ओखलढुङ्गा। गत शनिबार सुनकोशी नदीमा आएको बाढीले पुल बगाएपछि विद्यार्थीको पढाइ ठप्प भएको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –१ बलखु र सिन्धुलीको फिक्कल गाउँपालिका –६ जोड्ने सुनकोशी नदीको पुल बाढीले बगाएको छ ।
पुल बगाउँदा जेरोङघाट र ढेबुवा माझीगाउँका विद्यार्थी परीक्षा दिनबाट समेत बञ्चित भएका छन् । सुनकोशी गाउँपालिका –१ ढेबुवामाझि गाउँका १४ जना बालबालिका यही झोलुङ्गे पुल तरेर फिक्कल गाउँपालिका सिन्धुलीको गेरुडाँडा माध्यमिक विद्यालय र तीखण्डेको आधारभूत विद्यालय राईगाउँ जाने गरेका थिए । बाढीले पुल बगाएपछि बालबालिकाको विद्यालय आउजाउ गर्ने बाटो बन्द भएको ढेबुवाका रहबहादुर माझीले बताए।
“विद्यार्थीको परीक्षा चलिरहेको थियो, परीक्षा पनि छुट्यो, पढाइ ठप्प भयो” माझीले भन्नुभयो । यसका साथै सुनकोशी गाउँपालिका –४ जेरोङघाटका नौ जना विद्यार्थीको परीक्षा छुट्नुका साथै विद्यालय जाने बाटो बन्द भएको राजिव राईले बताए। वारी जेरोङघाट र ढेबुवाघाटबाट पारी फिक्कल गाउँपालिका सिन्धुलीको गेरुडाँडा र तीनखण्डेको विद्यालयमा अध्ययन गर्न जाने सबै विद्यार्थीको पढाइ अवरुद्ध भएको राईको भनाइ छ ।
करिब तीन घण्टा टाढामा रहेको मानेभञ्ज्याङ गाउँपालिका –७ ओखलढुङ्गाको हर्कपुर माध्यमिक विद्यालय जान बाहेक विकल्प नभएको स्थानीयको भनाइ छ । असोज १२ गतेको बाढीले पुललाई सुनकोशी नदीमा आएको बाढीले बगाएको छ । साँधी, गैरीजेरोङ, डिम्फुल, चिउँरीबोट, जेरोङघाट र ढेबुवाका स्थानीयलाई दैनिक उपभोग्य सामान किन्न उदयुरको घुर्मीबजार आउजाउ गर्न सहज मार्गको अन्त्य भएको छ ।
पुल निर्माणको यहाँका स्थानीयले अनुरोध गरेका छन् । पुलको पुनः निर्माणका लागि सम्बन्धित निकायमा पहल गरिएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी डा। नारायण ढकालले बताए।
यसैविच ओखलढुङ्गाको सनुकोशी गाउँपालिका –१ थुल्मेघाट साथै वडा २ को पञ्चकन्या र गोठचउरमा रहेको झोलुङ्गे पुललाई बाढीले क्षति गरेको छ । मानिसले जोखिम मोलेर यही पुलबाट आउजाउ गर्ने गरेका छन् । जिर्ण पुलको दशैं अगाडि मर्मत गर्न पहल भइरहेको सुनकोशी गाउँपालिका –१ का वडा अध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १ गते, २०८३ - १६:४९
काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...
श्रावण १ गते, २०८३ - १६:२९
बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकु...
श्रावण १ गते, २०८३ - १६:१८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोन...
श्रावण १ गते, २०८३ - १५:४४
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्...
श्रावण १ गते, २०८३ - १५:२९
काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको ...
श्रावण १ गते, २०८३ - १५:०६
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...
श्रावण १ गते, २०८३ - १४:३६
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...
श्रावण १ गते, २०८३ - १४:१९
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...
श्रावण १ गते, २०८३ - १३:४८
सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...
श्रावण १ गते, २०८३ - १३:३९
काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...



प्रतिकृया लेख्नुहोस्: