जनकपुरधाम। मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले लागुऔषध नियन्त्रणका लागि तीनै तहका सरकारले जनचेतनामुलक विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएको छिन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा निकाय, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा लागुऔषध नियन्त्रणसम्बन्धी गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएको हो ।
उनले लागुऔधषको सेवनमा युवा वर्गको बढी सहभागिता देखिएकाले विद्यालयमै विद्यार्थीलाई लागुऔषधको प्रयोगबाट हुने असर र नोक्सानीबारेमा ज्ञान प्राप्त भएमा तिनीहरुले लागुऔषध सेवनवाट डराउने बताइन्।
लागुऔषधको सेवनकर्ता अपराधि नभइ रोगी भएको भन्दै समयमै उपचार भएमा धेरैजसो सेवनकर्ताको जीवनमा आमुल परिवर्तन भएको बताए। उनले कंक्रिटको विकास गरेर मात्र सामाजिक विकास हुन नसक्ने भएकाले समाज परिवर्तनका लागि सामाजिक विकासमा जनप्रतिनिधिले बजेट विनयोजन गर्नुपर्ने धारणा राखिन् ।
लागुऔषध नियन्त्रणका लागि प्रदेश र स्थानीयतहले एक अर्कासँग समन्वय गरी वृहत अभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । उनले दुबै देशका सुरक्षा अधिकारीको सिमासुरक्षा बैठकमा यस विषयलाई गम्भीरताका साथ उठान गरी भारतीय सिमाक्षेत्रका औषधी पसलमा नेपाली युवालाई सहजरुपमा दिदैआएको लागुऔषधको सन्दर्भमा भारतीय सुरक्षाकर्मीले समेत यस विषयमा गम्भीर भइ रोक्न आग्रह गर्न सुरक्षा प्रमुखलाई आग्रह गरिन्।
कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डलले युवाहरु कुलतमा फसिरहेको अवस्थालाई सुधार गर्न हामी सबै गम्भीर हुनु पर्नेमा जोड दिँदै लागुऔषधको असर बारेमा व्यापक जनचेतना फैलाउनु पर्ने आवश्यकता रहेको बताए।
कार्यक्रमको अध्यक्षता गर्नुभएका धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले प्रत्येक पालिकाले आफनो पालिकाभित्रको विद्यालयमा लागुऔषधको सेवनबाट हुने असरको विषयमा पाठयक्रम निर्माण गरी विद्यार्थीलाई जानकार बनाउन सकिने बताए।
लागुऔषधको ओसारपसार नियन्त्रणका लागि स्थानीय प्रशासन गम्भीर भएर कामकाज गर्दैआएको र अहिले यसप्रकारको गतिविधिमा कमी आएको बताए। कार्यक्रममा धनुषाका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले लागुऔषधको सेवनबाट हुने नोक्सानी र यसको नियन्त्रणका लागि प्रहरीबाट भएको कामकाजको विषयमा प्रस्तुती गरेको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: