Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सिन्धुलीमा दुई पक्कि पुलसहित १४ ओटा पुल बगायो

खबरडबली संवाददाता

सिन्धुली । २०७१ सालमा सिन्धुलीको गोलञ्जोर गाँउपालिका-७ खुर्कोटबाट मन्थलीको सेलेघाट जोड्ने गरि सुनकोसी नदीमाथि पुल बनेपछि स्थानिय विकास निर्माण सपना जस्तै भएको भन्दै खुसी थिए ।

पुलले रामेछाप सिन्धुलीमात्रै नभएर छोटो दुरीमै विपी राजमार्ग हुदै काठमाण्डौसँग जोडेको थियो । करिब अठार करोड लगानीमा २०७१ साल साउन ६ गते तत्कालिन भौतिक पुर्वधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले एक भव्य कार्यक्रमका बिच पुलको उद्घाटन गरेसँगै रामेछाप र सिन्धुलीबासी निकै खुसी भएका थिए ।

पुलले रामेछाप दोलखा लगायतका जिल्लाबाट काठमाण्डौ जाँदा सिन्धुलीको खुर्कोटबाट विपी राजमार्ग भएर जान सहज भएको थियो । यतिमात्रै नभएर उक्त पुलले तराइ देखि उत्तर चिन लामा बगरसम्म नजिकिएको भन्दै स्थानीय खुसी भएका थिए ।

तर गत शुक्रबार र शनिबार आएको अविरल बर्षाले पुलको एकतर्फी पुर्णरुपमा बगाएपछि फेरी पुरानै अवस्थामा पुगेको छ । पुलको रामेछापतर्फको भाग बगाएको छ । रामेछापको सेलेघाटतर्फ सडक सहित पुल बगाएको हो ।

दुई दिनको अविरल बर्षाले खुर्कोट सेलेघाटको मात्रै नभएर करिब ११ बर्ष लगाएर करिब चार बर्ष अगाडी मात्रै निर्माण भएको रामेछापको खाडादेवी गाँउपालिका र सिन्धुलीको सुनकोसी गाँउपालिका जोड्ने पक्कि पुल बगाएको छ ।

भ्याटबाहेक कुल ७ करोड ७८ लाख ९९ हजार पाँचसय २० रुपैयामा ९०।५ मिटरको पक्कि पुल दुई दिनको बर्षापछि आएको बाढीले बगाएको हो । २०७४ साल असार ३० गते निर्माण सम्पन्न गर्नुपर्ने पुल २ बर्ष ढिला निर्माण गरि निर्माण सम्पन्न भएको थियो ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बिच उद्घाटन गरेकाे पुल पाँच बर्षपनि सञ्चालन नहुदै सुनकोसी बगाएपछि खाडादेवी दोरम्बा लगायतका क्षेत्रका स्थानिय चिन्तित भएका छन् । पुलले विपी राजमार्ग हुँदै रामेछापको पश्चिमी भेग र काठमाण्डौलाई छोटो दुरीमा जोडेको थियो ।

दुईवटा पक्कि पुल र १२ ओटा झोलुङगे पुलमा बाढी र पहिरोले क्षति गरेको छ । १२ ओटा झोलुङगे पुल मध्ये फिक्कल पचकन्याबाट ओखलढुङगा जाने पुल आंशिक क्षति भएको छ भने बाकी सबै पुर्ण क्षति भएको र सुचारु गर्न नसकिने अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले जानकारी दिए ।

 उनका अनुसार प्रारम्भिक तथ्याङकअनुसार ९ ओटा झोलुङगे पुल बगाएको छ भने अन्य २ ओटा पुर्ण क्षति गरेको र हाल सुचारु नहुने अवस्थामा रहेको छ ।

अझै विस्तृत तथ्याङक आउन बाकी रहेको छ । सुनकोसी नदी सहित विभिन्न खोलाहरुको पुल बगाएपछि स्थानिय जोखिम मोलेर आवातजावत गर्न बाध्य भएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending