Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

परम्परागत बालीको ‘पकेट’ क्षेत्र बनाउन सहकारीद्वारा कृषि उपज बीउ सङ्कलन

खबरडबली संवाददाता

बाजुरा । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको एक सहकारी संस्थाले कृषि उपज बीउ सङ्कलन सञ्चालनमा ल्याएको छ । परम्परागत बालीको पकेट क्षेत्र बनाउने गरी सहकारीले किसानले लगाएका दलहनबाली खरिद गरेर बजार क्षेत्रमा पुर्‍याउने गरेको छ ।

२०७६ सालमा स्थापना भएको सामुदायिक बीउ बैंक तथा कृषि सहकारी संस्थाले बीउ बैंक स्थापना गरी रैथाने बाली सङ्कलन गर्दै आएको हो । बीउ बैंक स्थापनाका लागि सहकारीले बचत सुरु गरेको छ । सामान्य बचत मात्रैले स्वामिकार्तिकका किसानलाई सहयोग नपुग्ने भएपछि सहकारीले बचतबाट जम्मा भएको रु १० लाख पुँजीले पालिकामा उत्पादन भएका स्याउ किसानकै बारीमा पुगेर खरिद गरी जिल्लाका विभिन्न बजार र नेपालगञ्ज, धनगढी, सुर्खेत, काठमाडौँलगायतका सहर पुर्‍याएर बिक्री गर्ने गरेको छ ।

सामुदायिक बीउ बैंक तथा कृषि सहकारीले गाउँपालिकाको कृषि विकास शाखासँग पनि सहकार्य गरेको छ । पालिकासँगको सहकार्यमा जलवायु अनुकूलन कृषि खेती तथा परम्परागत बालीको संरक्षण र सम्वर्द्धन गरिरहेको छ । उक्त सहकारीको बीउ बैंक तथा सङ्कलन केन्द्र स्थापनाका लागि स्याउ खेती, परम्परागत बाली बजारीकरणमा ढुवानी अनुदान दिइएको छ । सहकारीका सदस्यलाई चार वटा कृषि समूहमा विभाजन गरेर किसानलाई कृषि प्राविधिक परामर्श, प्लास्टिक टनेल, थोपा सिँचाइ, आवश्यक बीउ, हजारी, झोल मलका लागि ड्रम, पाइप, स्प्रे, पाशा, गुमोज प्लास्टिक गाउँपालिकाले सहयोग गरेको छ ।

बीउ बैंक तथा सङ्कलन केन्द्रका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र स्वामीकार्तिक खापर गाउँपालिकाले ३० लाख सहयोग गरेको छ ।  बीउ बैंक तथा सङ्कलन केन्द्र स्थापनाका लागि गाउँपालिकाको सहयोगले थप मद्दत पुगेको सहकारीका व्यवस्थापक मनवीर ल्वारले बताए ।   

सहकारीको भवन निर्माण भएपछि एक गैर सरकारी संस्थाले रैथाने बाली प्रशोधन, ग्रेडिङ, प्याकिङ मेसिन, सङ्कलित बीउ राख्ने ट्याङ्की पनि सहयोग गरेको छ । बीउ बैंकमा अहिले जुनसुकै बेला कोदो, जौ, उवा, फापर, मार्से, कागुनो, सिमी, चिनो, मकै, धान, जुम्ली मार्सी धान लगायतको बीउ पाइने सहकारीका व्यवस्थापक ल्वारले बताए । गाउँपालिकामा पाँच जनालाई ज्याला दिएर बीउ सङ्कलनकर्ताका रूपमा नियुक्त गरिएको छ ।

सङ्कलनकर्ताले किसानको घरमै गएर परम्परागत बाली खरिद गर्दै उक्त बाली बीउ बैंक तथा सङ्कलन केन्द्रमा पुर्‍याउने गरेका छन् । बीउ वितरण गरेर बढी भएको बाली जिल्ला बाहिर पनि ढुवानी अनुदानमा सहकारीले बिक्री गर्ने गरेको छ । सहकारीले सञ्चालनमा ल्याएको बीउ बैंकबाट  चालु आर्थिक वर्षमा मात्रै दुई ट्रक कोदो, दुई क्वीन्टल जौ, चिनो, कागुनो खरिद गरेर बिक्री गरेको जनाएको छ । 

सहकारीले स्वामिकार्तिकमा नपाइएको परम्परागत बालीको बीउ हिमाली, जगन्नाथ, बूढीनन्दा नगरपालिकाबाट खरिद गर्ने गरेको छ । सहकारीले बीउ बैंकको शाखा बूढीनन्दा नगरपालिकामा पनि स्थापना गरेको छ । अहिले स्वामिकार्तिक गाउँपालिकाको कृषि नीतिमा सहकारीमार्फत ढुवानी अनुदानको कुरा समेटेर बीउ बैंक र कृषि उपज सङ्कलन केन्द्रको सहजताका लागि कृषि एम्बुलेन्स खरिद गरेको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए ।

एक सय ७० सदस्य रहेको सहकारीमा एक सय स्वामिकार्तिक गाउँपालिकाका र ७० बूढीनन्दा नगरपालिकाका स्थानीय आबद्ध छन् । सहकारीमा ८० प्रतिशत महिला छन् । विभिन्न उपलब्धि हासिल गरेर ऋण परिचालन गरिरहेको सहकारीको कोषमा हाल १० लाख रकम रहेको व्यवस्थापक ल्वारले जानकारी दिए । रैथाने बालीको बीउ उपलब्ध गरी खेती गर्न थालेपछि सदस्यहरूले मासिक एक सयदेखि एक हजारसम्म बचत र ऋण परिचालन गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोल्डेन बुटको दौडमा मेसी र एमबाप्पे, कसको सम्भावना कति ?

काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...

नेपालगञ्ज भन्सारबाट २० अर्बभन्दा बढी राजस्व सङ्कलन

बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकु...

तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोन...

नेप्से परिसूचक ७९ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्...

‘मास्टर्नी’ चलचित्रको गीतविरुद्ध सञ्चार मन्त्रालयमा उजुरी, प्रतिबन्ध लगाउन माग

काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको ...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...

हङकङमा देउवाको हात भाँचियो

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...

देउवा समूहको बैठक बस्दै, पार्टीको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...

सप्तकोशीमा जलप्रवाह बढेपछि सुनसरी प्रशासन उच्च सतर्क, कोशी ब्यारेजको अनुगमन

सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...

आजदेखि देशभर तीन महिने डेङ्गु सचेतना अभियान सुरु

काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending