Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सरकारले भुक्तानी नदिए लाखौं मजदुरको हात दशैँमा रित्तो हुने

खबरडबली संवाददाता

काठमाडौं । निर्माण व्यवसायीहरूलाई सरकारले करिब ४५ अर्ब रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानी माग्नका लागि निर्माण व्यवसायीहरू विभिन्न निकायहरु धाईरहेका छन् । निर्माण व्यवसायीहरूले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको भन्दै सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले रकम भुक्तानीको लागि प्रधानमन्त्रीदेखि अर्थमन्त्रीलाई समेत ध्यानाकर्षण गराइसकेको छ । तर सरकार भने निर्माण व्यवसायीहरूको भुक्तानी निरन्तर भइरहेको बताएको छ । सरकारले करिव २० अर्ब बढी रकम निर्माण व्यवसायीहरूलाई भुक्तानी गरिसकेको र बाँकी रकम दशैँअघि दिने कोशिस भइरहेको बताउँदै आएको छ । निर्माण व्यवसायीहरू नयाँ सरकारले गरेका प्रतिवद्धताअनुसार समस्या समाधान गर्न नसकेको भन्दै गुनासो गरिरहेका छन् ।

सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्ने र अन्य समस्या समाधान गरी सहज रूपमा काम गर्ने वातावरण बनाउने आश्वासन दिएपनि दुई महिनासम्म सम्बोधन नहुँदा निर्माण व्यवसायीहरूमा निराशा छाएको छ । विगतमा दशैँअघि सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी दिने गरेको थियो ।

तर यो वर्ष भुक्तानी नदिँदा निर्माण व्यवसायीहरूसँग जोडिएका प्राविधिकदेखि मजदुरहरुलाई तलब दिनसक्ने अवस्था नरहेको उनीहरुको भनाई छ । साथै चाडपर्वको मुखमै विपद्जन्य घटनाका कारण परिस्थिति सहज बनिरहेको छैन । १५ हजार सक्रिय निर्माण व्यवसायी, २० हजार प्राविधिक र लाखौं मजदुरलाई निर्माण व्यवसायीहरूले दशैँको लागि तलब दिनसक्ने अवस्था नभएको निर्माण व्यवसायीहरूले बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले विभिन्न निकायबाट ४५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने भएपनि अहिलेसम्म भुक्तानी नपाएको बताए । उनले शिथिल अवस्थामा रहेको निर्माण क्षेत्र पछिल्लो बाढी पहिरोको कारण थप मारमा परेको बताए । दशैंमा प्राविधि र मजदुरलाई तलब भत्ता समेत दिन नसक्ने अवस्थामा व्यवसायीहरू रहेको बताए । सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी नदिँदा लाँखौं मजदुरहरूको विचल्ली हुने अवस्था आएको जानकारी दिए ।

उनले करिव २ हजार बढी सक्रिय व्यवसायीहरूले सरकारबाट भुक्तानी नपाएको बताए । मुलुकमा आएको प्राकृतिक विपत्तिले पनि निर्माण व्यवसायीहरूलाई थप प्रभावित बनाएको बताए । बाढी पहिरोको कारण मुलुक भर निर्माणका सामग्री र आयोजनाहरू अस्तव्यस्त भएको बताए । अहिलेकोअवस्थामा दशैँमा निर्माणसँग सम्बन्धित लाखौं मजदुरको चुलो बाल्नुपर्ने भएपनि सरकारलाई भुक्तानी दिएको कारण व्यवसायीहरू संकटमा रहेको जानकारी दिए ।

उनले सरकारबाट भुक्तानी नआएसम्म सप्लाई र मजदुरहरूलाई व्यवसायीहरूले भुक्तानी गर्नसक्ने अवस्था नभएको बताए । सरकारले भुक्तानी नदिँदा निर्माण क्षेत्रमा जोडिएका १५ देखि २० हजार प्राविधि र लाखौं मजदुरहरू प्रभावित हुने बताए । सरकारले निर्माण व्यवसायीहरूलाई भुक्तानी नदिँदा मजदुरहरूले रमाइलोसँग दशैं मनाउन नपाउने अवस्था सिर्जना हुन लागेको जानकारी दिए ।

सरकारले भुक्तानी नदिँदा निर्माण क्षेत्रमा काम गरिरहेको १५ देखि २० हजार प्राविधि र त्यही अनुसारका व्यवसायी र लाखौं मजदुरहरु प्रभावित हुनछन् । उनीहरुले जसरी दशैं मनाउनुपर्ने हो त्यही अनुसार दशैं मनाउन नपाउने देखिन्छ । निर्माण व्यवसायीहरूले त्यो खालको वातावरण दिनसक्ने अवस्था छैन’, उनले भने ।

निर्माण व्यवसायी महासंघका उपाध्यक्ष राम्जी पन्तले नारायणी नदी व्यवस्थापनको काम गरेको अघिल्लो आर्थिक वर्षको ३० करोड बढी भुक्तानी आउन बाँकी रहेको बताए । उनले अहिलेसम्म एक रुपैयाँ पनि बजेट नभएकाले भुक्तानी पाउन नसकेको बताए । पछिल्लो समय ८९ प्रतिशत निर्माण व्यवसायीहरू सडकमा आएको जानकारी दिए ।

निर्माण व्यवसायीहरूको सरकारले समयमा भुक्तानी गर्न नसक्दा व्यवसायीहरूले प्राविधिक, मजदुर र बैंकको किस्ता समेत तिर्न नसकेको उनको भनाई छ । उपाध्यक्ष पन्तले यो वर्षको लागि निर्माण व्यवसायीहरूको लागि दशैं सुखद् नभएको बताए । बैंकहरूबाट थप ऋण लिएर मजदुर प्राविधिकलाई तलब दिने सोचिरहेको जानकारी दिए ।

नेपाल निर्माण व्यवसायी महासंघका उपमहासचिव शिवहरी घिमिरेले निर्माण व्यवसायीहरुसँग हजारौं मजदुर र उनीहरुका परिवार आश्रित रहेको बताए । उनले मजदुर र मजदुरका परिवारको लागि यो वर्षको दशैँमा सरकारले भुक्तानी नदिएको कारण तलव दिनसक्ने अवस्था नभएको बताए । निर्माण व्यवसायीहरूसँग जोडिएका अन्य सप्लार्सहरूको समेत भुक्तानी दिन नसक्ने अवस्था रहेको उल्लेख गरे ।

घिमिरेले सरकारले व्यवसायीहरूको भुक्तानी दिने छाट नदेखेको भन्दै दशैंमा मजदुरहरूको हात खाली पठाउनुपर्ने स्थिति सिर्जना भएको बताए । बैंकबाट ऋण लिने सिमामा समेत सकिएकाले तलब दिनसक्ने अवस्था नभएको जानकारी दिए ।

निर्माण व्यवसायी प्रमोद लामिछानेले पनि सरकारले निर्माण व्यवसायीहरूको समयमा भुक्तानी दिन नसक्दा व्यवसायी मात्रै नभएर निर्माणसँग जोडिएका सप्लायर्सदेखि मजदुरसम्म प्रभावित भएको बताए । उनले भुक्तानी नपाउँदा निर्माण व्यवसायी मात्रै नभएर धेरै पक्षलाई असर पर्ने अवस्था सिर्जना भएको बताए । निर्माण व्यवसायीहरूसँग जोडिएका मजदुर परिवारको दशैंमा तलब नपाउँदा बिचल्ली बन्ने अवस्था आउने बताए । गत वर्षदेखि सरकार र मन्त्रीहरू भुक्तानी दिने आश्वसन दिने तर काम नगर्ने अवस्था रहेको जानकारी दिए ।

वागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्रबहादुर तामाङले सरकारले पूर्णरुपमा निर्माण व्यवासायीको भुक्तानी दिन नसक्दा मुलुकको अर्थतन्त्रमा समस्या आएको बताए । सरकारले भुक्तानी नदिँदा निर्माण क्षेत्रसँग सम्बन्धि हजारौं मजदुरहरूले यो वर्षको दशैंमा तलब नपाउने अवस्था रहेको बताए । दशैंैंअघि पूर्ण रुपमा भुक्तानी पाउने आशा व्यवसायीहरूमा मरेर गएको जानकारी दिए ।

निर्माण व्यवसायी संघ भक्तपुरको अध्यक्ष विजयकुमार देउजाले पनि निर्माण व्यवसायीहरूले भुक्तानी नपाउँदा मुलुको समग्र अर्थतन्त्रमा असर परेको बताए । दशैंअघि भुक्तानी नपाए निर्माण क्षेत्रका मजदुरहरुमा ठूलो प्रभाव पर्ने जानकारी दिए ।

दशैंअघि सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी नदिए लाखौं मजदुर प्राविधिले तलब पाउने अवस्था नभएको दाबी गरे । उनले सरकारले दशैंअघि भुक्तानीको व्यवस्था गरी निर्माण मजदुरले खुशीका साथ दशैँ मान्ने वातावरण बनाउन माग गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending