काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्जनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन् ।
बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा आज बिहान सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अतिभारी बर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बीपीरानमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताए ।
'बीपी राजमार्गमा धेरै क्षति भएको छ, एक हप्ताभित्र डाइभर्सजनसहित सवारी चलाउने व्यवस्था हुन्छ ।' उनले भने, 'यहाँका अवरुद्ध भित्रि सडक सञ्चालनदेखि पुल निर्माणसम्म सेनाको धेरै ठुलो भूमिका देखिएको छ ।”
विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
ुयो समस्यामा कहाँ जाउँला? के गरुँला? यो नसोच्नुहोला ।ु उनले भने, ुसकरार छ, सरकार भनेको सबैको अभिभावक पनि हो ।ु
विपद्को समस्या सबै मिलेर समाधानमा जुट्नुपर्नेमा जोड उनको थियो ।
'यसमा कुनै राजनीति छैन, कुनै पक्ष विपक्ष छैन् ।' उनले भने, 'तीन वटै सरकार, सबै राजनीतिक दल, गैरसरकारी संस्था सबै मिलेर हामीले यो विपद्पछिको समस्या समाधान गर्नु छ ।'
मन्त्री लेखकले पालिकाहरुलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह समेत गरे ।
'लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि रु १५ देखि २० हजार र अस्थायी आवास निर्माणमा पहिलो किस्ता स्वरुप २५ हजार दिन्छौं ।' उनले भने, 'त्यसका लागि प्रभावित जिल्लाका पालिकाहरु चाँडो लाभग्राही विवरण पठाइदिनुपर्यो ।'
सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको केही क्षेत्रमा गृहमन्त्री लेखकसंगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राइ र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोली बाढीरपहिरो प्रभावित क्षेत्रको अनुगमन गरिरहेको छ । यसअघि गृहमन्त्री लेखकले काभ्रेपलाञ्चोक र ललितपुरको गोदावरी क्षेत्रको प्रभावित स्थल अनुगमन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८२ - १२:०९
तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले चुनावी अभियान कागजी बहसमा सीमित नराखी प्रत्यक्ष अनुभूतिमा आधारित हुनुपर्ने बताएका ...
माघ ११ गते, २०८२ - ११:५६
बैतडी। भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रम...
माघ ११ गते, २०८२ - ११:३८
नेपालगन्ज। विगत १५ वर्षदेखि निरन्तर हरेक वर्ष चल्दै आएको हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान प्रभावकारी नहुँदा बाँकेका तीन वटा पालिका अझैपनि सो ...
माघ ११ गते, २०८२ - ११:२८
सल्यान । जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार सल्यानमा स्थानीय प्रशासनले अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल गरेको छ । निर्वाचनलाई स्वच्छ...
माघ ११ गते, २०८२ - ११:१८
रुकुम पूर्व। रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी...
माघ ११ गते, २०८२ - ११:०९
कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या तुलनात्मक रुपमा बढी रहेको छ । आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधि...
माघ १० गते, २०८२ - १७:१५
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...
माघ १० गते, २०८२ - १६:५५
म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...
माघ १० गते, २०८२ - १६:४४
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...
माघ १० गते, २०८२ - १६:२९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...




प्रतिकृया लेख्नुहोस्: