Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

लागूऔषधसहित ११ जना पक्राउ

खबरडबली संवाददाता

दाङ । दाङको घोराही उपमहानगरपालिका-१५ भरतपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम, मोबाइल २ थान र नगद ३१ हजार रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१८ रझेना बस्ने ३४ वर्षीय अर्जुन बिश्वकर्मा र २५ वर्षीय प्रेम बिश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको रा.८ प १२५९ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।  

मोरङ, रतुवामाइ नगरपालिका-२ झुर्कियास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ११ ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनबर्षी नगरपालिका-२ बस्ने १९ वर्षीय उमेश परियार र रतुवामाई नगरपालिका-८ बस्ने २६ वर्षीय बसन्त राई रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले को.२० प ८४८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, रतुवामाइ नगरपालिका-१ हटियाडाँडास्थित सडकबाट नियन्त्रित लागूऔषध बायोस्पास १ सय १ ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट र ट्रामानिल १ सय ८ ट्याब्लेट सहित झापा शिवसताक्षी नगरपालिका-८ बस्ने २२ वर्षीय बिबश लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, बैजनाथ गाउँपालिका-५ जि गाउँ पूर्व लाईनस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका बस्ने २९ वर्षीय करण  शाही र ३० वर्षीय कौशल रावत रहेका छन् । प्रहरी बिट न्यू सिटि र प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-३ बेलाशपुरस्थित आँपको बगैचाबाट नियन्त्रित लागूऔषध डाईजेपाम  ५० एम्पुल, फेनारागन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुल सहित नवलपरासी रामग्राम नगरपालिका-९ जोकवार बस्ने १९ वर्षीय राज कुमार जैसवाल समेत ४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धान खेतमा पहिलोपटक मखना खेती

झापा । धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ । पानीमा फल्ने कमल प्रजा...

पाँचथरका ग्रामीण क्षेत्रमा बढ्यो कालोपत्र सडकको पहुँच

पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका ग्रामीण क्षेत्रमा कालोपत्र सडकको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ। सङ्घीय र प्रदेश सरकारका विभिन्न योजनामार्फ...

सरकार सामाजिक सुरक्षाबाट पछि हट्न खोजेको एमाले सांसद गुरु बरालको आरोप

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले ल्याएको बजेटले आधारभूत र मध्यम वर्गको हितमा पर्याप्त कार्यक्रम समेट्न नसकेको आरोप लगाएका छन्। बज...

इलामकाे माङसेबुङमा आज च्याब्रुङ महोत्सव

इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालि...

आजको तरकारी बजारमा मूल्य स्थिर, केही वस्तुमा भारी उतारचढाव

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा केही तरकारी सस्तो भएको देखिएको छ ...

पर्यटकले ढोरपाटनका होटल भरिभराउ

बागलुङ । लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय ...

सरकारकाे २१ खर्ब २४ अर्बको घाटा बजेट, करदेखि खर्चसम्म व्यापक हेरफेर

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्...

भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार

  काठमाडौं । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५००  नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।  गएराति भारतीय ...

अछाममा जिप दुर्घटना, दुईको मृत्यु, तीन घाइते

अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार...

सिक्टा आयोजनालाई दुई अर्ब ५५ करोड बजेट

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट सिलिङ बढेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्ल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending