काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको समग्र बिकासका निम्ती जनप्रतिनिधीहरुले राजनीतिक भेदभावरहित राष्ट्र सेवाभाव राखेर काम गर्नुपर्ने तर्क गरेका छन् ।
सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा नेपाल पर्यटन बोर्डमा भएको ‘एचिभर्स अवार्ड ‘२०२४’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हाम्रा कतिपय जनप्रतिनिधी विशेषगरी मन्त्री ज्यूहरुको कार्यशैली देखेर मलाई अनौठो लाग्छ । चुनावमा पनि जनताका लागि काम गर्छु भन्ने, मन्त्री बन्ने बेलामा पनि राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा निस्वार्थ काम गर्छु भन्ने अनि पदमा पुगेपछि राजनीतिक रंग
हेरेर काम गर्ने गर्नुहुन्छ’, राज्मन्त्री चौधरीले भने, ‘म त के भन्छु भने मन्त्रीको पदमा पुगेको मान्छे साझा हुनुपर्छ । त्यहाँ पुगेपछि पनि कुन पार्टीबाट आएको रु भनेर राजनीतिक नजरबाट मात्रै हेर्ने र एकअर्कासँग आवश्यक समन्वय नगर्ने हो भने मुलुकको बिकास र रुपान्तरणले फड्को मार्न सक्दैन् । त्यस्ता व्यक्ति साँच्चै भन्नुपर्दा देश बिकासको बाधक हुन् ।’
यस्तै उनले, नेपालको पर्यटन प्रबद्र्धन तथा विकासका लागि हरेक क्षेत्रका व्यक्तिहरुसँग सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् ।
‘नेपालको जस्तो अनौठो र विविधताले भरिएको प्राकृतिक, सांस्कृतिक, धार्मिक सँगसँगै विविध विविधता र गतिविधिहरूको धनी विश्वका कुनै देशमा छैनन् । त्यसैले मलाई लाग्छ विश्वका कुनै पनि देशले नेपालको पर्यटनसँग प्रतिस्पर्धा गर्न सक्दैन्’ राज्यमन्त्री चौधरीले भने, ‘यहाँको पर्यटकीय क्षेत्रलाई ब्रान्डिङ गर्न सके नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने र देशको आर्थिक सम्बृद्धि हुनेछ । त्यसका लागि हरेक क्षेत्रका व्यक्तित्वहरुको योगदान महत्वपूर्ण रहन्छ । त्यसैले सरकारको तर्फबाट मैले सधैँ सकारात्मक सहकार्य गर्नेछु ।’
कार्यक्रममा कलाकारिता, बैंकिङ, चिकित्सा, मिडिया, व्यवसायी तथा खेल क्षेत्रका व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो । राज्यमन्त्री चौधरीले अवार्ड पाउनेहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - १७:१५
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...
माघ १० गते, २०८२ - १६:५५
म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...
माघ १० गते, २०८२ - १६:४४
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...
माघ १० गते, २०८२ - १६:२९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...
माघ १० गते, २०८२ - १६:१३
काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...
माघ १० गते, २०८२ - १६:०२
काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...
माघ १० गते, २०८२ - १५:५४
काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...
माघ १० गते, २०८२ - १५:४८
झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...
माघ १० गते, २०८२ - १५:२९
काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...
माघ १० गते, २०८२ - १५:१९
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...




प्रतिकृया लेख्नुहोस्: