Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

पाल्पामा धान बालीमा सेतो पुतलीको प्रकोप

तस्विर साैजन्यः इमानसिं राना
खबरडबली संवाददाता

पाल्पा । पाल्पामा धान बालीमा सेतो पुतलीको प्रकोप देखिएको छ । सेतो पुतलीका कारण धानको पात पहेँलो हुने र सुक्ने समस्या देखिएको हो ।

जिल्लाको अन्य स्थानमा आंशिक समस्या देखिए पनि रामपुर नगरपालिकामा प्रकोप देखिएको हो । मुख्य खाद्यान्न बाली धानमा प्रकोप देखिएपछि किसानहरू चिन्तित भएका छन् । प्रकोप देखिएपछि उत्पादन घट्ने होकि चिन्ता थपिएको कृषकहरूले बताएका छन् ।

धान पसाउने समयमा पंहेलो हुने र सुक्ने समस्या देखिएकाले उत्पादन घट्ने चिन्ता बढेको रामपुर–८ का कृषक देवीलाल अधिकारीले बताए । विजयपुर कृषि सहकारी संस्था रामपुर –६, का अध्यक्ष ओमप्रकाश रेग्मीले बीउ उत्पादनका लागि लगाइएको धानमध्ये सावित्री जातको धानमा समस्या देखिएको बताए । 

उनले भने, ‘कृषकसँग समन्वय गरी सहकारीले विजयपुर र प्याकलुक क्षेत्रको ८ हेक्टरमा सावित्री र सातविसे क्षेत्रको ७ हेक्टरमा हर्दिनाथ –६ बीउका लागि लगाएका थियौँ । हर्दिनाथभन्दा सावित्री जातको धानमा समस्या देखिएको छ ।’ ७ मेट्रिक टन बढी बीउ उत्पादन गर्ने लक्ष्य  लिएकोमा प्रकोप देखिएपछि उत्पादन घट्ने अवस्था आएको उनले  बताए ।

रामपुर क्षेत्रमा तीन वर्षयता केही स्थानमा समस्या देखिन थाले पनि यस वर्ष ठुलो क्षेत्रमा समस्या देखिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए । सावित्री र हाइब्रिड जातका धानमा धेरै प्रकोप देखिएको उनले बताए । नगरको एक हजार सातसय हेक्टर बढीमा धानखेती लगाइएकोमा  ६ सय हेक्टरभन्दा बढीमा सेतो पुतलीको प्रकोप देखिएको जानकारी दिए । 

भदौको सुरुवातदेखि वडा नं। ४, ५, ६ र ७ मा प्रकोप बढी देखिएको उनले बताए । प्रकोप देखिन थालेपछि नगरपालिकाले व्यवस्थापनका लागि अभियान नै चलाएको थियो । धान खेतमा पुगेर किसानलाई प्रशिक्षण र व्यवस्थापन विधिसँगै उपचारका लागि औषधी पनि प्रदान गरिएको शाखा प्रमुख गैरेले बताए । “सुरुमा समस्या देखिनसाथ उपचार गरिएको धानमा प्रकोपको समस्या निराकरण भएको छ । धेरै समस्या देखिएका स्थानमा पनि क्रमिक सुधार हुँदै गएको छ” उनले भने ।

कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले जिल्लाको अन्य क्षेत्रको तुलनामा रामपुर क्षेत्रमा बढी प्रकोप देखिएपछि निर्देशनालयलाई जानकारी गराएर आवश्यक राय लिई स्थानीय तहमा समन्वय गरी उपचार गरिएको बताए । रामपुरसँगै जिल्लाको माथागढी, तिनाउलगायत अन्य स्थानमा प्रकोप देखिएको र उपचार पश्चात् क्रमिक रूपमा सुधार भएको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending