सिन्धुलीमाढी। सिन्धुली जिल्लामा आइतबारसम्म हालैको बाढीपहिरोबाट प्रभावित ३९१ घर परिवारले राहत सामग्री पाएका छन्।
ती मध्ये आइतबार मात्रै खुर्कोटमा सुनकोसी नदी बाढी प्रभावित गोलन्जोर गाउँपालिका–७ खुर्कोटका १७७ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ। ती मध्ये ९६ घर परिवारले यसअघि नै पहिलो चरणको राहत सामग्री पाइसकेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा राहत वितरण कार्यदल सिन्धुलीका संयोजक कृष्णमणि फुयालका अनुसार हालसम्म सुनकोसी नदी, बागमती नदी र रोसीखोलामा आएको बाढी तथा विभिन्न ठाउँमा गएको पहिरोबाट प्रभावित ३९१ घरपरिवारलाई राहत सामग्री उपलब्ध गराइएको हो।
गोलन्जोर गाँउपालिकाका १७७, सुनकोसी गाउँपालिकाका २०३ र हरिहरपुरगढी गाउँपालिकाका ११ घरपरिवारले उक्त सामग्री पाएका छन्। असोज ११ र १२ गतेको अबिरल वर्षापछि बाढीपहिरो प्रभावित परिवारलाई सम्बन्धित पालिका तथा वडामा नै गएर राहत सामग्री वितरण हुँदै आएको उनले जानकारी दिए।
सुनकोसी नदीको बाढीबाट सुनकोसी र गोलन्जोर गाउँपालिका तथा बागमती नदीको बाढीबाट हरिहरपुरगढी गाउँपालिकाका बासिन्दा प्रभावित भएका थिए। एकद्वार प्रणाली मार्फत जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा बाढीपहिरोबाट बढी पीडित घर परिवारलाई राहत सामग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले जानकारी दिए।
बाढीपहिरो पीडित परिवारलाई जिल्ला रेडक्रस शाखाले गैरखाद्य सामग्री र साझेदार संस्था(विभिन्न सामाजिक सङ्घ, सस्था)ले खाद्य सामग्री उपलब्ध गराएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८२ - ११:५६
बैतडी। भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रम...
माघ ११ गते, २०८२ - ११:३८
नेपालगन्ज। विगत १५ वर्षदेखि निरन्तर हरेक वर्ष चल्दै आएको हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान प्रभावकारी नहुँदा बाँकेका तीन वटा पालिका अझैपनि सो ...
माघ ११ गते, २०८२ - ११:२८
सल्यान । जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार सल्यानमा स्थानीय प्रशासनले अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल गरेको छ । निर्वाचनलाई स्वच्छ...
माघ ११ गते, २०८२ - ११:१८
रुकुम पूर्व। रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी...
माघ ११ गते, २०८२ - ११:०९
कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या तुलनात्मक रुपमा बढी रहेको छ । आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधि...
माघ १० गते, २०८२ - १७:१५
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...
माघ १० गते, २०८२ - १६:५५
म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...
माघ १० गते, २०८२ - १६:४४
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...
माघ १० गते, २०८२ - १६:२९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...
माघ १० गते, २०८२ - १६:१३
काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...




प्रतिकृया लेख्नुहोस्: