Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

चिना हराएका प्रधानमन्त्रीका बानी र स्वभावबारे १०१ प्रश्न

\"pm\"नेपाली राजनीतिमा प्रधानमन्त्री सुशील कोइरालाको सादगीको निकै चर्चा हुन्छ । तर, उनी सकभर मिडियामा आउन रुचाउादैनन् । अविवाहित कोइरालाका बानी र स्वभावबारे कमैलाई थाहा छ । कांग्रेस महामन्त्री हुनुभन्दा अघिदेखि पार्टी सभापतिमा निर्वाचित हुादासम्म करिब १२ वर्ष उनी भान्जा रमेश भण्डारीको बुद्धनगरस्थित घरमा बसे । प्रधानमन्त्री भएपछि भान्जाको परिवार पनि कोइरालाको सरकारी निवास बालुवाटार सरेको छ । भान्जीबुहारी प्रभा शर्मा भण्डारीसँग कोइरालाका बानी र स्वभावबारे नयाँ पत्रिकाका खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन्।
उठ्ने र सुत्ने १. बिहान कति बजे उठ्नुहुन्छ ? साढे चार/पौन पाँच बजेसम्ममा उठिसक्नुहुन्छ । २. दिनको सुरुवात के खाएर गर्नुहुन्छ ? मह राखेर हट लेमन खानुहुन्छ । यो उहाँको पहिलेदेखिकै बानी हो । ३. कसले बनाएर दिन्छ ? कि आफैँ बनाउनुहुन्छ ? लेमन, हनी बेडरुममै राखिदिएका हुन्छौँ । उठेपछि आफैँले बनाउनुहुन्छ । बुद्धनगर बस्दा भने मैले बनाएर पनि दिन्थेँे । ४. चियारकफी के रुचाउनुहुन्छ ? चियारकफीमा त्यस्तो सौखिन हुनुहुन्न । कहिलेकाहीँ ग्रिन टी खानुहुन्छ । ५. बिहान एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ? सामान्य एक्सरसाइज गर्नुहुन्छ । एकछिन ‘वाक’ गर्नुहुन्छ । धेरै समय नै हुन्न । ६. बाहिर निस्कनुहुन्छ कि घरभित्रै ? बाहिर निस्कन भ्याउनुुहुन्न । कोठामै गर्नुहुन्छ । ७. योगामा रुचि छ कि छैन ? रुचि त छ, तर समर्पित नै भएर गर्नुहुन्न । समय पनि त्यति हुँदैन । ८. राति कतिखेर सुत्नुहुन्छ ? ठ्याक्कै यति बजे भन्ने हुन्न । निवासमै हुँदा एघाररसाढे एघारमा पनि सुत्नुहुन्छ । बैठकरकार्यक्रममा हुँदा ढिलो पनि हुन्छ । ९. राति सुत्नुअघि केही खाने बानी छ कि ? चिनी नराखेको एक गिलास मनतातो दूध खानुहुन्छ । १०. घरमा बस्दा कस्ता लुगा लगाउन मन पराउनुहुन्छ ? कुर्ता–पाइजामा वा लुंगी लगाउन मन पराउनुहुन्छ । ११. बालुवाटारको सरकारी निवासमा परिवारका सदस्य को–को बस्नुहुन्छ ? उहाँ आफँै भइहाल्नुभयो । हामी बुढाबुढी९स्वकीय सचिव रमेश भण्डारी०, मेरी सासू ९प्रधानमन्त्री कोइरालाकी दिदी०, कहिलेकाहीँ अतुल पनि बस्नुहुन्छ । १२. सधैँ दाह्री राखेको देखिन्छ । उहाँले ‘क्लिन सेभ’ कहिल्यै गर्नुभएको छैन ? एकपटक उहिल्यै गर्नुभएको थियो, राजदरबार हत्याकाण्ड हुँदा । कपाल पनि फाल्नुभएको त्यतिवेला । १३. दाह्री मिलाउन हजामकहाँ जानुहुन्छ कि आफँै मिलाउनुहुन्छ ? उहिलेदेखि अहिलेसम्म आफैँ मिलाउनुहुन्छ । कपाल काट्दा मात्रै हजामसँग मिलाइमाग्नुहुन्छ । १४. दाह्री लामो भयो, मिलाउनुस्’ भनेर पनि सम्झाइदिनुपर्छ कि ? हो । वेला–वेलामा सम्झाइदिनुपर्छ । उहाँले ‘हे छोड्, होस्’ भन्नुहुन्छ कहिले त । १५. ब्रस गर्दा कुन पेस्ट प्रयोग गर्नुहुन्छ ? कोलगेट । १६. नुहाउँदा सावर प्रयोग गर्नुहुन्छ कि बाल्टिनमा पानी थापेर नुहाउनुहुन्छ ? बुद्धनगर हुँदा बाल्टिन प्रयोग गर्नुहुन्थ्यो । अहिले पनि उहाँको बाथरुममा बाल्टिन छ । १७. चिसो पानीले नुहाउनुहुन्छ कि तातो पानीले ? उहाँ सधैँ नुहाउने तातो पानीले नै हो । १८. उहाँले प्रयोग गर्ने साबुन, सेम्पु कुन ब्रान्डको हो ? त्यस्तो स्पेसल कुनै ब्रान्ड छैन । पत्रपत्रिका÷टेलिभिजन÷रेडियो १९. पत्रपत्रिका पढ्ने, टेलिभिजन हेर्ने, रेडियो सुन्ने कत्तिको गर्नुहुन्छ ? पत्रपत्रिका पढ्न असाध्यै रुचि छ । नास्ता लिँदा हामीलाई पढेर सुनाऊ भन्नुहुन्छ । बिहान रेडियो सुन्नुहुन्छ, टिभी हेर्नुहुन्छ । पत्रपत्रिका पनि पढ्नुहुन्छ । २०. आफ्नोबारेमा लेखिएका समाचारमा कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ? खासै प्रतिक्रिया जनाउनुहुन्न । झुटो समाचार लेखिएको रहेछ भने ‘छोडिदेऊ यस्तै हो, नबुझीकन लेख्छन्’ भन्नुहुन्छ । २१. पत्रपत्रिका पढेर अरूले पनि सुनाइदिनुपर्छ कि ? अरूले पनि सुनाइदिनुपर्छ । मैले पनि सुनाउने गर्छु । हेडलाइन हेरेर समाचार पढ्न रुचाउनुहुन्छ । २२. पत्रपत्रिकामा आफूमाथि बनेका कार्टुन देख्दा कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ? हाँस्नुहुन्छ हेरेर । २३. युट्युबमा उहाँसहितका शीर्ष नेताहरूको कार्टुन बनाएर डान्स गरिरहेको भिडियो राखिएको छ । त्यो हेर्नुभएको छ ? (हाँस्दै) हेर्नुभएको छ नि । ‘पिरतीको छाता ओढाउन‘’ बोलको गीतमा उहाँ, केपी ओली र प्रचण्ड नाचिरहेको भिडियो रहेछ । उहाँकी दिदी (मेरी सासूआमा)ले ‘बाबु तेरो त यस्तो भिडियो निकालेको रहेछ नि’ भनेर देखाएपछि हेरेर निकै हाँस्नुभयो । खाना÷खाजा २४. खाजामा के लिन रुचाउनुहुन्छ ? बिहानको खाजामा उसिनेको अन्डा र ओट मिल लिनुहुन्छ । २५. खानामा के मन पराउनुहुन्छ ? थोरै भात, हरियो साग, दाल, तरकारी खानुहुन्छ । आलु तारेको निकै मन पराउनहुन्छ । फर्सीको सिजन रहेछ भने फर्सीको मुन्टा पनि रुचाउनुहुन्छ । घिउमा भुटेको अदुवा र लसुन पनि खानासँगै हुन्छ । २६. माछा–मासु मन पराउनुहुन्न ? त्यति धेरै रुचाउनुहुन्न । कहिलेकाहीँ माछा खानुहुन्छ । २७. माछाको कस्तो परिकार मीठो मान्नुहुन्छ ? माछाको टाउकाको झोल रुचाउनुहुन्छ । २८. आफैँले कहिले केही पकाउनुभएको छ ? फुर्सद नै हुँदैनथ्यो । अहिले त झन् कुरै भएन । मैले उहाँले पकाएको देखेको छैन । २९. भनेपछि उहाँले पकाएको तपाईंहरूले अहिलेसम्म केही खानुभएको छैन ? छैन । भन्नचाहिँ पहिल्यैदेखि ‘कसरी पकाउँछन् म देखाउँछु एक दिन तिमीहरूलाई, नौ थरी गेडागुडी राखेर जाउलो पकाएर खुवाउँछु’ भन्नुहुन्थ्यो । तर, पकाउन नै भ्याउनुभएको छैन । अहिले पनि कहिलेकाहीँ जिस्क्याएर ‘तिमीहरूले पकाउनै जानेनौ, मैले पकाएको भए कस्तो मीठो हुन्थ्यो’ भन्नुहुन्छ । ३०. तपाईंले कहिलेकाहीँ जिस्क्याउनुहुन्न, ‘तपाईंले खुवाउने भनेको खानै पाइएन’ भनेर ? कहिलेकाहीँ ‘खोइ, हजुरको खुवाउने पालो आएन रु’ भनेर जिस्क्याउने गर्छु । उहाँले ‘पख, एक दिन पकाएर खुवाउँछु’ भन्नुहुन्छ । ३१. खानामा राम्रोरनराम्रो भनेर कमेन्ट कत्तिको गर्नुहुन्छ ? धेरै गर्नुहुन्न । ‘यस्तो बनाएको भए हुन्थ्यो’ भनेर भन्नुहुन्छ । किचेन र कुकिङ ३२. भान्सामा कहिले पस्नुहुन्छ कि पस्नुहुन्न ? फुर्सद नै हुँदैन । कहाँबाट पस्नु ? ३३ं ‘के पाक्दै छ आज’ भनेर चासो पनि देखाउनुहुन्न ? फुर्सद रहेछ र भेट भयो भनेचाहिँ सोध्नुहुन्छ । अरूले खाए कि खाएनन् भन्ने धेरै ख्याल गर्नुहुन्छ । ३४. बुद्धनगरको तपाईंको घरमा बस्दा पनि भान्सामा छिर्नुहुन्थेन ? सबैभन्दा माथिल्लो तेस्रो तलामा भान्सा थियो । त्यहाँ कहिलेकाहीँ पस्नुहुन्थ्यो । फिल्म÷गीत–संगीत ३५. फिल्म कत्तिको हेर्नुहुन्छ ? हेर्नुहुन्छ । दिनभरि व्यस्त हुनुहुन्छ, सबै काम सकिएपछि राति साढे नौरदश बजेतिर टेलिभिजनमा हेर्नुहुन्छ । ३६. अंग्रेजी, हिन्दी, नेपाली कस्ता फिल्म रुचाउनुहुन्छ ? सबै खालका रुचाउनुहुन्छ । राजनीतिक फिल्म बढी रुचाउनुहुन्छ । ३७. पछिल्लोपटक हलमै गएर कुन–कुन फिल्म हेर्नुभयो ? ‘सेतो बाघ’ हेर्नुभयो । अस्ति भर्खर नै हो बिपीको उपन्यासमा बनेको ‘तीन घुम्ती’ भन्ने फिल्म हलमै गएर हेर्नुभयो । ३८. कस्तो प्रतिक्रिया रह्यो नेपाली फिल्म हेरेपछि ? बिपीले लेखेको उपन्यासमा आधारित भएकाले निकै मन पराउनुभयो । ‘सान्दाजुले रियल घटना देखेर नै यस्तो कथा लेख्नुभएको होला’ भन्नुभयो । ३९. टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ? सिरियल त हेर्नुहुन्न । कहिलेकाहीँ रेस्लिङ हेर्नुहुन्छ । ४०. गीत कत्तिको सुन्नुहुन्छ ? त्यस्तो धेरै रुचि छैन । तर, राष्ट्रिय गान, प्रजातन्त्रका गीत, राष्ट्रभक्तिका गीत सुन्नुहुन्छ । ४१. कहिलेकाहीँ गीत गुनगुनाउनुहुन्छ कि हुन्न ? कहिलेकाहीँ फ्रेस मुडमा टिभी खोलेर गुनगुनाउनुहुन्छ । ४२. युवाअवस्थामा उहाँको त हलिउडको हिरो बन्ने सपना थियो । ‘हलिउड छिर्न पाइनँ’ भन्ने पछुतो त मान्नुभएको छैन ? पछुतो नै त मान्नुभएको छैन । तर, कुरा गर्नुहुन्छ । ‘म हलिउड जान लागेको मान्छे, नियति र भाग्यले यता ल्याइपुर्‍यायो, सोचेका सबै कुरा पूरा हुन्न’ भन्नुहुन्छ कहिलेकाहीँ । ४३. नेपाली चलचित्र क्षेत्रको बारेमा कत्तिको ज्ञान छ ? राम्रै ज्ञान छ । हरेक क्षेत्रले उन्नति र प्रगति गर्नुपर्छ भन्ने उहाँको मान्यता छ । ४४. नेपाली कलाकारलाई कति चिन्नुहुन्छ ? राजेश हमाललाई राम्ररी चिन्नुहुन्छ । ४५. नेपाली हिरोइन क–कसलाई चिन्नुहुन्छ ? मनीषा भतिजी नै भइहालिन् । व्यक्तिगत रूपमा नामैले त अरूलाई चिन्नुहुन्न । ४६. नेपाली मोडलहरूलाई चिन्नुहुन्छ ? चिन्नुहुन्न । रेस्टुरेन्टरखाना–खाजा ४७. खानारखाजा खान रेस्टुरेन्टमा जान रुचाउनुहुन्छ कि हुन्न ? मन पराउनुहुन्न । घरमै बनाएको सामान्य खानेकुरा उहाँलाई मन पर्छ । ४८. देशबाहिर भएको वेला ? अमेरिका हुँदा भने ‘म्याकडोनाल्ड जाऊँ’ भन्नुहुन्छ, त्यहाँको फ्रेन्च फ्राई निकै मन पराउनुहुन्छ । परिवार र विवाह ४९. अविवाहित हुनुहुन्छ, विवाह नगरेकोमा पछुतो मान्नुभएको छ कि छैन ? छैन । ‘देश, जनता र पार्टीका लागि काम गर्दागर्दै विवाह गर्नतिर ध्यान नै गएन’ भन्नुहुन्छ । त्यसमा कुनै पछुतो मान्नुभएको छैन । ५०. प्रधानमन्त्री बनेपछि उहाँलाई विवाह प्रस्ताव आएका छन् कि ? मलाई थाहा छैन । म बुहारी भएका कारण पनि त्यस्ता कुरा मकहाँ आउने कुरा पनि भएन । ५१. प्रधानमन्त्री हुनुअघि आएका थिए कि ? थिएनन् । मलाई थाहा छैन । ५२. अब उहाँले विवाह गर्ने सम्भावना कति छ ? (हाँस्दै) छैन । अब विवाह गर्नुहुन्न होला । ५३. परिवारका सदस्यहरूलाई समय कति दिनुहुन्छ ? आफैँ व्यस्त हुनुहुन्छ, हामी सबैले बुझेकारदेखेका छौँ । मेरी सासू पनि यहीँ बस्नुहुन्छ, कहिलेकाहीँ त ६ र ७ दिनसम्म दिदीभाइको भेटसमेत हुँदैन । फुर्सद हुँदा कहिले दिदीलाई भेट्न उहाँको कोठामा पस्नुहुन्छ । ५४. बाहिर रहेका परिवारका सदस्यहरूलाई पनि बोलाएर सँगै खाना खाने, दुस्ख–सुखका गफगाफ गर्ने कत्तिको गर्नुहुन्छ ? परिवारका सदस्य आउनुहुन्छ । उहाँहरूसँग राम्रै गरी भेटघाट गर्नुहुन्छ । तर, धेरै समय दिन भ्याउनुहुन्न । बुद्धनगर बसुन्जेलसम्म भने त्यस्तो हुन्थ्यो । ५५. केटाकेटीहरू कति मन पराउनुहुन्छ ? धेरै मन पराउनुहुन्छ । ज्यादै चकचक गर्‍यो भनेचाहिँ झिँजो मान्नुहुन्छ । चक्लेट, मिठाई, बिस्कुट आफ्नो रुममा राखेको हुन्छ, केटाकेटीलाई दिनुहुन्छ । विदेश घुमघाम ५६. विदेश भ्रमणमा जाँदा परिवारका सदस्यलाई पनि सँगै लिएर जान कति रुचाउनुहुन्छ ? राज्यको पैसा अनावश्यक खर्च गर्नुहुन्न भन्ने उहाँको मान्यता छ । अत्यावश्यक नभएसम्म परिवारका सदस्यलाई लग्नुहुन्न । एकरदुईपटक उपचारका लागि जाँदा मेरो श्रीमान्लाई लगेर जानुभएको थियो । ५७. विदेशमा कत्तिको घुमघाम, रमाइलो गर्नुहुन्छ ? असाध्यै रमाइलो गर्नुहुन्छ । बाहिर हुँदा साइट सिनहरू हेर्न खुब मन पराउनुहुन्छ । पहिरनर सौख ५८. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ? सचेत हुनुहुन्छ । एकदम फिट लुगा मन पराउनुहुन्छ । लाइट कलरको सादा लुगा मन पराउनुहुन्छ । डार्क कलर मन पराउनुहुन्न । ५९. के लगाउन रुचाउनुहुन्छ ? सार्वजनिक कार्यक्रममा सहभागी हुँदा दौरा–सुरुवाल लगाउनुहुन्छ । नत्र, धेरै कुर्ता–सुरुवाल र ज्वारीकोट मन पराउनुहुन्छ । पाइन्ट–सर्ट पनि सजिलो मान्नुहुन्छ । कुर्ता–सुरुवाल सेतो रङको मन पराउनुहुन्छ । ६०. आइरन आफैँ गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ? पहिला–पहिला गर्नुहन्थ्यो रे । तर, मैले थाहा पाएदेखि गर्नुभएको छैन । हामीले आइरन गरेर नै दिन्थ्यौँ । दान–दक्षिणा ६१. दसैँ–तिहारमा दक्षिणा कति दिनुहुन्छ ? (हाँस्दै) ‘दक्षिणा दिनुपर्छ र तिमीहरूलाई ?’ भनेर उल्टै जिस्कनुहुन्छ । हामीले ‘दिनुपर्छ नि, भान्जाभान्जी हो, छोराछोरी हो’ भनेपछि ‘ए ल लेऊ लेऊ’ भन्नुहुन्छ । ६२. कति रकम दिनुहुन्छ दक्षिणामा ? कहिले पाँच सय, कहिले हजार दिनुहुन्छ । तर, ‘खै हामीलाई दक्षिणा ?’ भनेर मागेरै लिनुपर्छ । ६३. भाइटीकामा दिदीलाई नगदमै दक्षिणा दिनहुन्छ कि लुगाहरू गिफ्ट दिनुहुन्छ ? नगदमै दिनुहुन्छ । गिफ्ट किन्न त कतिखेर जानु ? कसले मिलाइदिनु ? रिसाउने र हाँस्ने ६४. रिसाउने कत्तिको गर्नुहुन्छ ? उस्तो त एकदमै सरल हुनुहुन्छ । कसैले चाहिने, नचाहिने कुरा गर्नुभयो भने निकै भड्किनुहुन्छ । तर, धेरै बेर रिसाउनुहुन्न, एकछिनमा रिस शान्त भइहाल्छ । ६५. कस्ता कुरामा रिसाउनुहुन्छ ? स–साना काम पनि आफूकहाँ ल्याउँदा झर्को मान्नुहुन्छ । ‘ए यो त सचिवालयबाटै गराऊ न, मलाई संविधानकै बारेमा यत्रो तनाव छ’ भन्नुहुन्छ । ६६. बाहिरको रिस परिवारभित्र कति रिफल्याक्ट गर्नुहुन्छ ? अहँ, गर्नुहुन्न । उहाँ यति सहनशील हुनुहुन्छ कि हामी त्यति सक्दैनौँ । प्रधानमन्त्रीलाई कति थरी तनाव होला रु कामको कति लोड होला, तर पनि दाह्रा किटेर सहनुहुन्छ । अति भएपछि मात्रै सामान्य भन्नुहुन्छ । अरूजस्तो गाली गर्ने, तितो बोल्ने गर्नुहुन्न । तर, एकैछिनमा शान्त भइहाल्नुहुन्छ । ६७. परिवारका सदस्यसँग अलि धेरै झर्किएका घटना छन् ? कहिलेकाहीँ त झर्किहाल्नुहुन्छ नि । ६८. रिस शान्त भएपछि आफैँ फकाउनुहुन्छ ? फकाउनुपर्ने पनि हुँदैन । उहाँले फकाउँदा पनि फकाउनुहुन्न । एकछिनपछि आफैँ बिर्सनुहुन्छ । ६९. परिवारका सदस्यहरूसँग कत्तिको ठट्टा गर्नुहुन्छ ? कहिलेकाहीँ गर्नुहुन्छ । जिस्क्याउनुहुन्छ । ‘यो दुब्लाएछ, मोटाएछ, के हो यस्तो ?’ भनेर जिस्कनुहुन्छ । खुसी–दु:खी ७०. कस्ता घटनामा एकदमै खुसी बन्नुहुन्छ ? अस्ति चार दलको वार्ता मिलेको दिन एकदम खुसी हुनुहुन्थ्यो । चार दलमा कुरा मिलाएर माथि उक्लिँदा एकदम रिल्याक्स मुडमा हुनुहुन्थ्यो । ‘ल के खाने आज, के गर्ने हो रु अब संविधान बन्ने भयो, शान्ति हुन्छ’ भन्दै हुनुहुन्थ्यो । यस्ता घटनामा एकदम खुसी बन्नुहुन्छ । ७१. खुसी कसरी बाँड्नुहुन्छ ? सबैसँग सेयर गर्नुहुन्छ । तर, खुसीमा एकदम मात्तिने र दुस्खमा एकदम निरास हुने उहाँको बानी छैन । ७२. पछिल्लो समय धेरै खुसी कहिले हुनुभयो ? १६ बुँदे सहमति भएको दिन एकदमै खुसी हुनुहुन्थ्यो । मध्यरातिसम्म सुत्न नपाउँदा पनि दिनभरिको थकान उहाँको अनुहारमा कत्ति पनि देखिएको थिएन । दलहरूबीच ६ प्रदेशमा सहमति भएको दिन पनि एकदमै खुसी हुनुहुन्थ्यो । नयाँ पत्रिकाले आयोजना गरेको फुटबल प्रतियोगिता खेलेको दिन पनि एकदमै खुसी हुनुभो । ७३. फुटबल खेलेको दिनको प्रतिक्रिया कस्तो थियो ? एकदम प्रफुल्ल देखिनुहुन्थ्यो । ‘म अझै खेल्थेँ, २५–२७ मिनेटसम्म मात्रै खेलियो’ भन्नुभो । हामीले पनि ‘हजुर हुन्जेलसम्म एक गोल पनि हानेको थिएन, हजुर मैदानबाट निस्किएपछि टिमले गोल खायो’ भनेर जिस्क्यायौँ । ७४. के भन्नुभो त उहाँले ? ‘त्यही त म निस्केपछि गोल भो, म भा भए त नहुन पनि सक्थ्यो’ भन्नुभो । ७५. फुटबल खेलेको दिन थकान कति महसुस गर्नुभयो ? थाकेको देखिनुभएन । बरु, फुर्तिलो देखिनु भो । ७६. आफूले खेलेको फुटबल प्रतियोगिताको भिडियो हेर्नुभो कि हेर्नुभएन ? ए, सबै हेर्नुभो । आफूले कुदेको, खुट्टाले बल हिर्काएको, उफ्रिएको सबै हेर्नुभो । खुसी हुनुभयो । ७७. कस्ता घटनामा धेरै दुस्खी बन्नुहुन्छ ? भूकम्प गएका वेला एकदम दुस्खी बन्नुभयो । ‘त्यत्रा मान्छे मरे, धनजनको क्षति भो’ भनेर दुस्खी हुनुभएको थियो । ‘मान्छेहरूले कति दुस्ख पाए, पानीमा भिजेर रात बिताउनुपर्‍यो’ भनेर टिभीमा समाचार हेर्दैपिच्छे दुस्ख व्यक्त गर्नुहुन्थ्यो । टीकापुर घटनामा प्रहरी र नाबालकको मृत्यु हुँदा, तराईको आन्दोलनमा सर्वसाधारणले ज्यान गुमाउँदा पनि एकदम दुस्ख मान्नुभएको छ । ‘एक–अर्कालाई लडाएर देशलाई असफल बनाउँदै छन्, किन नबुझेका होलान् मान्छेहरूले’ भन्नुहुन्छ । ७८. कसले त्यस्तो गरायो भन्नुहुन्छ ? यो, ऊ भनेर त कसैलाई भन्नुहुन्न, तर ‘सबैले भड्काइरहेछन्’ भन्नुहुन्छ । ७९. आफ्ना दुस्ख अरूसँग सेयर गर्नुहुन्छ कि गर्नुहुन्न ? सितिमिती दुस्ख सेयर गर्नुहुन्न । शिवजीले विष पिएजसरी आपैँm सहनुहुन्छ, आपैँm खप्नुहुन्छ । हामीले ‘हजुरलाई कस्तो गाह्रो भयो’ भन्दा त ‘मेरो जिन्दगी यस्तै हो’ भन्नुहुन्छ । उपहार आदान–प्रदान ८०. साथीभाइ, परिवारका सदस्यलाई उपहार कत्तिको दिनुहुन्छ ? देखाएर एकदम हाइफाइ त गर्नुहुन्न, तर दिउँm भन्ने भावनाचाहिँ छ । केटाकेटीलाई चकलेट दिनुहुन्छ । काम गर्नेलाई आफू विदेश जाँदाखेरि जति होस् हातमा राखिदिनुहुन्छ । ८१. विदेशबाट आउँदा केही ल्याइदिनुहुन्छ कि हुन्न ? ल्याइदिनुहुन्छ । केही न केही लगिदिउँm भन्ने भावना हुन्छ उहाँमा । ८२. तपाईंलाई ल्याइदिएको सम्झिराख्ने उपहार के छ ? एकपल्ट धेरै अगाडि बम्बईबाट फर्किँदा कुर्ता–सलवार ल्याइदिनुभएको थियो । पोहोर साल अमेरिकाबाट पनि ज्याकेट ल्याइदिनुभएको थियो । मेरो छोरा अमेरिकामै छ, उसलाई के दिउँm के दिउँm लागेछ उहाँलाई र आफूले लगाएको घडी फुकालेर दिनुभएछ । ८३. जन्मदिन, म्यारिज एनिभर्सरीमा बधाई–उपहार दिने गर्नुहुन्छ कि गर्नुहुन्न ? भड्किलो पार्टी नगर भन्नुहुन्छ सबैलाई । अस्ति उहाँकी दिदीको बर्थडे थियो, दिदीलाई भेटेर अंकमाल गरेर ‘विस’ गर्नुभो । सल गिफ्ट दिनुभो । ८४. आफ्नो जन्मदिन याद हुन्छ कि हुन्न ? उहाँको चिना हराएको छ । वास्तविक बर्थडे कहिले हो भन्ने थाहै छैन । अस्ति फेसबुकवाला बर्थ डेको दिन हामीले ‘रमाइलो गरौँ न त’ भनेर उहाँका लागि सानो केक लगेर गएका थियौँ । ‘ह्याप्पी बर्थ डे मामा, आज त तपाईंको बर्थडे मनाउने’ भन्यौँ । उहाँले ‘जिन्दगीमा बर्थडे मनाएको छैन, केक काटेको छैन, जाऊ तिमीहरू मनाउँदिनँ’ भन्नुभो । ८५. उहाँको वास्तविक जन्मदिनबारे कसैलाई थाहा छैन त्यसो भए ? पुस महिना हो भन्नेचाहिँ थाहा छ । गते र बार यही हो भन्ने यकिन छैन । धेरै सोधखोज गरेर बुधबार १६ गते हो कि भन्नेसम्म बुझेका छौँ । ८६. चिनाचाहिँ कहिले हराउनुभएको हो ? पूरै परिवार वीरगन्जमा हुनुहुन्थ्यो रे, घरमा चोर लागेछ । चोरले सबैका चिना राखेको बक्सा लगेर गएछ । घरमा कसैको पनि चिना छैन । ८७. चिना चोरिएकोमा कत्तिको दुस्ख मान्नुहुन्छ ? कहिलेकाहीँ कसैले सोध्नुहुन्छ, ‘दाइ कति सालमा जन्मनुभएको’ भनेर । त्यतिवेला ‘खै मेरो त चिना नै चोरिएको हो, छैन’ भन्नुहुन्छ । ८८. जिद्दी गर्ने स्वभाव कत्तिको छ ? ओहो, उहाँको जिद्दी । कुरै नगर्नुस् । उहाँले जिद पक्रिएपछि छाड्नुहुन्न । जिद्दी त असाध्यै गर्ने बानी छ । ८९. कस्ता कुरामा धेरै जिद्दी गर्नुहुन्छ ? हरेक कुरामा उहाँको धारणा बनेपछि अडिग रहनुहुन्छ । गर्छु भनेपछि गर्ने, नगर्ने भनेपछि नगर्ने । त्यसबाट टसमस हुनुहुन्न । ‘यो कुरा तिमीहरूले भन्दा मैले जानेको छु’ भन्नुहुन्छ । खानेकुरादेखि लाउने कुरासम्म जिदचाहिँ छ उहाँको । ९०. सम्झाउँदाखेरि कत्तिको मान्नुहुन्छ ? हामीहरू उहाँभन्दा सबै हिसाबले जुनियर हौँ । हामीले त धेरै भन्यौँ भने ‘यसो गर्दा ठीक हुन्थ्यो कि’सम्म भन्ने हो । उहाँभन्दा ठूला मान्छेले पो सम्झाउने हो, हामी त बुहारी पर्‍यौँ । उहाँले जिद्दी गरेपछि हामी चुप लाग्छौँ । ९१. परिवारका सदस्यसँग कति खुलेर गफगाफ गर्नुहुन्छ ? फुर्सद मिल्यो भने कुराकानी गर्न रुचाउनुहुन्छ । धक फुकाएर गफ गर्नुहुन्छ । एकदम फ्रयांक भएर कुरा गर्नुहुन्छ । ९२. कस्ता कुरा गर्नुहुन्छ ? ‘अब प्रधानमन्त्रीबाट बिदा भएपछि मजाले घुम्छु । मैले राम्ररी कहिल्यै घुम्न पाएको छैन, जहिले घुम्न गयो गिरिजा दाजुले आइज चाँडो यता काम छ भन्नुहुन्थ्यो । अबचाहिँ आनन्दले घुम्नुपर्छ’ भन्नुहुन्छ । ९३. घुमघाम गर्दाका रमाइला घटना सुनाउनुहुन्न ? सुनाउनुहुन्छ । अमेरिकातिर जाँदा घुमेको, नेपालमै पनि विभिन्न ठाउँमा जाँदा ‘साथीभाइले कस्तो माया गरेर राखे, खुवाए, प्रेम जनाउँछन्’ भन्नुहुन्छ । बनारस र दिल्लीमा हुँदाका घटना पनि सम्झनुहुन्छ । ९४. कुन–कुन घटना सम्झनुहुन्छ ? बनारसमा सोया पालक खाएको सम्झनुहुन्छ । उहाँहरूले प्लेन हाइज्याक गरेपछि एकपटक दिल्ली जानुभएको थियो रे, अर्कै नामले चिनाउनुहुन्थ्यो रे त्यहाँ । जाडोको सिजनमा सान्दाजु (बिपी)सँग कोट किन्न पैसा माग्नुभएछ । उहाँले ६० रुपैयाँ दिनुभएछ । त्यो पैसाले कोट किनिसक्नेबित्तिकै तीनतिरबाट गाडीले घेरेर उहाँलाई कसैले कब्जामा लिएछन् । ‘तँ सुशील कोइराला होइनस्’ भनेर सोध्दा उहाँले ‘होइन म त’ भनेर अर्कै नाम भन्नुभएछ । तर, उनीहरूलाई सबै थाहा रहेछ । लगेर जेलमा राखेछन् । किनेको कोट पनि लगाउन पाउनुभएनछ । रक्सी र चुरोट ९५. रक्सी, चुरोट खाने बानी कत्तिको थियो ? रक्सी त खानुहुन्थेन, चुरोट भने खानुहुन्थ्यो । ९६. कुन ब्रान्डको चुरोट खानुहुुन्थ्यो ? ५५५ चुरोट खाएको मात्र देख्थेँ, ब्रान्ड थाहा भएन । ९७. दैनिक कति खानुहुन्थ्यो चुरोट ? खाइराख्नुहुन्थ्यो । अब दिउँसो बाहिर निस्कनुहुन्थ्यो, कति खानुहुन्थ्यो, कसरी भनूँ ? ९८. उहाँले ‘ऊ’ भन्ने थेगो प्रयोग गर्नुहुन्छ । त्यसबारे अरूले जिस्क्याउँछन् भन्ने उहाँलाई थाहा छ कि छैन ? किन थाहा नहुनु रु कहिलेकाहीँ हामीले नै मामा अब ‘ऊ’ गरेर ऊ गर्नुपर्छ भनेर जिस्क्याउँछौँ । ‘तपाईंको एउटा वाक्यमा सातवटा ‘ऊ’ हुन्छ’ भनेर भन्छौँ । ९९. अनि, के भन्नुहुन्छ उहाँले ? केही भन्नुहुन्न, हाँस्नुहुन्छ । उहाँको थेगोका कारण हाम्रो परिवारमा सबैको ‘ऊ गर्ने’ भन्ने बानी परिसकेको छ । मेरो श्रीमान् पनि ‘ऊ’ भन्ने, अतुल बाबु पनि ‘ऊ’ भन्ने, हुँदाहुँदा मेरो पनि ‘ऊ’ भन्ने बानी परिसक्यो । त्यसले सबैका कुरा एकअर्कालाई बुझ्न पनि सजिलो बनाउने रहेछ । १००. कहिलेकाहीँ थेगोका कारण उहाँका कुरा बुझ्न गार्‍हो हुँदैन ? हुँदैन । उहाँले ‘ए तिमीहरूले ऊ गर्‍यौ रु’ भनेर सोध्नुहुन्छ । हामीले ‘हजुर मामा ‘ऊ’ गरिसक्यौँ’ भन्छौँ । ९हाँसो० हाम्रो घरमा मामाको सबैभन्दा रमाइलो पक्ष भनेकै ‘ऊ’ हो क्या । १०१. सामाजिक सञ्जालमा कत्तिको अभ्यस्त हुनुहुन्छ ? एकदम रुचि छ त्यसमा, तर समय पाउनुहुन्न । फुर्सद भएको वेला ‘सिकाइदेऊ न मलाई पनि’ भन्नुहुन्छ । ‘मेरो मोबाइलमा पनि समाचार आउने बनाइदेऊ न’ भन्नुहुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending