Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

को हुन् इजरायली आक्रमणमा मारिएका हमास नेता सिनवार ?

खबरडबली संवाददाता

काठमाडौँ । इजरायलले आक्रमणमा हमासका सर्वोच्च नेता याह्या सिनवारको मृत्यु भएको छ ।

याह्या सिनवार गाजामा हमासको राजनीतिक शाखाका नेता हुन् र इजरायलका मोस्ट वान्टेड व्यक्तिहरूमध्ये एक थिए ।

इजरायलले अक्टोबर ७, २०२३ मा आफ्नो दक्षिणी क्षेत्रमा भएको आक्रमणको लागि हमासका अन्य नेताहरूसँग याह्या सिनवारलाई जिम्मेवार ठहराउँछ ।

ती आक्रमणहरूमा १२०० भन्दा बढी मानिस मारिएका थिए र २०० भन्दा बढी व्यक्ति अपहरणमा परेका थिए ।

अबु इब्राहिम भनेर चिनिने ६१ वर्षीय याह्या सिनवारको जन्म गाजा पट्टीको दक्षिणी क्षेत्रमा रहेको खान युनिस शरणार्थी शिविरमा भएको थियो ।

याह्याका आमाबाबु अस्केलोनका थिए, तर, जब इजरायल १९४८ मा स्थापना भयो, र हजारौं प्यालेस्टिनीहरूलाई उनीहरूको पुर्खाको घरबाट निष्कासित गरियो, याह्याका आमाबाबु पनि शरणार्थी भएका थिए । 

याह्या सिनवारले आफ्नो प्रारम्भिक शिक्षा खान युनिसको केटाको माध्यमिक विद्यालयमा प्राप्त गरे। यसपछि, उनले गाजाको इस्लामिक विश्वविद्यालयबाट अरबी भाषामा स्नातक डिग्री हासिल गरे ।

याह्या सिनवारलाई इजरायलले पहिलो पटक सन् १९८२ मा पक्राउ गरेको थियो । त्यतिबेला उनको उमेर मात्र १९ वर्ष थियो । याह्यालाई ुइस्लामिक गतिविधिु मा संलग्न भएको आरोप लगाइएको थियो । सन् १९८५ मा उनी फेरि पक्राउ परे । यसै समयमा, याह्याले हमासका संस्थापक शेख अहमद यासिनको विश्वास जितेका थिए ।

सन् १९८७ मा हमासको स्थापना भएको दुई वर्षपछि याह्याले आफ्नो सबैभन्दा खतरनाक आन्तरिक सुरक्षा संगठन अल(मजदको स्थापना गरे । त्यतिबेला याह्या २५ वर्षका मात्र थिए ।

सन् १९८८ मा याह्या सिनवारले दुई इजरायली सैनिकको अपहरण र हत्याको योजना बनाएको र त्यसलाई कार्यान्वयन गरेको आरोपमा उनी सोही वर्ष पक्राउ परेका थिए । इजरायलले उनलाई १२ प्यालेस्टाइनीको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै चारवटा आजीवन कारावासको सजाय सुनाएको थियो।

याह्या सिनवारले आफ्नो वयस्क जीवनको राम्रो भाग १९८८ देखि २०११ को बीच लगभग २२ वर्ष, इजरायली जेलमा बिताएका थिए । 

२०११ मा कैदी आदानप्रदान सम्झौता अन्तर्गत इजरायलले एक इजरायली सैनिक गिलाड शालितको सट्टामा १०२७ प्यालेस्टिनी इजरायली अरब कैदीहरूलाई रिहा गरेको थियो, जसमा याह्या सिनवार पनि परेका थिए ।

त्यसपछि २०१३ मा, याह्या गाजा स्ट्रिपमा हमासको राजनीतिक ब्यूरोको सदस्य निर्वाचित भए र २०१७ मा उनी यसको प्रमुख भएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बदल्यौं कांग्रेस, बदल्छौं देश: सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् ।  शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...

सभापतिको कुर्सीमा बस्न सजिलो, जिम्मेवारी निभाउन गाह्रो छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...

गगन थापा प्रधानमन्त्रीको उम्मेदवार घोषणा

काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...

मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...

एमाले ओखलढुङ्गाका अध्यक्षसहित ३८ जनाले छाडे पार्टी, नेकपामा प्रवेश

काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...

मतदातालाई एमालेले गरेको विकासबारे स्मरण गराउनुपर्छ : अध्यक्ष ओली

झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...

देशभर ४९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी, ५ जनाविरुद्ध विरोध दाबी

काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...

ओलीको अभिव्यक्तिप्रति योगेश भट्टराईको आपत्ति, भन्छन्– म विचलित र निरास छैन

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending