Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिकमा पुग्यो, अमेरिकाको चासो

खबरडबली संवाददाता

काठमाडौँ । चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिक महासागरमा प्रवेश गरेको दाबी गरेको छ । चीनको कोस्ट गार्डले रुससँगको संयुक्त गस्तीको एक भागको क्रममा पहिलो पटक आर्कटिक पुगेको दाबि गरिएको छ । 

अमेरिकी कोस्ट गार्डले बेरिङ सागरमा रुसी सीमा गार्ड र चिनियाँ तटरक्षक गार्डका चारवटा जहाज भेट्टाएको दाबि गरेको एक दिनपछि चीनले पहिलो पटक आर्कटिकमा पुगेको दाबि गरेको हो । 

संयुक्त गस्तीले कोस्ट गार्डको महासागर जाने नेभिगेसनको दायरा प्रभावकारी रूपमा विस्तार गरेको र अपरिचित पानीमा मिसनहरू पूरा गर्न आफ्नो क्षमताको परीक्षण गरेको चीनको कोस्ट गार्डले जानकारी दिएको छ ।

चीनको कोस्ट गार्डले आर्कटिकको कुन ठाउमा पुगेको भन्ने स्पष्ट गरेको छैन । जारी गरिएको एक तस्बिरहरूमा एउटा जहाजमा ब्यानरमा ुचीन कोस्ट गार्डमा आफ्नो हृदय समर्पित गर्दैस् आर्कटिक महासागरमा वफादारी प्रदर्शन गर्दैु भन्ने लेखिएको छ ।

रुसी सरकारले आधिकारिक रूपमा गस्तीलाई स्वीकार गरेको छैन, जुन चिनियाँ राज्य प्रसारक सीसीटीभीले भने केही दिन अघि भएको बताएको छ । रुसी राज्य मिडिया तासले चिनियाँ कोस्ट गार्डको कथन उद्धृत गर्दै गस्तीमा एक रिपोर्ट प्रकाशित गरेको छ ।

अमेरिकी कोस्ट गार्डले उसले रूसी सीमा गार्ड र चिनियाँ कोस्ट गार्डका चारवटा जहाजहरू शनिबार रुसको विशेष आर्थिक क्षेत्र भित्र करिब पाँच माईल भित्र बेरिंग सागरमा उत्तरपूर्वी दिशामा ट्रान्जिट गरिरहेको देखेको बताएको थियो ।

बेरिङ सागर रूस र अलास्का बीच फैलिएको छ र उत्तर प्रशान्त महासागर को एक हिस्सा हो । यो बेरिङ स्ट्रेट मार्फत आर्कटिक महासागरसँग जोडिएको छ, एशिया र उत्तर अमेरिकालाई छुटाउने एउटा साँघुरो बाटो हो ।

अमेरिकाले हालैका यी गतिविधिले आफ्ना रणनीतिक प्रतिद्वन्द्वीहरूले आर्कटिकमा चासो बढाएको देखाएको अमेरिकाले टिप्पणी गरेको छ ।

अमेरिकाले रणनीतिक र वातावरणीय रूपमा संवेदनशील आर्कटिक क्षेत्रमा चीनको बढ्दो भूमिका र रुससँगको समन्वयको बारेमा चिन्ता व्यक्त गरेको छ । रुस र चीनले पछिल्ला बर्षहरुमा आफ्नो सुरक्षा र आर्थिक सम्बन्धलाई अझ व्यापक रूपमा बढाएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोरङमा गाँजा तस्करी पक्राउ गर्न लगातार हवाई फायर, एम्बुलेन्सबाट ४८० किलो गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले गाँजा तस्करी नियन्त्रण गर्ने क्रममा आइतबार राति पनि हवाई फायर गरेको छ । मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई...

आज समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले तोकेको नि...

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending