Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पाल्पामा धान बालीमा सेतो पुतलीको प्रकोप

तस्विर साैजन्यः इमानसिं राना
खबरडबली संवाददाता

पाल्पा । पाल्पामा धान बालीमा सेतो पुतलीको प्रकोप देखिएको छ । सेतो पुतलीका कारण धानको पात पहेँलो हुने र सुक्ने समस्या देखिएको हो ।

जिल्लाको अन्य स्थानमा आंशिक समस्या देखिए पनि रामपुर नगरपालिकामा प्रकोप देखिएको हो । मुख्य खाद्यान्न बाली धानमा प्रकोप देखिएपछि किसानहरू चिन्तित भएका छन् । प्रकोप देखिएपछि उत्पादन घट्ने होकि चिन्ता थपिएको कृषकहरूले बताएका छन् ।

धान पसाउने समयमा पंहेलो हुने र सुक्ने समस्या देखिएकाले उत्पादन घट्ने चिन्ता बढेको रामपुर–८ का कृषक देवीलाल अधिकारीले बताए । विजयपुर कृषि सहकारी संस्था रामपुर –६, का अध्यक्ष ओमप्रकाश रेग्मीले बीउ उत्पादनका लागि लगाइएको धानमध्ये सावित्री जातको धानमा समस्या देखिएको बताए । 

उनले भने, ‘कृषकसँग समन्वय गरी सहकारीले विजयपुर र प्याकलुक क्षेत्रको ८ हेक्टरमा सावित्री र सातविसे क्षेत्रको ७ हेक्टरमा हर्दिनाथ –६ बीउका लागि लगाएका थियौँ । हर्दिनाथभन्दा सावित्री जातको धानमा समस्या देखिएको छ ।’ ७ मेट्रिक टन बढी बीउ उत्पादन गर्ने लक्ष्य  लिएकोमा प्रकोप देखिएपछि उत्पादन घट्ने अवस्था आएको उनले  बताए ।

रामपुर क्षेत्रमा तीन वर्षयता केही स्थानमा समस्या देखिन थाले पनि यस वर्ष ठुलो क्षेत्रमा समस्या देखिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए । सावित्री र हाइब्रिड जातका धानमा धेरै प्रकोप देखिएको उनले बताए । नगरको एक हजार सातसय हेक्टर बढीमा धानखेती लगाइएकोमा  ६ सय हेक्टरभन्दा बढीमा सेतो पुतलीको प्रकोप देखिएको जानकारी दिए । 

भदौको सुरुवातदेखि वडा नं। ४, ५, ६ र ७ मा प्रकोप बढी देखिएको उनले बताए । प्रकोप देखिन थालेपछि नगरपालिकाले व्यवस्थापनका लागि अभियान नै चलाएको थियो । धान खेतमा पुगेर किसानलाई प्रशिक्षण र व्यवस्थापन विधिसँगै उपचारका लागि औषधी पनि प्रदान गरिएको शाखा प्रमुख गैरेले बताए । “सुरुमा समस्या देखिनसाथ उपचार गरिएको धानमा प्रकोपको समस्या निराकरण भएको छ । धेरै समस्या देखिएका स्थानमा पनि क्रमिक सुधार हुँदै गएको छ” उनले भने ।

कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले जिल्लाको अन्य क्षेत्रको तुलनामा रामपुर क्षेत्रमा बढी प्रकोप देखिएपछि निर्देशनालयलाई जानकारी गराएर आवश्यक राय लिई स्थानीय तहमा समन्वय गरी उपचार गरिएको बताए । रामपुरसँगै जिल्लाको माथागढी, तिनाउलगायत अन्य स्थानमा प्रकोप देखिएको र उपचार पश्चात् क्रमिक रूपमा सुधार भएको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending