काठमाडौँ । क्यानडाको हाइप्रोफमेन्स (एचपी) विरुद्धको एक दिवसीय सिरिज नेपालले जितेको छ । अमेरिकामा हुने आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजको तयारीका लागि खेलिएको तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो ।
अन्तिम खेलमा सोमबार राति करण केसी र कुशल भुर्तेल चम्किएपछि नेपालले अन्तिम तथा तेस्रो एक दिवसीय अभ्यास खेलमा एचपीलाई १० रनले हरायो । नेपालले पहिलो खेलमा तीन विकेटको जित निकालेको थियो । दोस्रो खेलमा भने नेपाल एचपीसँग २० रनले पराजित भएको थियो ।
जितका लागि नेपालले प्रस्तुत गरेको एक सय ८८ रनको लक्ष्य पछ्याएको क्यानडा एचपी ४४।५ ओभरमा सबै विकटको क्षतिमा एक सय ७७ रनमा समेटिएको थियो । एचपीका लागि अलि नदिमले एक सय १६ बलमा सात चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ८५ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङमा नेपालका लागि करण केसीले सर्वाधिक पाँच विकेट लिए । सागर ढकालले दुई तथा आरिफ शेख, रिजन ढकाल र ललित राजवंशीले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८।३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८७ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ७० बलमा पाँच चौकाको सहयोगमा सर्वाधिक ५२ रन बनाए ।
यस्तै आरिफ शेखले ४०, सोमपाल कामीले २७ र अर्जुन साउदले १७ जोडे । बलिङमा एचपीका लागि जाहिद शिर्जादले तीन विकेट लिए। सुखिन्दर सिंह र सहिल पटेलले दुई दुई विकेट लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १ गते, २०८३ - १६:४९
काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...
श्रावण १ गते, २०८३ - १६:२९
बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकु...
श्रावण १ गते, २०८३ - १६:१८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोन...
श्रावण १ गते, २०८३ - १५:४४
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्...
श्रावण १ गते, २०८३ - १५:२९
काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको ...
श्रावण १ गते, २०८३ - १५:०६
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...
श्रावण १ गते, २०८३ - १४:३६
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...
श्रावण १ गते, २०८३ - १४:१९
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...
श्रावण १ गते, २०८३ - १३:४८
सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...
श्रावण १ गते, २०८३ - १३:३९
काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...



प्रतिकृया लेख्नुहोस्: