काठमाडौं । कुकुरलाई धेरै वफादार र मानव(अनुकूल जनावरका रुपमा मानिन्छ । तर कोही बाइक वा स्कुटर चलाएको बेला कुकुरले तपाईंलाई लखेटेको छ रु यदि छैन भने बाटोमा बाइक, स्कुटर र कार कुदाउँदा खेदाएको देख्नु भएकै होला ।
कुनै बेला त धेरै परसम्म कुकुरहरूले सवारीको पिछा छोड्दैनन् । यस्तो बेला चालकले आत्तिएर झन् बेस्सरी कुदाउँदा दुर्घटना पनि हुन सक्छ । कुदाएको बेला लडेर चोटपटक लाग्ने सम्भावना पनि रहन्छ ।
जब सडकको कुकुरले तपाईंलाई खेद्छ, आफ्नो गाडीको गति बढाउनुहुन्छ। यो हतारमा कयौँ पटक दुर्घटना हुने गरेका छन् ।
आखिर किन कुद्छन् कुकुर गाडीको पछाडि ?
विज्ञान भन्छ( कुकुरहरूको यस्तो व्यवहारको लागि तपाईं जिम्मेवार हुनुहुन्न, बरु तपाईंको गाडीको टायर तिनीहरूको निशाना हो । कुकुरहरूले आफू बसेको क्षेत्रका रूखहरू र सवारी साधनहरूमा पिशाव गरेर आफ्नो क्षेत्र छुट्याउछन् ।
कहिलेकाहीँ सवारी पार्किङ क्षेत्रमा अथवा कतै राखेको बेला कुनै कुकुरले टायरमा पिशाव गर्न सक्छन् । त्यो ठाउँबाट उक्त सवारी अर्को ठाउँमा लैजाँदा त्यसले अन्यत्रका कुकुरहरूको पनि पिशावको गन्ध थाहा पाउँछन् । र, उनीहरूलाई लाग्छ कि अर्को क्षेत्रको कुकुर आफ्नो क्षेत्रमा पसेको ठानेर लखेट्न थाल्छन् ।
अर्को कारण, कुकुरहरूलाई गाडीको बत्ती, आवाज, गाडीको घुमेको टायर मन पर्न सक्छ। उनीहरूलाई त्यसले आकर्षित गर्छ, त्यसैले गाडीको पछि कुदेका हुन सक्छन् । त्यस्तै केही सवारीसाधनको ठूलो आवाजले कुकुरहरूमा डर पैदा गर्छ र त्यसलाई लखेट्छन् ।
कुकुरहरू पनि प्रायः सवारी साधनको पछि दौडन्छन् । जसमा उनीहरूको साथी घाइते भएको भए उनीहरूका साथीको दुर्घटनामा मृत्यु भएको अवस्थामा पनि पछ्याउँछन्। यदि तपाईंको क्षेत्रमा सडकका कुकुरहरूले सवारी साधनलाई पछ्याइरहेका छन् भने सजिलै बुझ्न सकिन्छ यो गाडी तपाईंको क्षेत्रको होइन।
यस्तो बेला मोटरसाइकल र गाडीलाई आवश्यक सीमाअनुसार रोकेर विस्तारै कुकुरलाई हटाउन सकिन्छ । –एजेन्सीको सहयोगमा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: