Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

के हो बाइक र स्कुटर चलाउँदा कुकुरले लखेट्ने कारण ?

खबरडबली संवाददाता

काठमाडौं । कुकुरलाई धेरै वफादार र मानव(अनुकूल जनावरका रुपमा  मानिन्छ । तर कोही बाइक वा स्कुटर चलाएको बेला कुकुरले तपाईंलाई लखेटेको छ रु यदि छैन भने  बाटोमा बाइक, स्कुटर र कार कुदाउँदा खेदाएको देख्नु भएकै होला ।

कुनै बेला त धेरै परसम्म  कुकुरहरूले सवारीको पिछा छोड्दैनन् । यस्तो बेला चालकले आत्तिएर झन् बेस्सरी कुदाउँदा दुर्घटना पनि हुन सक्छ । कुदाएको बेला लडेर चोटपटक लाग्ने सम्भावना पनि रहन्छ ।

जब सडकको कुकुरले तपाईंलाई खेद्छ, आफ्नो गाडीको गति बढाउनुहुन्छ। यो हतारमा कयौँ पटक दुर्घटना हुने गरेका छन् ।

आखिर किन कुद्छन् कुकुर गाडीको पछाडि ?

विज्ञान भन्छ( कुकुरहरूको यस्तो व्यवहारको लागि तपाईं जिम्मेवार हुनुहुन्न, बरु तपाईंको गाडीको टायर तिनीहरूको निशाना हो । कुकुरहरूले आफू बसेको क्षेत्रका रूखहरू र सवारी साधनहरूमा पिशाव गरेर आफ्नो क्षेत्र छुट्याउछन्  ।

कहिलेकाहीँ सवारी पार्किङ क्षेत्रमा अथवा कतै राखेको बेला कुनै कुकुरले टायरमा पिशाव गर्न सक्छन् । त्यो ठाउँबाट उक्त सवारी अर्को ठाउँमा लैजाँदा त्यसले अन्यत्रका कुकुरहरूको पनि पिशावको गन्ध थाहा पाउँछन् । र, उनीहरूलाई लाग्छ कि अर्को क्षेत्रको कुकुर आफ्नो क्षेत्रमा पसेको ठानेर लखेट्न थाल्छन् ।

अर्को कारण, कुकुरहरूलाई गाडीको बत्ती, आवाज, गाडीको घुमेको टायर मन पर्न सक्छ। उनीहरूलाई त्यसले आकर्षित गर्छ, त्यसैले गाडीको पछि कुदेका हुन सक्छन् । त्यस्तै केही सवारीसाधनको ठूलो आवाजले कुकुरहरूमा डर पैदा गर्छ र त्यसलाई लखेट्छन् ।

कुकुरहरू पनि प्रायः सवारी साधनको पछि दौडन्छन् । जसमा उनीहरूको साथी घाइते भएको भए उनीहरूका साथीको दुर्घटनामा मृत्यु भएको अवस्थामा पनि पछ्याउँछन्। यदि तपाईंको क्षेत्रमा सडकका कुकुरहरूले सवारी साधनलाई पछ्याइरहेका छन् भने सजिलै बुझ्न सकिन्छ यो गाडी तपाईंको क्षेत्रको होइन।

यस्तो बेला  मोटरसाइकल र गाडीलाई आवश्यक सीमाअनुसार रोकेर विस्तारै कुकुरलाई हटाउन सकिन्छ । –एजेन्सीको सहयोगमा

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

सदनमा भुइँतहका आवाज बोल्ने सपना

काठमाडाैै‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...

पाल्पामा जिप दुर्घटना, १० जना घाइते; चार वर्षीय बालकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending