Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

महोत्तरीमा सत्ता सहयात्री दलहरुले गरे एमाले बहिष्कार, प्रतिपक्षी दलहरुसँग गठबन्धन

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरी क्षेत्र नं.४ मा एमालेलाई बाहिर राखेर वनेको क्षेत्रीय गठबन्धनले यतिवेला जिल्ला राजनीतिवृत तातेको छ ।

सत्ता गठबन्धनको  मुख्य दल एमालेलाई बहिष्कार जस्तै गरि रातारात वनेको नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, लोसपा, जसपा सहितका दलहरुको गठबन्धनको चर्चासगैँ यस्को औचित्यमाथी गम्भीर सवालहरु उठेका छन । जिल्लास्तरिय नेताहरुले भने  क्षेत्र नं.४ विकासका दृष्टिकोणले पछाडि परेको हुनाले उदेश्यहरुलाई साझा वनाउन दलहरुविच क्षेत्रीय गठबन्धन भएको वताएका छन ।

तर सत्ता सयात्री दलहरु प्रतिपक्ष दलहरुसगँ उभिएर मोर्चावन्दी गर्नुलाई अहिले अर्थपूर्ण ढंगले हेरिएको छ ।

संसदीय दलका नेता यादवको कारण एमाले वाहिरिएको दावी

 मनरासिस्वा नगरपालिका, सम्सी गाउँपालिका, रामगोपालपुर नगरपालिका र औरही नगरपालिका रहेको क्षेत्र नं।४ मा उदेश्यहरुलाई एकाकार गर्न गठबन्धन गरिएको दावी गरिएतापनि नेकपा एमाले मधेश प्रदेश संसदिय दलका नेता तथा भौतिक पुर्वाधार मन्त्री सरोज यादवको दादागिरी कै कारण एमाले बाहिर भएको एक नेताले वताए ।

यादव सोही क्षेत्र ञखझवाट प्रदेश संसदमा निर्वाचित भएका थिए । संघमा नेपाली काङ्ग्रेसवाट महेन्द्र यादव र सोही क्षेत्रको ञकझवाट भने सरोज कुशवाहा निर्वाचित भएका हुन । यो  गठबन्धनमा पनि सरोज यादव वाहेक सवै निर्वाचित जनप्रतिनिधिरुको सहभागीता रहेको छ ।

उनकै कारणले नेकपा एमालेलाई गठबन्धनमा सहभागी नगराईएको हो । विकासका नाममा बजेट विनियोजन गर्ने र मोटो रकम कमिसन बापत लिने मन्त्री यादवको चरित्र सवैलाई थाहा छ् । नाम नखुलाउने सर्तमा एमालेका नै एक नेताले भने । ञवहाँ जुन वाटोमा हुनुहुन्छ त्यो गलत वाटो हो जस्ले जनतालाई निरासा पैदा गरिरहेको छ ।

गठबन्धन औचित्यको पारम्भ भने रामगोपालपुर वडा नं.४ का वडा अध्यक्ष मुकेश यादवको मृत्यु प्रकरणसगैँ भएको वताईएको छ । दुई महिना अगाडि सडक दुर्घटनामा मृत भेटिएका यादवको मृत्यु दुर्घटना नभई हत्या भएको उनी निकट माओवादी केन्द्रले दावी गर्दै आएको छ ।

शंकाको आधारमा पक्राउ परेका संजिव झा उन्को मृत्युअघि र मृत्युपछि मन्त्री यादवसगँ भएको भेटघाट र सम्पर्कलाई पनि कतिपयले आशंकाकोरुपमा लिएका छन । बाहिर समेत  मन्त्री यादवको नाम घटनासगँ जोड्न थालेपछि एमालेको एक बैठकमा यादवलाई प्रश्न गरिएको थियो ।

एमालेका प्रदेशस्तरिय अर्का युवा नेता सरोज यादवले मृतक वडा अध्यक्षको घटनासगँ मन्त्रीको सग्लनताको विषयमा बाहिर आएका चर्चा र बजेट विनियोजन गरेवापत कमिसन लिएको विषयलाई वैठकमा उठाएपछी मन्त्री यादव केहीवेर आक्रोशित वनेका थिए ।

ञउन्ले त्यस्को उत्तर दिदा याँहा उल्लेख नै गर्न नसकिने गालीगलौज मात्र गरेनन मृतक वडा अध्यक्षको दुर्घटना नै भएको दावी गरे ।झ वैठकमा सहभागी एक नेताले भने । ञ मानौ त्यो दुर्घटना नै होला तर वहाँ त जनप्रतिनिधि हो, आरोप त लागीहाल्छ नी त्यस्लाई कसरी सावधान गर्ने भन्ने जिम्मेवारी पनि त्याहा कै जनप्रतिनिधि भएको हुनाले सावधान गर्न सक्नुपर्छ ।झ

मन्त्री यादवले युवा नेताले उठाएको विषयमा आपत्ती जनाएतापनी अर्का नेता भिम आलेले कमिसनको विषयमा आफुहरुसगँ प्रमाण समेत भएको जिकिर गरेपछी वैठकमा मन्त्री पक्षधरको हो-हल्ला शान्त भएको थियो ।

एमालेको एउटा समूह अहिलेपनी अनौपचारिकरुपमा गठबन्धनसगँ जोडिएको नेपाली कांग्रेसका नेता तथा संघिय संसद महेन्द्र यादवले वताए  । उन्ले मन्त्री यादवका क्रियाकलापहरु भने जनउत्तरदायी नरहेको आरोप लगाउदै जनगुनासोहरु वढीरहेको वताएका छन् ।

‘तर यो एमालेलाई वहिष्कार गर्ने उदेश्यले गठन गरिएको हैन । एमाले पनि यो गठबन्धनमा सहभागी हुन् सक्छन ।’ संसद यादवले भने । ‘महोत्तरी क्षेत्र नं। ४ विकासमा पछाडी परेको हुनाले जनस्तरका समस्यालाई पहिचान गरेर विकासका खाका तयार गर्नुपर्ने हुन्छ । यसको लागि सवै राजनीति दलहरु एक ठाँउमा उभिन आवस्यक महसुस गरेका हौ ।’

मन्त्री यादव भन्छन स् एमाले वलियो देखेपछि कमजोरहरुले गठबन्धन गरेका हुन्

मन्त्री यादवले भने नेकपा एमाले क्षेत्र नं. ४ वलियो शक्ति भएको र यसलाई कमजोर वनाउन  गठबन्धन गरिएको वताए ।

‘आसन्न उपनिर्वाचनलाई लक्षित गर्दै वडा नं २ को वडा अध्यक्ष निर्वाचनको लागि एमाले वलियो देखेपछी उनीहरुले गठबन्धन गरेका हुन् ।’ मन्त्री यादवले भने । ‘यसले हामीलाई कुनै असर गर्दैन ।’

विकासको लागि मन्त्रीको हैसियतले आफ्नो क्षेत्र स्वाभाविकरुपमा प्राथमिकतामा राखेको वताउदै उन्ले आफुले गरेको विकास देखेर विपक्षीहरु अतालिरहेको जिकिर गरे ।

वडा अध्यक्ष यादवको मृत्युलाई संकेत गर्दै दुर्घटनालाई हत्याको नाम नदिएर जनमानसमा सहानुभूति वटुल्ने र मृतककी श्रीमतीलाई उम्मेदवार वनाएर माओवादीले निर्वाचन जित्ने हतियार वनाईरहेको मन्त्री यादवको भनाई छ ।

‘जसले जेसुकै गरुन एमाले कमजोर हुँदैन र कसैले वनाउन सक्दैन ।’ उन्ले भने । ‘हामि हाम्रो मिसनमा अडिग छौ र लागीरहन्छौ ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका

नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, ६६ जिल्लामा संगठन विस्तार अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...

आज डलर कति पुग्यो? यस्तो छ विदेशी मुद्राको नयाँ दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...

पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’को सम्पादकमा नियुक्त

काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...

समानुपातिक सूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अनिवार्य गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...

काेशीमा ४ करोड र २ करोडको बजेट सीमा, किन बन्यो विवादको केन्द्र?

विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...

एमालेमा पराजयपछि बढ्दो असहमति : नेतृत्व, पुनर्गठन र यथार्थबीचको टकराव

काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...

बीपी राजमार्गमा सवारी सञ्चालनको समय हेरफेर

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...

कृष्णकुमारीको ‘नारी रेखा’ सार्वजनिक

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending