ओखलढुङ्गा। गत शनिबार सुनकोशी नदीमा आएको बाढीले पुल बगाएपछि विद्यार्थीको पढाइ ठप्प भएको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –१ बलखु र सिन्धुलीको फिक्कल गाउँपालिका –६ जोड्ने सुनकोशी नदीको पुल बाढीले बगाएको छ ।
पुल बगाउँदा जेरोङघाट र ढेबुवा माझीगाउँका विद्यार्थी परीक्षा दिनबाट समेत बञ्चित भएका छन् । सुनकोशी गाउँपालिका –१ ढेबुवामाझि गाउँका १४ जना बालबालिका यही झोलुङ्गे पुल तरेर फिक्कल गाउँपालिका सिन्धुलीको गेरुडाँडा माध्यमिक विद्यालय र तीखण्डेको आधारभूत विद्यालय राईगाउँ जाने गरेका थिए । बाढीले पुल बगाएपछि बालबालिकाको विद्यालय आउजाउ गर्ने बाटो बन्द भएको ढेबुवाका रहबहादुर माझीले बताए।
“विद्यार्थीको परीक्षा चलिरहेको थियो, परीक्षा पनि छुट्यो, पढाइ ठप्प भयो” माझीले भन्नुभयो । यसका साथै सुनकोशी गाउँपालिका –४ जेरोङघाटका नौ जना विद्यार्थीको परीक्षा छुट्नुका साथै विद्यालय जाने बाटो बन्द भएको राजिव राईले बताए। वारी जेरोङघाट र ढेबुवाघाटबाट पारी फिक्कल गाउँपालिका सिन्धुलीको गेरुडाँडा र तीनखण्डेको विद्यालयमा अध्ययन गर्न जाने सबै विद्यार्थीको पढाइ अवरुद्ध भएको राईको भनाइ छ ।
करिब तीन घण्टा टाढामा रहेको मानेभञ्ज्याङ गाउँपालिका –७ ओखलढुङ्गाको हर्कपुर माध्यमिक विद्यालय जान बाहेक विकल्प नभएको स्थानीयको भनाइ छ । असोज १२ गतेको बाढीले पुललाई सुनकोशी नदीमा आएको बाढीले बगाएको छ । साँधी, गैरीजेरोङ, डिम्फुल, चिउँरीबोट, जेरोङघाट र ढेबुवाका स्थानीयलाई दैनिक उपभोग्य सामान किन्न उदयुरको घुर्मीबजार आउजाउ गर्न सहज मार्गको अन्त्य भएको छ ।
पुल निर्माणको यहाँका स्थानीयले अनुरोध गरेका छन् । पुलको पुनः निर्माणका लागि सम्बन्धित निकायमा पहल गरिएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी डा। नारायण ढकालले बताए।
यसैविच ओखलढुङ्गाको सनुकोशी गाउँपालिका –१ थुल्मेघाट साथै वडा २ को पञ्चकन्या र गोठचउरमा रहेको झोलुङ्गे पुललाई बाढीले क्षति गरेको छ । मानिसले जोखिम मोलेर यही पुलबाट आउजाउ गर्ने गरेका छन् । जिर्ण पुलको दशैं अगाडि मर्मत गर्न पहल भइरहेको सुनकोशी गाउँपालिका –१ का वडा अध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: