश्चातको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन थप हेलिकप्टर व्यवस्था गर्ने सहित सात प्रस्ताव रहेका छन् ।

बैठकमा २०८० कात्तिक १९ पछिको सम्पूर्ण विपद्का घटनाहरुको समीक्षा गर्ने, त्यसयताका घटनामा मृत्यु भएका व्यक्ति, सुरक्षाकर्मी, एवं खोज तथा उद्धारका क्रममा खटिइ मुत्यु भएका सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गर्ने र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने, विपद्पश्चातको खोज, उद्धार तथा राहत वितरणलगायतका कार्यमा सम्लग्न सबै व्यक्ति एवं सङ्घ–संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्ने पनि कार्यसूची रहेको छ ।

बैठकमा परिषद्का सदस्यहरु उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरुलगायत सहभागी हुनुहुन्छ भने परिषद्को सदस्य रहेका प्रमुख विपक्षी दलका नेताका प्रतिनिधि शक्तिबहादुर बस्नेत उपस्थित छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा परिषद्का सदस्यसचिव अनिल पोखरेलले ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको उक्त मनसुनजन्य विपद्का कारण स्वदेशी र विदेशीसहित दुई सय ५० को मृत्यु भएको बताए ।

उनले प्रारम्भिक अध्ययनमा रु ४६ अर्ब बराबरको क्षति भएको जानकारी गराए । नेपाल सरकारले उक्त विपद्बाट अति प्रभावित ७१ पालिका रहेको घोषणा गरिसकेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोल्डेन बुटको दौडमा मेसी र एमबाप्पे, कसको सम्भावना कति ?

काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...

नेपालगञ्ज भन्सारबाट २० अर्बभन्दा बढी राजस्व सङ्कलन

बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकु...

तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोन...

नेप्से परिसूचक ७९ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्...

‘मास्टर्नी’ चलचित्रको गीतविरुद्ध सञ्चार मन्त्रालयमा उजुरी, प्रतिबन्ध लगाउन माग

काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको ...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...

हङकङमा देउवाको हात भाँचियो

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...

देउवा समूहको बैठक बस्दै, पार्टीको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...

सप्तकोशीमा जलप्रवाह बढेपछि सुनसरी प्रशासन उच्च सतर्क, कोशी ब्यारेजको अनुगमन

सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...

आजदेखि देशभर तीन महिने डेङ्गु सचेतना अभियान सुरु

काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending