Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

चोरीको मोटरसाईकलसहित तीन जना पक्राउ

खबरडबली संवाददाता

रौतहट । रौतहटमा प्रहरीले चोरीको ३ थान मोटरसाईकलसहित ३ जना चोर पक्राउ गर्नुका साथै लाखौँ रुपैयाँ बराबरको अबैध भारतीय सामान बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले ३ थान चोरीको मोटरसाईकल सहित ३ जना चोरलाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय गौरको टोलीले लाखौँ रुपैयाँ बराबरको अबैध भारतीय सामान बरामद गरेको हो।

गत २१ गते बिहान ७ बजे गढीमाई नगरपालिका ६ बखरी टोलका उनितेश साहको घरैबाट चोरी भएको प्रदेश ०३(०१९ प २६३१ नम्बरको स्प्लेन्डर प्लस मोटरसाईकल सहित सोही ठाउँका १९ बर्षीय धीरज साह पक्राउ परेका छन् ।

त्यस्तै गत २२ गते माधोपुर बजारबाट चोरी भएको माधव नारायण नगरपालिका ६ का श्यामबाबु यादवको विआर एक्स ६५५८ नम्बरको अपाचे मोटरसाईकल सहित सर्लाही ईश्वरपुर नगरपालिका १३ का १९ बर्षको श्याम महतो पक्राउ एको छ । त्यसैगरी गत २६ गते शुकादेव चौकबाट चोरी भएको यमुनामाई गाउँपालिका २ का अम्बिका यादवको विआर ३० ए एम १६४८ नम्बरको १२५ सिसिको पल्सर मोटरसाइकल सहित कटहरिया नगरपालिका ९ दुमरियाका २१ बर्षको मन्दिप भन्ने मन्दित यादव पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले बिभिन्न मितिमा छुट्टाछुट्टै स्थानबाट चोरीको उक्त तीनवटै मोटरसाईकल सहित तीनैजना चोर लाई पक्राउ गरिएको डिएसपी राजन कार्कीले बताएका छन्। तीनैजना माथि चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको डिएसपी कार्किले जानकारी दिएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका

नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, ६६ जिल्लामा संगठन विस्तार अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...

आज डलर कति पुग्यो? यस्तो छ विदेशी मुद्राको नयाँ दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...

पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’को सम्पादकमा नियुक्त

काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...

समानुपातिक सूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अनिवार्य गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...

काेशीमा ४ करोड र २ करोडको बजेट सीमा, किन बन्यो विवादको केन्द्र?

विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...

एमालेमा पराजयपछि बढ्दो असहमति : नेतृत्व, पुनर्गठन र यथार्थबीचको टकराव

काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...

बीपी राजमार्गमा सवारी सञ्चालनको समय हेरफेर

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...

कृष्णकुमारीको ‘नारी रेखा’ सार्वजनिक

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending