Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिकमा पुग्यो, अमेरिकाको चासो

खबरडबली संवाददाता

काठमाडौँ । चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिक महासागरमा प्रवेश गरेको दाबी गरेको छ । चीनको कोस्ट गार्डले रुससँगको संयुक्त गस्तीको एक भागको क्रममा पहिलो पटक आर्कटिक पुगेको दाबि गरिएको छ । 

अमेरिकी कोस्ट गार्डले बेरिङ सागरमा रुसी सीमा गार्ड र चिनियाँ तटरक्षक गार्डका चारवटा जहाज भेट्टाएको दाबि गरेको एक दिनपछि चीनले पहिलो पटक आर्कटिकमा पुगेको दाबि गरेको हो । 

संयुक्त गस्तीले कोस्ट गार्डको महासागर जाने नेभिगेसनको दायरा प्रभावकारी रूपमा विस्तार गरेको र अपरिचित पानीमा मिसनहरू पूरा गर्न आफ्नो क्षमताको परीक्षण गरेको चीनको कोस्ट गार्डले जानकारी दिएको छ ।

चीनको कोस्ट गार्डले आर्कटिकको कुन ठाउमा पुगेको भन्ने स्पष्ट गरेको छैन । जारी गरिएको एक तस्बिरहरूमा एउटा जहाजमा ब्यानरमा ुचीन कोस्ट गार्डमा आफ्नो हृदय समर्पित गर्दैस् आर्कटिक महासागरमा वफादारी प्रदर्शन गर्दैु भन्ने लेखिएको छ ।

रुसी सरकारले आधिकारिक रूपमा गस्तीलाई स्वीकार गरेको छैन, जुन चिनियाँ राज्य प्रसारक सीसीटीभीले भने केही दिन अघि भएको बताएको छ । रुसी राज्य मिडिया तासले चिनियाँ कोस्ट गार्डको कथन उद्धृत गर्दै गस्तीमा एक रिपोर्ट प्रकाशित गरेको छ ।

अमेरिकी कोस्ट गार्डले उसले रूसी सीमा गार्ड र चिनियाँ कोस्ट गार्डका चारवटा जहाजहरू शनिबार रुसको विशेष आर्थिक क्षेत्र भित्र करिब पाँच माईल भित्र बेरिंग सागरमा उत्तरपूर्वी दिशामा ट्रान्जिट गरिरहेको देखेको बताएको थियो ।

बेरिङ सागर रूस र अलास्का बीच फैलिएको छ र उत्तर प्रशान्त महासागर को एक हिस्सा हो । यो बेरिङ स्ट्रेट मार्फत आर्कटिक महासागरसँग जोडिएको छ, एशिया र उत्तर अमेरिकालाई छुटाउने एउटा साँघुरो बाटो हो ।

अमेरिकाले हालैका यी गतिविधिले आफ्ना रणनीतिक प्रतिद्वन्द्वीहरूले आर्कटिकमा चासो बढाएको देखाएको अमेरिकाले टिप्पणी गरेको छ ।

अमेरिकाले रणनीतिक र वातावरणीय रूपमा संवेदनशील आर्कटिक क्षेत्रमा चीनको बढ्दो भूमिका र रुससँगको समन्वयको बारेमा चिन्ता व्यक्त गरेको छ । रुस र चीनले पछिल्ला बर्षहरुमा आफ्नो सुरक्षा र आर्थिक सम्बन्धलाई अझ व्यापक रूपमा बढाएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोल्डेन बुटको दौडमा मेसी र एमबाप्पे, कसको सम्भावना कति ?

काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...

नेपालगञ्ज भन्सारबाट २० अर्बभन्दा बढी राजस्व सङ्कलन

बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकु...

तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोन...

नेप्से परिसूचक ७९ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्...

‘मास्टर्नी’ चलचित्रको गीतविरुद्ध सञ्चार मन्त्रालयमा उजुरी, प्रतिबन्ध लगाउन माग

काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको ...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...

हङकङमा देउवाको हात भाँचियो

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...

देउवा समूहको बैठक बस्दै, पार्टीको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...

सप्तकोशीमा जलप्रवाह बढेपछि सुनसरी प्रशासन उच्च सतर्क, कोशी ब्यारेजको अनुगमन

सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...

आजदेखि देशभर तीन महिने डेङ्गु सचेतना अभियान सुरु

काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending