Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

रौतहटमा धारिलो हतियार प्रहारबाट एक व्यक्ति गम्भीर घाइते

खबरडबली संवाददाता

राैतहट   । रौतहट जिल्लाको गढिमाई नगरपालिका वडा नं. १ समनपुरमा धारिलो हतियारको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्।

३५ वर्षीय चन्दन साहलाई मंगलबार राति करिब ८:३० बजे मोटरसाइकलमा यात्रा गरिरहेका बेला अपरिचित व्यक्तिले खुकुरी प्रहार गरी गम्भीर चोट पुर्याएको हो। साह ना ४८ प ४५५७ नम्बरको मोटरसाइकलमा रौतहटको गरुडा नगरपालिका-९ नरकटिया गाउँबाट समनपुरतर्फ जाँदै गर्दा घटनामा परेका थिए। घटनामा संलग्न व्यक्तिको नाम र पहिचान हालसम्म खुल्न सकेको छैन। आक्रमणमा साहको टाउको, टाउकोको पछाडि र बाँया हातमा गहिरो चोट लागेको छ।

घटनापछि साहलाई स्थानीय सरस्वती अस्पताल गरुडामा तत्काल उपचारको लागि पुर्याइयो, तर घाइतेको अवस्था गम्भीर भएको कारणले उनलाई थप उपचारको लागि बिरगंजस्थित नेपाल मेडिसिटी बायोधा अस्पतालमा रिफर गरिएको छ। घटनापछि इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा खोजतलास गर्दा आक्रमणमा प्रयोग गरिएको खुकुरी र एक थान कटुवा पेस्तोल बरामद गरेको छ। प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिइरहेको छ र दोषीलाई चाँडै कानूनी दायरामा ल्याइने जानकारी दिएको छ।

यस हिंसात्मक घटनाले स्थानीय समुदायमा त्रास फैलिएको छ भने प्रहरीले यसप्रति गम्भीर ध्यान दिएको बताएको छ। घटनाको यथार्थ पत्ता लगाउन अनुसन्धान जारी रहेको र दोषीलाई आवश्यक कानूनी कारबाही गरिने प्रहरीको भनाइ छ। रौतहटमा बढ्दो हिंसात्मक गतिविधि र अपराधिक क्रियाकलापले नागरिकमा सुरक्षा सम्बन्धी चिन्ता बढाएको छ। प्रहरी प्रशासनले यस्ता घटनालाई रोकथाम गर्न कडा कदम चाल्नुपर्ने स्थानीयको माग छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकपको नकआउट चरणमा दक्षिण अफ्रिका र क्यानडा आमनेसामने

काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्ने भएका छन्। समूह चरणको अन्तिम खेलमा दक्षिण अफ...

युक्रेनी ड्रोन आक्रमणको असर : मस्कोको प्रमुख तेल रिफाइनरी ६ महिना बन्द हुने

काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...

जतिबेला पनि निद्रा लागिरहन्छ ? यी हुन सक्छन् कारण

काठमाडौं । दिनभर लगातार निद्रा लागिरहनु केवल कम निदाएको कारण मात्र नहुन सक्छ। पर्याप्त समय सुत्दा पनि सधैं थकान, आलस्य र निद्रा महसुस भइरहेमा त्यसले श...

कक्षा १२ को नतिजा विवादित बन्दै, विद्यार्थी आज माइतीघरमा प्रदर्शन गर्दै

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरू आन्दोलनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि ...

रास्वपा महाधिवेशनमा मतदान जारी, बिहान ८ बजेसम्म २१ सय मत खस्यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि ...

मोहरम पर्वलाई शान्तिपूर्ण बनाउन पर्सामा सर्वपक्षीय बैठक, ९ बुँदे आचारसंहिता जारी

वीरगञ्ज । मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन का...

गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा

पर्सा । वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो ग...

लमजुङमा विद्युत् उत्पादन बढ्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्प...

झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण

झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending