Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

देशभरबाट १७ हजार बाढि-पहिरो प्रभावितहरूको उद्धार : गृह मन्त्रालय

खबरडबली संवाददाता

काठमाडौँ । गृह मन्त्रालयले मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई उद्धार गरिएको बताएको छ । सैनिक, सशस्त्र, प्रहरी तथा  स्वयंसेवकहरूबाट बिहीबार बिहानसम्म देशैभरबाट १७ हजार १२० जनालाई सकुशल उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिए ।

मनसुनजन्य विपद्मा परेका २२ जना अझै बेपत्ता छन् । बाढी र पहिरोबाट घाइते भएका १६९ जनाको विभिन्न अस्पतालहरूमा निःशुल्क उपचार भइरहेको छ ।  गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकाबाट २ हजार १५८ जना, कोशी प्रदेशबाट ९० जना, मधेस प्रदेशबाट ३५ जना, सबैभन्दा बढी बाग्मती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ ।

गृहमन्त्री रमेश लेखकले खोज, उद्धार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाला निकाय एवं मन्त्रालयसित समन्वय गरिरहेको उनको सचिवालयले जनाएको छ ।  काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपदमा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बापत राहत रकम उपलब्ध गराउन थालिएको छ । घर भत्किएका परिवारलाई राहत रकम वितरण सुरु गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने भन्ने विषयमा अझै स्पष्ट छैन: ओली

विमानस्थलमा मलाई सुन तस्करलाई जस्तो चेकिङ गरेर हैरान पारियो

सरकारले निर्वाचनमा जान अनुकूल वातावरण बनाएन: विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जान अनुकूल वातावरण नबनाएको आरोप लग...

महिला टी-२० विश्वकप : पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा जिम्बाबेलालाई ६ विकेटले पराजित गर्दै पहिलो जीत हासिल गरेको छ। शनिबार त्...

उपल्लो मुस्ताङमा दोस्रोपटक हिमपात

मुक्तिनाथ। उपल्लो मुस्ताङमा शनिबार विहानदेखि यस सिजनको दोस्रो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती ...

हिमपातसँगै मुगुको जनजीवन प्रभावित

मुगु। चिसो बढेसँगै जिल्लाको विभित्र ठाउँमा हिमपात सुरु भएको छ । शुक्रबार रातिदेखि नै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण जिल्लाको...

बालेन शाहले मधेशी श्रमिक र फुटपाथ व्यवसायीलाई काठमाडौंबाट लखेटे: प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पूर्व काठमाडौं मेयर र हाल रास्वपा नेता बालेन शाहमाथि मधेशी श्रमिक, साना व्याप...

नयाँ दलप्रति ओलीको टिप्पणी: भोलि कहाँ जाने केही थाहा छैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूको भविष्यबारे केही पनि निश्चित नभएको टिप्पणी गरेका छन्। शनिबार पार्टी मुख्या...

रास्वपासँग कुनै पदको बार्गेनिङ गरिन: कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौ...

विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा एमाले प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं । विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश गरेका छन्। शनिबार एमाले मुख्यालय, च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली...

अमेरिकामा हिउँदे आँधीको असर: लाखौं परिवार प्रभावित हुने सम्भावना

एटलान्टा। अमेरिकाको पूर्वी क्षेत्रका दुई–तिहाइ भूभागमा शक्तिशाली हिउँदे आँधीको पूर्वानुमान गरिएसँगै करोडौं मानिस विद्युत आपूर्ति अवरुद्ध हुने र घर तता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending