कोहलपुर। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिएको विषयलाई लिएर भ्रामक प्रचार नगर्न आग्रह गरेको छन् । बिहीबार बाँकेको कोहलपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो आग्रह गरेको हो ।
व्यवसायी मीनबहादुर गुरूङबाट एमालेले पार्टी कार्यालय बनाउन जग्गा सहयोग लिएको विषय सामान्य विषय भएको उनको भनाइ छ । गुरुङले दान गरेको जग्गा एमालेले स्वीकार गरेको उनले स्पष्ट पारे । ‘गुरुङले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गरे, हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ’ उनले भने।
मीनबहादुर गुरुङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको उनले स्पष्ट पारे। महासचिव पोखरेलले गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लिएको कीर्तिपुरको जग्गाको कुनै साइनो नभएको बताए । एमालेलाई कमजोर बनाउन चाहिने तत्त्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको पोखरेलको भनाइ छ ।
एमालेमाथि विगतदेखि नै घेराबन्दी र आक्रमण भएको बताउँदै महासचिव पोखरेलले अहिले पनि एमालेमाथि आक्रमण सुरु भएको बताए । उनले पार्टीको नीति र नेतृत्वप्रति विश्वास गर्न नेता कार्यकर्तालाई आग्रह गरे। ‘हाम्रो पार्टीको केन्द्रीय कार्यालय निर्माणको सन्दर्भमा एक जना व्यवसायीले गरेको सहयोगलाई आधार बनाएर पार्टीमाथि आक्रमण गर्ने प्रयास भएको छ’ उनले भने ।
उनले नेपाली कांग्रेले पनि मैयाँदेवी श्रेष्ठले दिएको जग्गामा घर बनाएको स्मरण गराए। त्यस्तै, राप्रपाको घर पनि दाताले दिएका भए पनि त्यसको कुनै चर्चा हुने नगरेको उनले बताए।
उनले पार्टी समाजको संस्था भएकाले पार्टीलाई समाजभन्दा बाहिर राख्न नहुने बताए। राज्यले दान लिन मिल्दा पार्टीले पनि दान लिन मिल्ने उनको भनाइ छ । ‘पार्टीप्रति आस्था र विश्वास रहेका र कमाएकाले पार्टीलाई दिने हो’ उनले भने । एमालेका पार्टी सदस्यले दिएको सहयोग पनि पार्टी कार्यालयकै काममा खर्च हुने उनले बताए। पार्टी कार्यकर्ताले गरेको सहयोग र दाताले दिएको सहयोग समेत जोडेर एमालेको सुविधा सम्पन्न अत्याधुनिक पार्टी कार्यालय बन्ने पोखरेलको भनाइ छ ।
मिसन २०८४ नेकपा एमालेको सर्वाधिक महत्वको विषय भएको उनले बताए। राजनीतिक अस्थिरता र सामाजिक अराजकता अन्त्यको लागि आउने निर्वाचनमा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उनले स्पष्ट पारे। देश बन्नका लागि नीतिगत नेतृत्वको खाँचो पर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - १७:१५
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...
माघ १० गते, २०८२ - १६:५५
म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...
माघ १० गते, २०८२ - १६:४४
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...
माघ १० गते, २०८२ - १६:२९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...
माघ १० गते, २०८२ - १६:१३
काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...
माघ १० गते, २०८२ - १६:०२
काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...
माघ १० गते, २०८२ - १५:५४
काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...
माघ १० गते, २०८२ - १५:४८
झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...
माघ १० गते, २०८२ - १५:२९
काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...
माघ १० गते, २०८२ - १५:१९
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...




प्रतिकृया लेख्नुहोस्: