धादिङ। धादिङको पृथ्वी राजमार्गअन्र्तगत कृष्णभीरमा सडक भासिएको छ । बेनिघाट रोराङ गाउँपालिकामा लगातारको वर्षापछि सडक क्षेत्र करिब ३० मिटर भासिएपछि यातायात एकतर्फी सञ्चालन गरिएको छ ।
असोज ११ र १२ गतेको वर्षातले अवरुद्ध भएको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ १५ गतेबाट दुईतर्फी सञ्चालन भए पनि कृष्णभीरमा सडक भासिएपछि सो क्षेत्रमा एकतर्फी रूपमा यातायात सञ्चालन गर्न बाध्य बनाएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।
सडक भासिएपछि त्यसको अध्ययन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वयमा भूगर्भ विद्धहरू कृष्णभीर पुगेका थिए । त्रिशूली किनारमा लगाइएको करिब २०० मिटर मेसिनरी वाल नदीले भत्काएपछि पाखो नै तानिएका कारण सडक भासिएको भूगर्भ विद्हरूले बताएका छन् । नदीको बहावले क्रमशः माटो काट्दै भित्र पस्दा सडकसम्मको भाग तानिएको उनीहरूको भनाइ छ ।
विगतमा लामो समय कृष्णभीर पहिरो उपनामले परिचित सो क्षेत्र बायो इञ्जनियरिङको रोफा प्रविधिबाट सुरक्षित गराइएको थियो । तर केहीदिन अघिको वर्षातले कमजोर बनाएका बेला मेशिनरी बाल भत्किएपछि सडकमुनिको पाखो नै भासिएको भूगर्भ विद्हरूले बताएका छन् ।
पहिरोको रोकथामका लागि नदीको सतह घटेपछि पुनः मेशिनरी बाल दिएर सुरक्षित गर्न पनि भूगर्वविदहरुले सुझाव दिएका छन् । मौसम विद्धहरूले अझै केहीदिन पानी पर्ने पूर्वानुमान गरेका कारण स्थिति जटिल बनेको छ । वैकल्पिक मार्ग प्रयोग गराउन समेत असम्भव रहेकाले मुलुकले नै सास्ती व्यहोर्नु पर्ने देखिएको छ । तत्कालका लागि यातायात सञ्चालनमा सहजीकरण गर्न सो क्षेत्रमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्ली नारायण पाण्डेले बताए ।
बुधबार प्रमु जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुखहरू, सडक विभाग लगायतका सरोकारवालाहरूको समूहले कृष्णभीर क्षेत्रको अनुगमन पनि गरेको थियो । अनुगमनपछि प्रजिअ घिमिरेले विषयको संवेदनशीलता बारे सडक विभाग र गृह मन्त्रालय मार्फत सङ्घीय सरकारलाई जानकारी गराएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १ गते, २०८३ - १६:४९
काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...
श्रावण १ गते, २०८३ - १६:२९
बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकु...
श्रावण १ गते, २०८३ - १६:१८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोन...
श्रावण १ गते, २०८३ - १५:४४
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्...
श्रावण १ गते, २०८३ - १५:२९
काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको ...
श्रावण १ गते, २०८३ - १५:०६
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...
श्रावण १ गते, २०८३ - १४:३६
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...
श्रावण १ गते, २०८३ - १४:१९
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...
श्रावण १ गते, २०८३ - १३:४८
सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...
श्रावण १ गते, २०८३ - १३:३९
काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...



प्रतिकृया लेख्नुहोस्: