सिन्धुली । २०७१ सालमा सिन्धुलीको गोलञ्जोर गाँउपालिका-७ खुर्कोटबाट मन्थलीको सेलेघाट जोड्ने गरि सुनकोसी नदीमाथि पुल बनेपछि स्थानिय विकास निर्माण सपना जस्तै भएको भन्दै खुसी थिए ।
पुलले रामेछाप सिन्धुलीमात्रै नभएर छोटो दुरीमै विपी राजमार्ग हुदै काठमाण्डौसँग जोडेको थियो । करिब अठार करोड लगानीमा २०७१ साल साउन ६ गते तत्कालिन भौतिक पुर्वधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले एक भव्य कार्यक्रमका बिच पुलको उद्घाटन गरेसँगै रामेछाप र सिन्धुलीबासी निकै खुसी भएका थिए ।
पुलले रामेछाप दोलखा लगायतका जिल्लाबाट काठमाण्डौ जाँदा सिन्धुलीको खुर्कोटबाट विपी राजमार्ग भएर जान सहज भएको थियो । यतिमात्रै नभएर उक्त पुलले तराइ देखि उत्तर चिन लामा बगरसम्म नजिकिएको भन्दै स्थानीय खुसी भएका थिए ।
तर गत शुक्रबार र शनिबार आएको अविरल बर्षाले पुलको एकतर्फी पुर्णरुपमा बगाएपछि फेरी पुरानै अवस्थामा पुगेको छ । पुलको रामेछापतर्फको भाग बगाएको छ । रामेछापको सेलेघाटतर्फ सडक सहित पुल बगाएको हो ।
दुई दिनको अविरल बर्षाले खुर्कोट सेलेघाटको मात्रै नभएर करिब ११ बर्ष लगाएर करिब चार बर्ष अगाडी मात्रै निर्माण भएको रामेछापको खाडादेवी गाँउपालिका र सिन्धुलीको सुनकोसी गाँउपालिका जोड्ने पक्कि पुल बगाएको छ ।
भ्याटबाहेक कुल ७ करोड ७८ लाख ९९ हजार पाँचसय २० रुपैयामा ९०।५ मिटरको पक्कि पुल दुई दिनको बर्षापछि आएको बाढीले बगाएको हो । २०७४ साल असार ३० गते निर्माण सम्पन्न गर्नुपर्ने पुल २ बर्ष ढिला निर्माण गरि निर्माण सम्पन्न भएको थियो ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बिच उद्घाटन गरेकाे पुल पाँच बर्षपनि सञ्चालन नहुदै सुनकोसी बगाएपछि खाडादेवी दोरम्बा लगायतका क्षेत्रका स्थानिय चिन्तित भएका छन् । पुलले विपी राजमार्ग हुँदै रामेछापको पश्चिमी भेग र काठमाण्डौलाई छोटो दुरीमा जोडेको थियो ।
दुईवटा पक्कि पुल र १२ ओटा झोलुङगे पुलमा बाढी र पहिरोले क्षति गरेको छ । १२ ओटा झोलुङगे पुल मध्ये फिक्कल पचकन्याबाट ओखलढुङगा जाने पुल आंशिक क्षति भएको छ भने बाकी सबै पुर्ण क्षति भएको र सुचारु गर्न नसकिने अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार प्रारम्भिक तथ्याङकअनुसार ९ ओटा झोलुङगे पुल बगाएको छ भने अन्य २ ओटा पुर्ण क्षति गरेको र हाल सुचारु नहुने अवस्थामा रहेको छ ।
अझै विस्तृत तथ्याङक आउन बाकी रहेको छ । सुनकोसी नदी सहित विभिन्न खोलाहरुको पुल बगाएपछि स्थानिय जोखिम मोलेर आवातजावत गर्न बाध्य भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २५ गते, २०८३ - २२:१२
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा पूर्वमन्त्री सुदन किरातीको औपचारिक प्रवेशसँगै पार्टीभित्र नयाँ राजनीतिक समीकरण बनेको छ । गत न...
बैशाख २५ गते, २०८३ - २२:०४
काठमाडौं । महानगरपालिकाले स्रोतमा फोहोरको वर्गीकरण गर्ने कार्यलाई प्रभावकारी बनाएसँगै बञ्चरेडाँडा लैजाने फोहोरको मात्रा घटेको छ । कामपाको वातावरण...
बैशाख २५ गते, २०८३ - २१:५९
काठमाडौँ । सरकारले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट लेखनको आवश्यक तयारी पनि तीव्र पारिएको छ। यही वैशाख २८ गतेका ...
बैशाख २५ गते, २०८३ - २१:४८
सरकारविरुद्ध विपक्षी मोर्चाबन्दीको तयारी
बैशाख २५ गते, २०८३ - २१:२२
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि स्थानीय तहहरूले पनि कम्पनी दर्ता गर्न र सेयर खरिद गर्...
बैशाख २५ गते, २०८३ - २१:१६
काठमाडौं । पूर्वमन्त्री सुदन किराँती अन्ततः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा हर्क साम...
बैशाख २५ गते, २०८३ - २१:०५
काठमाडौं । लामो समयदेखि विवाद, हस्तक्षेप र आन्तरिक खिचातानीमा फसेको नेपाल रेडक्रस सोसाइटी फेरि नेतृत्वविहीन बनेको छ । केन्द्रीय तदर्थ समितिका अध्यक्ष ...
बैशाख २५ गते, २०८३ - २०:५७
काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये पाँचवटा एकतर्फी रूपमा सञ्चालन भएका छन् । ...
बैशाख २५ गते, २०८३ - २०:४९
काठमाडौं । प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालत पुगेका रिट निवेदन नै दर्ता हुन नपाएपछि न्यायालयभित्र नयाँ विवाद सुरु भए...
बैशाख २५ गते, २०८३ - २०:४२
मुगु । मुगुम कार्मारोङ गाउँपालिका–६ की ४१ वर्षीया टोमा लामाको शव चार दिनपछि कर्णाली नदीमा फेला परेको छ। वैशाख २२ गते रातिदेखि सम्पर्कविहीन उनी शुक्र...


प्रतिकृया लेख्नुहोस्: