खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थ सेवन गर्न छाड्ने सदस्यहरूलाई सम्मान गरेको छ ।
सहकारीमा आबद्ध सदस्यहरूमध्ये मादक पदार्थ सेवन (मापसे) गर्न छाड्ने गङ्गाबहादुर श्रेष्ठ, निरबहादुर दाहाल र मौलबहादुर राईलाई जनही नगद रु पाँच हजार पाँच सयका साथमा प्रमाणपत्रसहित सम्मान गरेको हो। अत्यधिक मात्रामा मापसे गर्नाले समाजमा विकृति सिर्जना हुँदै गएकाले न्यूनीकरण गर्न प्रोत्साहनस्वरुप सेवन गर्न छाड्ने शेयर सदस्यहरूलाई सम्मान गरिएको सहकारी संस्थाका सहप्रबन्धक तेजबहादुर राईले जानकारी दिए।
“अत्यधिक मात्रामा मादक पदार्थ सेवनले समाजमा झैझगडा हुनाका साथै परिवारसमेत विखण्डन हुने गरेका धेरै घटनाहरू छन् । त्यसलाई न्यूनीकरण गर्दै उत्पादनमूलक क्षेत्रमा लाग्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सम्मान अभियान थालेका छौँ”, उनले भने, “पहिलो चरणमा सहकारीमा आबद्ध शेयर सदस्यबीचमा यो कार्यक्रम लागू गर्छौं । त्यसपछि क्रमशः गाउँटोलका अन्य घरमा समेत अभियानकै रुपमा कार्यक्रम लैजाने योजना छ ।”
होराखाका स्थानीय ३० जना युवाको सक्रियतामा वि सं २०६५ मा स्थापना गरिएको कृषि सहकारी संस्थाले सुरु गरेको मादक पदार्थ विसर्जन अभियान ग्रामीण समाजका लागि प्रभावकारी हुनेमा आफूहरू विश्वस्त रहेको स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का युवानेता अमर श्रेष्ठले बताए।
सहकारीले दसैँ, तिहार तथा छठ पर्वका अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राईले मापसे गर्न छाड्ने तीनजना सदस्यलाई खादा र प्रमाणपत्रसहित अबिर लगाइदिएर सम्मान गरे।
बेरोजगार युवालाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यसहित ३० जना होराखा निवासी शेयर सदस्यहरुले सङ्कलन गरेको रु ३० हजारबाट सुरु गरिएको सहकारी संस्थाको कुल पुँजी अहिले रु १० लाख पुगेको सहकारीका सदस्यसचिव एवं प्रबन्धक भक्तबहादुर दाहालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: