Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

पोखरामा प्याराग्लाइडिङ: सामान्य उडानको आठ हजार

खबरडबली संवाददाता

लेखनाथ। कास्कीको पोखरामा हुने प्याराग्लाइडिङ उडानमा मङ्गलबारबाट नयाँ शुल्क लागू भएको छ। प्याराग्लाइडिङ कम्पनी र पाइलटबिच अक्टोबर १ बाट नयाँ शुल्क लागू गर्ने सहमति भएको थियो। 

आपसी विवादका कारण एकद्वार प्रणाली हटाइँदा गएको मङ्सिरयता प्याराग्लाइडिङ उडान शुल्क तीन हजारसम्म झरेको थियो। करोडौं लगानी गरेका कम्पनी आपसी विवादका कारण साह्रै सस्तो शुल्कमा काम गर्नुपर्दा विस्थापित हुने अवस्थामा पुगेका थिए भने धेरै पाइलटले पेशा नै छाड्ने अवस्था आएको थियो। 

नेपाल हवाई खेलकुद संस्था (ना० पोखरा अध्यक्ष अनिल केसी दुवै पक्षले अहिले यथार्थ महसुस गरी समाधान खोजेको उल्लेख गर्नुभयो। अहिले नेपाल प्याराग्लाइडिङ पाइलट क्लब र नाका प्रतिनिधिबिच भएको छलफलपछि नयाँ शुल्क तोकिएको छ। “यसरी अस्वस्थ प्रतिस्पर्धाले गर्दा एकातिर सुरक्षा खतरा देखियो भने अर्कातिर कम्पनी र पाइलट दुवै विस्थापित हुने अवस्था बन्यो,” अध्यक्ष केसीले भने, “अहिले दुवै पक्ष बसेर नयाँ शुल्क तोकिएको छ। अक्टोबर १ बाट त्यो शुल्क लागू भएको छ।”

अब १५ देखि ३० मिनेटसम्मको उडानको संस्थागत मूल्य सात हजार पाँच सय र अधिकतम बजार मूल्य आठ हजार पाँच सय कायम हुनेछ। ३० मिनेटदेखि ६० मिनेटसम्म कम्पनी मूल्य ११ हजार दुई सय ५० र अधिकतम मूल्य १२ हजार सात सय ५० रुपियाँ राखिएको छ। ६० मिनेटको उडान क्रस कन्ट्री हो। 

पहिले सामान्य उडानको १२ हजार र क्रस कन्ट्री फ्लाइटको १८ हजार शुल्क थियो। गएको मङ्सिर अन्तिम साताबाट व्यवसायीबिच विवादपछि एकद्वार प्रणाली हट्दा उडान शुल्क तीन हजारसम्म झरेको थियो। अर्थतन्त्रमा सुधार आउँदै जाँदा पाइलट र व्यवसायी दुवैले थोरै मार्जिन राखेर चल्ने उपाय खोजेको उनको भनाइ छ। क्रस कन्ट्री उडानको शुल्क १८ हजारबाट घटाइएको हो। क्रस कन्ट्री उडान कुल उडानको बढीमा १० प्रतिशतमात्र हुने गरेको छ। 

अहिले पाइलटको पारिश्रमिक पनि बढाइएको छ। यो निर्णयसँगै पाइलटले अब प्रतिउडान ६० प्रतिशत र व्यवसायीले ४० प्रतिशत पाउने छन्। यसअघि दुवै पक्षले आधाआधा रकम पाउने गरेका थिए। 

कस्कीमा अहिले नवीकरण भएका ५० प्याराग्लाइडिङ कम्पनी छन्। दर्ता भएका ५७ मध्ये सात वटाको नवीकरण भएको छैन। यहाँ चार सय हाराहारी प्याराग्लाइडिङ पाइलट रहेकोमा दुई सय ९५ जना नियमित काममा छन्। 

उडान भर्ने ग्राहक पाएको अवस्थामा दिनमा दुई पटकसम्म एक पाइलटले उडान भर्न सक्छन्। पाइलटले आफूले उडाउने ग्लाइडर आफैं व्यवस्था गर्नुपर्छ। यसको शुल्क दश लाखसम्म पर्छ। प्यारा पाइलट बन्न दुईदेखि तीन वर्ष तालिम र अन्य लगानी गरी २५ लाखसम्म खर्च हुने जानकार बताउँछन्। 

यता, प्याराग्लाइडिङ कम्पनीले अप्रेसन खर्च, गाडी र आवश्यक सामान लेकसाइडबाट सराङकोट पुर्‍याउनेसहितका खर्च व्यहोर्दै आएका छन्। पोखरा प्याराग्लाइडिङ क्षेत्रमा एक अर्बभन्दा बढी लगानी भएको बताइन्छ। 

नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष दीपक थापाले पछिल्लो समय बनेको सहमतिले यो क्षेत्रमा स्थायित्व ल्याउने अपेक्षा गरे। उनले भने, “पहिले न पाइलटको सुरक्षा, न आम्दानी हुने अवस्था थियो। अहिलेको सहमति राम्रो छ। यसलाई कार्यान्वयन गरी पोखराको प्याराग्लाइडिङलाई पहिलेकै अवस्थामा पुर्‍याउनुपर्छ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिमपहिरो जाँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । हिमपहिरोबाट एक जना बच्...

एमालेको राष्ट्रवादी छवि देखेर एमालेमा आएँ : अग्रवाल

काठमाडौं। शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले नेकपा (एमाले) पार्टीको राष्ट्रवादी छवि र समृद्ध नेपाल सुखी नेपालीको अभियान मन परेर एमालेमा प्रवेश गरेको ...

आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने भन्ने विषयमा अझै स्पष्ट छैन: ओली

विमानस्थलमा मलाई सुन तस्करलाई जस्तो चेकिङ गरेर हैरान पारियो

सरकारले निर्वाचनमा जान अनुकूल वातावरण बनाएन: विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जान अनुकूल वातावरण नबनाएको आरोप लग...

महिला टी-२० विश्वकप : पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा जिम्बाबेलालाई ६ विकेटले पराजित गर्दै पहिलो जीत हासिल गरेको छ। शनिबार त्...

उपल्लो मुस्ताङमा दोस्रोपटक हिमपात

मुक्तिनाथ। उपल्लो मुस्ताङमा शनिबार विहानदेखि यस सिजनको दोस्रो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती ...

हिमपातसँगै मुगुको जनजीवन प्रभावित

मुगु। चिसो बढेसँगै जिल्लाको विभित्र ठाउँमा हिमपात सुरु भएको छ । शुक्रबार रातिदेखि नै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण जिल्लाको...

बालेन शाहले मधेशी श्रमिक र फुटपाथ व्यवसायीलाई काठमाडौंबाट लखेटे: प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पूर्व काठमाडौं मेयर र हाल रास्वपा नेता बालेन शाहमाथि मधेशी श्रमिक, साना व्याप...

नयाँ दलप्रति ओलीको टिप्पणी: भोलि कहाँ जाने केही थाहा छैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूको भविष्यबारे केही पनि निश्चित नभएको टिप्पणी गरेका छन्। शनिबार पार्टी मुख्या...

रास्वपासँग कुनै पदको बार्गेनिङ गरिन: कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending