Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

को हुन् इजरायली आक्रमणमा मारिएका हमास नेता सिनवार ?

खबरडबली संवाददाता

काठमाडौँ । इजरायलले आक्रमणमा हमासका सर्वोच्च नेता याह्या सिनवारको मृत्यु भएको छ ।

याह्या सिनवार गाजामा हमासको राजनीतिक शाखाका नेता हुन् र इजरायलका मोस्ट वान्टेड व्यक्तिहरूमध्ये एक थिए ।

इजरायलले अक्टोबर ७, २०२३ मा आफ्नो दक्षिणी क्षेत्रमा भएको आक्रमणको लागि हमासका अन्य नेताहरूसँग याह्या सिनवारलाई जिम्मेवार ठहराउँछ ।

ती आक्रमणहरूमा १२०० भन्दा बढी मानिस मारिएका थिए र २०० भन्दा बढी व्यक्ति अपहरणमा परेका थिए ।

अबु इब्राहिम भनेर चिनिने ६१ वर्षीय याह्या सिनवारको जन्म गाजा पट्टीको दक्षिणी क्षेत्रमा रहेको खान युनिस शरणार्थी शिविरमा भएको थियो ।

याह्याका आमाबाबु अस्केलोनका थिए, तर, जब इजरायल १९४८ मा स्थापना भयो, र हजारौं प्यालेस्टिनीहरूलाई उनीहरूको पुर्खाको घरबाट निष्कासित गरियो, याह्याका आमाबाबु पनि शरणार्थी भएका थिए । 

याह्या सिनवारले आफ्नो प्रारम्भिक शिक्षा खान युनिसको केटाको माध्यमिक विद्यालयमा प्राप्त गरे। यसपछि, उनले गाजाको इस्लामिक विश्वविद्यालयबाट अरबी भाषामा स्नातक डिग्री हासिल गरे ।

याह्या सिनवारलाई इजरायलले पहिलो पटक सन् १९८२ मा पक्राउ गरेको थियो । त्यतिबेला उनको उमेर मात्र १९ वर्ष थियो । याह्यालाई ुइस्लामिक गतिविधिु मा संलग्न भएको आरोप लगाइएको थियो । सन् १९८५ मा उनी फेरि पक्राउ परे । यसै समयमा, याह्याले हमासका संस्थापक शेख अहमद यासिनको विश्वास जितेका थिए ।

सन् १९८७ मा हमासको स्थापना भएको दुई वर्षपछि याह्याले आफ्नो सबैभन्दा खतरनाक आन्तरिक सुरक्षा संगठन अल(मजदको स्थापना गरे । त्यतिबेला याह्या २५ वर्षका मात्र थिए ।

सन् १९८८ मा याह्या सिनवारले दुई इजरायली सैनिकको अपहरण र हत्याको योजना बनाएको र त्यसलाई कार्यान्वयन गरेको आरोपमा उनी सोही वर्ष पक्राउ परेका थिए । इजरायलले उनलाई १२ प्यालेस्टाइनीको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै चारवटा आजीवन कारावासको सजाय सुनाएको थियो।

याह्या सिनवारले आफ्नो वयस्क जीवनको राम्रो भाग १९८८ देखि २०११ को बीच लगभग २२ वर्ष, इजरायली जेलमा बिताएका थिए । 

२०११ मा कैदी आदानप्रदान सम्झौता अन्तर्गत इजरायलले एक इजरायली सैनिक गिलाड शालितको सट्टामा १०२७ प्यालेस्टिनी इजरायली अरब कैदीहरूलाई रिहा गरेको थियो, जसमा याह्या सिनवार पनि परेका थिए ।

त्यसपछि २०१३ मा, याह्या गाजा स्ट्रिपमा हमासको राजनीतिक ब्यूरोको सदस्य निर्वाचित भए र २०१७ मा उनी यसको प्रमुख भएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोल्डेन बुटको दौडमा मेसी र एमबाप्पे, कसको सम्भावना कति ?

काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...

नेपालगञ्ज भन्सारबाट २० अर्बभन्दा बढी राजस्व सङ्कलन

बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकु...

तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोन...

नेप्से परिसूचक ७९ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्...

‘मास्टर्नी’ चलचित्रको गीतविरुद्ध सञ्चार मन्त्रालयमा उजुरी, प्रतिबन्ध लगाउन माग

काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको ...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...

हङकङमा देउवाको हात भाँचियो

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...

देउवा समूहको बैठक बस्दै, पार्टीको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...

सप्तकोशीमा जलप्रवाह बढेपछि सुनसरी प्रशासन उच्च सतर्क, कोशी ब्यारेजको अनुगमन

सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...

आजदेखि देशभर तीन महिने डेङ्गु सचेतना अभियान सुरु

काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending