काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी शब्द नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको दाबि गरेका छन् ।
शुक्रबार फेसबुकमा एक पोष्ट गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणका क्रममा अङ्ग्रेजी भाषणमा ‘डाँफेज’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेको सन्दर्भमा सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ती शब्दको अङ्ग्रेजी नआएको भनेर मजाक गरिएको सन्दर्भमा अङ्ग्रेजी शब्द नआएर ‘फाँडेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको स्पष्ट गरेका छन् ।
उनले भनेका छन् 'अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्रीले अंग्रेजी भाषणमा डाँफेज र गैडाज् शव्द प्रयोग गर्नु भएको सन्दर्भमा सामाजिक संजालमा प्रधानमन्त्रीलाई ती शव्दको अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको छ । त्यस विषयमा सामाजिक संजालमा एक प्रकारको बहस समेत चलाउने प्रयास भइरहेको छ । तर प्रधानमन्त्रीले केही समय पहिले नेपालमा नै अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुलाई सम्वोधन गर्ने क्रममा नै डाँफे र गैडालाई अंग्रेजीमा समेत नेपाली नामवाटै सम्वोधन गर्नु उचित हुने विषय उठाउनु भएको थियो ।
उहाँको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको सो शव्दलाई सोही परिप्रेक्षमा बुझ्नु पर्दछ । यद्यपी उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन । तर ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन । विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्दछ ।'
यसअघि प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ‘गैंडाज’ र ‘डाँफेज’ शब्द प्रयोग गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८२ - १४:१७
काठमाडौं। यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अबुधाबीमा यूक्रेन, रूस र अमेरिकाका प्रतिनिधिसँग भएको वार्तामा पूर्वी डोनबास क्षेत्रको भविष्यलाई ...
माघ ११ गते, २०८२ - १३:५८
काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । शनिबार निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको तथा मधेसी समुदायमाथ...
माघ ११ गते, २०८२ - १३:५२
लिस्बन। पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन उत्पादन इकाई स्थापना पूरा गरेको छ। उक्त इकाई सिनेस रिफाइनरीमा निर्माण गरिएको हो, जुन...
माघ ११ गते, २०८२ - १३:४४
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयले विश्वभरका देशमा असमन्जसता र चिन्ता बढाएका छन् । ट्रम्पले केही समय अघि स्व...
माघ ११ गते, २०८२ - १३:१८
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध मनोनयन दर्ता गराएका तथा उनीहरुलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई...
माघ ११ गते, २०८२ - १३:१३
हारारे। दक्षिणी जिम्बाब्वेको माताबेलेल्यान्ड साउथ प्रान्तमा आएको भीषण बाढीका कारण एक सवारी साधन बग्दा नौ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार फिलाबुसी...
माघ ११ गते, २०८२ - १३:०७
काठमाडौं । नेपाली कांग्रेसले चुनावी अभियान मधेश प्रदेशबाट सुरु गर्ने भएको छ । पार्टीले माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय बृहत् सभा आयोजना गर्दै औपचारिक...
माघ ११ गते, २०८२ - १२:३८
रुपन्देही। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रुपन्देहीमा नयाँ र बौद्धिक स्तरका धेरै युवाको उम्मेदवारी परेको छ । गत माघ ...
माघ ११ गते, २०८२ - १२:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टीबाट निष्कासनमा परेका छन्। पार्टीको निर्णयविपरीत सिन्धुली–२ ...
माघ ११ गते, २०८२ - १२:०९
तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले चुनावी अभियान कागजी बहसमा सीमित नराखी प्रत्यक्ष अनुभूतिमा आधारित हुनुपर्ने बताएका ...




प्रतिकृया लेख्नुहोस्: