काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगन्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चाबहिल, मैजुवहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएका छन् ।
८२ वटा पसलमा देखिने गरी मूल्य सूची राखिएका छैनन् । ६२ वटाको व्यवसाय दर्ता थिएन । यस्ता व्यवसायीलाई ७ दिनभित्र व्यवसाय दर्ता गर्न समय दिइएको छ । चाडपर्वमा फलफूल, माछामासु, दुध तथा दुग्ध पदार्थको धेरै प्रयोग हुन्छ । यसबेला तौल र गुणस्तरका आधारमा मूल्यमा ठगी हुनसक्छ । अनुगमनका क्रममा मूल्य सूची नराख्नु, खरिद विक्री विलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएका छन्। यस्तै व्यवसाय दर्ता नगर्नु, म्याद सकिएका सामान राख्ने कक्ष नहुनु जस्ता समस्या साझा रूपमा देखिएका छन् ।
पसलमा बेच्न राखिएका सामानहरूमध्ये प्याकेजिङ् गरिएका जुस, कुकिज लगायत बिस्कुटहरू, चकलेट, भुजिया, घिउ, अचार, विभिन्न खालका मसलाहरू, भिनेगर, केचअप जाम जस्ता खाद्य तथा पेय पदार्थमा गुणस्तरको समस्या देखिएको छ ।
अनुगमनका क्रममा विक्रीका राखिएका खाद्य सामग्री तथा पेय पदार्थको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्य जस्ता पक्ष हेर्ने गरिएको छ । त्यस्तै पसलमा म्याद गुज्रिएका सामान राख्ने ठाउँको व्यवस्था, विक्री कक्षको प्रबन्ध, खरिद तथा विक्री बिल, दर्ता तथा नवीकरण जस्ता सूचकका आधारमा अनुगमन गरिन्छ ।
उपभोक्ताहरूले सुलभ मूल्यमा स्वच्छ र गुणस्तरीय सामान, मालमत्ता प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले अनुगमन गरिएको हो । अनुचित व्यापारिक क्रियाकलाप रोक्नु र स्वच्छ बजारका लागि सचेतना वृद्धि गर्नु अनुगमनको लक्ष्य हो ।
फुड टेक्नोलोजिष्ट, माइक्रोबायोलोजिष्ट नेतृत्वमा रहेका ३ वटा अनुगमन टोलीले दैनिक अनुगमन गरिरहेका छन् । ‘सुरक्षा, सुनुवाइ, क्षतिपूर्ति र छनोट’ उपभोक्ताका प्रमुख ४ वटा अधिकार छन् । यी अधिकारको प्रत्याभूत गराउन महानगरपालिकाले काम गरिरहेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १ गते, २०८३ - १६:४९
काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...
श्रावण १ गते, २०८३ - १६:२९
बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकु...
श्रावण १ गते, २०८३ - १६:१८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोन...
श्रावण १ गते, २०८३ - १५:४४
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्...
श्रावण १ गते, २०८३ - १५:२९
काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको ...
श्रावण १ गते, २०८३ - १५:०६
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...
श्रावण १ गते, २०८३ - १४:३६
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...
श्रावण १ गते, २०८३ - १४:१९
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...
श्रावण १ गते, २०८३ - १३:४८
सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...
श्रावण १ गते, २०८३ - १३:३९
काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...



प्रतिकृया लेख्नुहोस्: