Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

राप्रपा महामन्त्री राणालाई क्यान्सर, भारतमा उपचार गर्दै

खबरडबली संवाददाता

काठमाडौं । क्यान्सरको उपचार गरेर स्वास्थ्यलाभ गरिरहेका राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाले केही दिनमै नेपाल फर्केर पार्टीका एजेण्डामा अझ बढी सक्रिय रहँदै देश र जनताको सेवामा वफादार भएर निरन्तर लाग्ने बताएका छन् ।

‘जटील रोगको उपचारबाट स्वस्थ्य भई पार्टीका एजेण्डाप्रति अझै बढी सक्रिय भएर निरन्तर लागिरहने उर्जा थपिएको छ । देश, जनता र पार्टीका एजेण्डाप्रति वफादार रही जीवनभर सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक राणाले सामाजिक सञ्जालमा जारी सन्देशमा भनेका छन् । ‘तपाईँहरूको माया, प्रेम, स्नेह र शुभेच्छा सधैँ मिलोस् भन्ने कामना गर्दछु ।’

राप्रपा नेता राणालाई गिंजामा क्यान्सर देखिएपछि भारत, मुम्बईको टाटा मेमोरियल अस्पतालमा डा. सुल्तान प्रधानको टीमले सल्यक्रिया गरेको थियो । राणा अस्पतालबाट मंगलबार डिस्चार्ज भए भने केही दिन मुम्बई बसेर नेपाल फर्कने छन् ।‘म स्वास्थ्यलाभ गरी केही दिनमै नेपाल फर्कने जानकारी सम्पूर्ण शुभचिन्तकहरूमा गराउन चाहन्छु,’ उनले भने ।

‘भगवानको आशिर्वाद र तपाईंहरु सबैको प्रार्थनाले म अहिले पूर्ण रूपमा स्वस्थ्य हुँदैछु । अस्पतालबाट डिस्चार्ज भएको छु । अस्वस्थ्य भई अस्पतालमा उपचाररत भएको बेलामा देश–विदेशमा रहनुभएका सम्पूर्ण शुभचिन्तकहरूबाट स्वास्थ्यलाभको शुभकामना प्राप्त भएको छ । तपाइँहरूको असीम माया, प्रेम र स्नेहको लागि हृदयदेखि सम्पूर्णमा आभारसहित धन्यवाद व्यक्त गर्द्छु । तपाईँहरूको माया, प्रेम, स्नेह र शुभेच्छा सधैँ मिलोस् भन्ने कामना गर्दछु,’ राणाले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोल्डेन बुटको दौडमा मेसी र एमबाप्पे, कसको सम्भावना कति ?

काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...

नेपालगञ्ज भन्सारबाट २० अर्बभन्दा बढी राजस्व सङ्कलन

बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकु...

तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोन...

नेप्से परिसूचक ७९ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्...

‘मास्टर्नी’ चलचित्रको गीतविरुद्ध सञ्चार मन्त्रालयमा उजुरी, प्रतिबन्ध लगाउन माग

काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको ...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...

हङकङमा देउवाको हात भाँचियो

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...

देउवा समूहको बैठक बस्दै, पार्टीको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...

सप्तकोशीमा जलप्रवाह बढेपछि सुनसरी प्रशासन उच्च सतर्क, कोशी ब्यारेजको अनुगमन

सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...

आजदेखि देशभर तीन महिने डेङ्गु सचेतना अभियान सुरु

काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending