Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

पोखरामा प्याराग्लाइडिङ: सामान्य उडानको आठ हजार

खबरडबली संवाददाता

लेखनाथ। कास्कीको पोखरामा हुने प्याराग्लाइडिङ उडानमा मङ्गलबारबाट नयाँ शुल्क लागू भएको छ। प्याराग्लाइडिङ कम्पनी र पाइलटबिच अक्टोबर १ बाट नयाँ शुल्क लागू गर्ने सहमति भएको थियो। 

आपसी विवादका कारण एकद्वार प्रणाली हटाइँदा गएको मङ्सिरयता प्याराग्लाइडिङ उडान शुल्क तीन हजारसम्म झरेको थियो। करोडौं लगानी गरेका कम्पनी आपसी विवादका कारण साह्रै सस्तो शुल्कमा काम गर्नुपर्दा विस्थापित हुने अवस्थामा पुगेका थिए भने धेरै पाइलटले पेशा नै छाड्ने अवस्था आएको थियो। 

नेपाल हवाई खेलकुद संस्था (ना० पोखरा अध्यक्ष अनिल केसी दुवै पक्षले अहिले यथार्थ महसुस गरी समाधान खोजेको उल्लेख गर्नुभयो। अहिले नेपाल प्याराग्लाइडिङ पाइलट क्लब र नाका प्रतिनिधिबिच भएको छलफलपछि नयाँ शुल्क तोकिएको छ। “यसरी अस्वस्थ प्रतिस्पर्धाले गर्दा एकातिर सुरक्षा खतरा देखियो भने अर्कातिर कम्पनी र पाइलट दुवै विस्थापित हुने अवस्था बन्यो,” अध्यक्ष केसीले भने, “अहिले दुवै पक्ष बसेर नयाँ शुल्क तोकिएको छ। अक्टोबर १ बाट त्यो शुल्क लागू भएको छ।”

अब १५ देखि ३० मिनेटसम्मको उडानको संस्थागत मूल्य सात हजार पाँच सय र अधिकतम बजार मूल्य आठ हजार पाँच सय कायम हुनेछ। ३० मिनेटदेखि ६० मिनेटसम्म कम्पनी मूल्य ११ हजार दुई सय ५० र अधिकतम मूल्य १२ हजार सात सय ५० रुपियाँ राखिएको छ। ६० मिनेटको उडान क्रस कन्ट्री हो। 

पहिले सामान्य उडानको १२ हजार र क्रस कन्ट्री फ्लाइटको १८ हजार शुल्क थियो। गएको मङ्सिर अन्तिम साताबाट व्यवसायीबिच विवादपछि एकद्वार प्रणाली हट्दा उडान शुल्क तीन हजारसम्म झरेको थियो। अर्थतन्त्रमा सुधार आउँदै जाँदा पाइलट र व्यवसायी दुवैले थोरै मार्जिन राखेर चल्ने उपाय खोजेको उनको भनाइ छ। क्रस कन्ट्री उडानको शुल्क १८ हजारबाट घटाइएको हो। क्रस कन्ट्री उडान कुल उडानको बढीमा १० प्रतिशतमात्र हुने गरेको छ। 

अहिले पाइलटको पारिश्रमिक पनि बढाइएको छ। यो निर्णयसँगै पाइलटले अब प्रतिउडान ६० प्रतिशत र व्यवसायीले ४० प्रतिशत पाउने छन्। यसअघि दुवै पक्षले आधाआधा रकम पाउने गरेका थिए। 

कस्कीमा अहिले नवीकरण भएका ५० प्याराग्लाइडिङ कम्पनी छन्। दर्ता भएका ५७ मध्ये सात वटाको नवीकरण भएको छैन। यहाँ चार सय हाराहारी प्याराग्लाइडिङ पाइलट रहेकोमा दुई सय ९५ जना नियमित काममा छन्। 

उडान भर्ने ग्राहक पाएको अवस्थामा दिनमा दुई पटकसम्म एक पाइलटले उडान भर्न सक्छन्। पाइलटले आफूले उडाउने ग्लाइडर आफैं व्यवस्था गर्नुपर्छ। यसको शुल्क दश लाखसम्म पर्छ। प्यारा पाइलट बन्न दुईदेखि तीन वर्ष तालिम र अन्य लगानी गरी २५ लाखसम्म खर्च हुने जानकार बताउँछन्। 

यता, प्याराग्लाइडिङ कम्पनीले अप्रेसन खर्च, गाडी र आवश्यक सामान लेकसाइडबाट सराङकोट पुर्‍याउनेसहितका खर्च व्यहोर्दै आएका छन्। पोखरा प्याराग्लाइडिङ क्षेत्रमा एक अर्बभन्दा बढी लगानी भएको बताइन्छ। 

नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष दीपक थापाले पछिल्लो समय बनेको सहमतिले यो क्षेत्रमा स्थायित्व ल्याउने अपेक्षा गरे। उनले भने, “पहिले न पाइलटको सुरक्षा, न आम्दानी हुने अवस्था थियो। अहिलेको सहमति राम्रो छ। यसलाई कार्यान्वयन गरी पोखराको प्याराग्लाइडिङलाई पहिलेकै अवस्थामा पुर्‍याउनुपर्छ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदै: आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...

भूकम्पपीडितको आवास पुनर्निर्माणका लागि पाँच अर्ब सुनिश्चित छ : गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...

मौद्रिक नीतिमा नयाँ व्यवस्था : वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खुला

काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...

जनतालाई आर्थिक भार नपर्ने गरी विद्युतमा करको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छु: ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ ।  ...

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ - मन्त्री लम्साल

समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ

अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छ: कृषिमन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...

हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछ: मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...

मन्त्रीमाथि सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोपमा स्वास्थ्यकर्मी अधिकारी पक्राउ

जनकपुरधाम । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचनात्मक टिप्पणी गरेको आरोपमा धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending