Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बाढीले घाट घर बगाएपछि स्थानीयहरुमा चित्तासहित वेपत्ता वनेका शवहरुको सम्झना !

खबरडबली संवाददाता

 महोत्तरी । २०६० सालतिर महोत्तरीस्थित साविकको खयरमारा-३ का युक्ति ढकालको मृत्यु भएपछी घाटमा चित्ता राखेर जलाउन ठिक वनाउदा एक्कासी आएको बाढीले शव नै वेपत्ता वनाएको गाँउलेहरूले अझै बिर्सन सकेका छैनन ।

२०७८ सालमा समेत गाँउ कै एक जना विकको शव वगाउदासम्म दाहसंस्कार नै नगरी बाढीले एक दर्जन भन्दा बढी शवलाई निलेको रेकर्ड छ ।

भालुजोरा खोला र  टुटेश्वर खोलाको दोभानमा रहेको यो घाटमा दाहसंस्कारको लागि लैजादा वगाउने  क्रम निरन्तर चलेपछि २०८० सालमा स्थानियहरुले आफै तटवन्धन लगाएर एउटा घाट घर वनाएका थिए ।

तर  केहीदिन अगाडी आएको बाढीले यसलाई पूर्णरुपमा क्षतिग्रस्त वनायो भने तटवन्धन लगाएका ठाँउहरु वगाएर बगरमा परिणत भए ।

टुटेश्वर मन्दिरवाट ५ सय मिटरमाथी रहेको यो घाटलाई बर्दिवास-१०, ११ र ५ का झन्डै ११ हजार जनसंख्याले प्रयोग गर्ने गर्दछन् । 

त्यसैले वाढीले चित्तासहित निलेको आफन्तहरुको शवलाई आँखै अगाडी देखेका स्थानीयहरू उँही पुरानो नियति दोहोरिने चिन्ताले अहिले सरोकारवालाहरुसँग सहयोगको अपिल गरिरहेका छन् ।

'हिन्दु परम्पराअनुसार दांहसंस्कार अनिवार्य हो तर घाट नै असुरक्षित भएपछी चित्तामा राखेको शवलाई नै खोलाले वेपत्ता वनाउछ भने त्यो भन्दा नराम्रो के हुन् सक्ला र ?' स्थानीय विष्णुदेव भण्डारीले प्रतिप्रश्न गर्दै भने । 'स्थानीय सरकार, प्रदेश सरकार, संघिय सरकारले यसमा गम्भीर ध्यान देओस ।'

२०८० साल फाल्गुनमा  बिष्णुदेव उपाध्यायको संयोजकत्वमा स्थानियहरुले चन्दा उठाएको १२ लाख र प्रदेश सरकारले दिएको १५ लाख गरी २७ लाखमा वनाएका २ वटा घाट घर र तटवन्धन क्षणभरमा नै क्षतिग्रस्त वने ।

यसरी एक बर्ष पनि नपुग्दै क्षतिग्रस्त वनेपछि पुन:निर्माण कसरि गर्ने भन्ने स्थानियहरुमा थप चिन्ता थपिएको हो  ।

 वडा नं.११ का लक्ष्मी प्रसाद चौलागाँई अव पुन: स्थानियहरुको नै चन्दावाट निर्माण सम्भव नभएको वताउछ्न । 'स्थानियहरुले पहिले जसरी नै उठाएर वनाउन सकिने अवस्था छैन यसको लागि सरकारले हामरो समस्यालाई महसुस गरिदेओस ।' चौलागाईले भने । 'नत्र त्रास-त्रासमा नै वाच्नुपर्ने अवस्था रहन्छ ।'

वडा नं १० का पुर्व अध्यक्ष धनलाल श्रेष्ठ पनि परम्पराअनुसार चल्दै आएको दांहसंस्कारलाई ढुक्क हुने वातावरण सिर्जना गरिदिन सरोकारवालाहरुलाई आग्रह गर्दछन । वैकल्पित घाट पनि नभएको हुनाले पुन: निर्माण अविलम्ब हुनुपर्ने उन्को भनाई छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending