Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

तनावका बिच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित

खबरडबली संवाददाता

काठमाडौँ । क्यानडासँगको सम्बन्धमा तनावका बीच भारतले सोमबार कार्यवाहक राजदुत स्टेवार्ट रस ह्वीलरसहित ६ क्यानाडाली कूटनीतिज्ञलाई देशबाट निष्कासन गरेको छ । उनीहरुलाई असोज १९ गते राति १२ बजेसम्मको समय दिइएको छ । अर्कोतर्फ क्यानडाले पनि भारतका ६ कूटनीतिज्ञलाई देश छाड्न भनेको छ ।

यसअघि भारतीय विदेश मन्त्रालयले क्यानडास्थित आफ्ना उच्चायुक्त सञ्जय कुमार वर्मालाई पनि फिर्ता बोलाएको थियो । ट्रुडो सरकारले आइतवार पठाएको पत्रपछि यो कारबाही भएको हो । यसमा भारतीय उच्चायुक्त र केही अन्य कूटनीतिज्ञलाई क्यानडेली नागरिकको हत्यामा शंकास्पद नाम दिइएको थियो ।

क्यानेडियन नागरिकको बारेमा जानकारी दिइएको छैन, तर यसलाई खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यासँग जोडिएको छ ।

त्यसको एक दिनपछि सोमबार साँझ ६ बजे भारतले कडा आलोचना गर्दै क्यानडाका राजदूतलाई बोलाएर ‘क्यानडाले लगाएको आरोप निराधार भएको’ भनेको थियो । यसपछि भारतले क्यानडामा रहेका आफ्ना उच्चायुक्त र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने जानकारी दिएको थियो ।

भारतका लागि क्यानडाका उप(उच्चायुक्त स्टुअर्ट ह्वीलरले विदेश मन्त्रालयबाट बाहिरिदै भने, ‘भारतले लामो समयदेखि माग गरेको क्यानडा सरकारले गरेको छ । हामीले क्यानडाको भूमिमा क्यानाडाली नागरिकको हत्यामा भारतीय एजेन्टहरूलाई जोड्ने बलियो प्रमाणहरू उपलब्ध गराएका छौं । अब यी आरोपमा भारतले के कारबाही गर्छ त्यो हेर्न बाँकी छ । यो दुबै देशको हितमा छ । क्यानडा सहयोग गर्न तयार छ ।

अर्को तर्फ भारतीय विदेश मन्त्रालयले भन्यो, ुहामीलाई क्यानडा सरकारले उच्चायुक्त वर्मालाई सुरक्षा दिन विश्वास गर्दैनौं । भारतले यी बेतुका आरोपहरूलाई कडाइका साथ अस्वीकार गर्दछ । यसको पछाडि ट्रुडो सरकारको राजनीतिक एजेन्डा छ, जुन भोट बैंकबाट प्रेरित छ । क्यानडाले लामो समयदेखि यस्तो गर्दै आएको छ । उनको मन्त्रिपरिषद्मा भारतविरुद्ध चरमपन्थी र पृथकतावादी एजेन्डासँग सम्बन्धित व्यक्तिहरू समावेश छन् । ट्रुडोले सेप्टेम्बर २०२३ मा केही आरोप लगाएका थिए । तर, क्यानडा सरकारले पटकपटक सोध्दा पनि भारत सरकारसँग एउटा प्रमाण पनि बाँडेको छैन । यो नयाँ आरोप पनि यस्तै ढंगले लगाइएको छ ।

क्यानडाका प्रहरी आयुक्त माइक डुहेमेले पनि पत्रकार सम्मेलन गरेका थिए । उनले भने, ‘क्यानडामा रहेका भारतीय कूटनीतिज्ञ र अधिकारीहरूले आफ्नो पदको दुरुपयोग गरी गोप्य रूपमा भारत सरकारका लागि सूचना संकलन गरेका आरोप लगाएका छन् । यसका लागि भारतीय अधिकारीहरूले एजेन्टहरू प्रयोग गरेको उनले बताए ।

भारतले संकलन गरेको सूचनालाई दक्षिण एसियाली जनतालाई लक्षित गर्न प्रयोग हुने गरेको उनले बताए । 

जुन १८, २०२३ को साँझ क्यानडाको सरे सहरमा रहेको गुरुद्वाराबाट निस्कने क्रममा हरदीप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो । गत वर्ष सेप्टेम्बर १८ मा क्यानडाका प्रधानमन्त्री ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएका थिए जसलाई भारतले अस्वीकार गरेको थियो ।

निज्जर हत्याका तीन अभियुक्त पक्राउ परेका थिए । आरोपित तीनै जना भारतीय नागरिक हुन् । त्यसपछि भारतले यो क्यानडाको आन्तरिक मामिला भएको बताएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी अभियन्ता माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज, आयोगको रोहबरमा हिरासतबाट पनि रिहा

काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...

उपत्यकाका अव्यवस्थित तार साउन दोस्रो साताभित्र हटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर छ लाख घुससहित पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...

कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...

नेकपा संयोजक प्रचण्ड श्रीलङ्का प्रस्थान

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते बस्ने

काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए।  त्यसअघि बैठ...

सङ्घीयता खर्चिलो भएको भन्दै प्रदेश सभा खारेज गर्नुपर्ने बहसप्रति श्रम संस्कृति पार्टीको असहमति छ

काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...

एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...

राष्ट्रिय सभामा मल अभावदेखि प्रेस स्वतन्त्रतासम्मका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...

रास्वपाले अराजनीतिक गतिविधि गर्दैन : सांसद बास्कोटा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending