Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

दसैँको मुखैमा कष्टकर यात्रा– अहिले घर जान हतार नगरौँ

खबरडबली संवाददाता

काठमाडौँ । वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरूको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । 

कतिबेला घर पुग्ने हो ठेगान छैन । अन्य प्राकृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाए झैँ हुने हो कि भन्ने त्रासमा यात्रा गर्न बाध्य छन् । 

यही असोज ११ गतेदेखि नै काठमाडौँको नागढुङ्गा हुँदै जाने सवारी साधन गन्तव्यमा जान सकेका छैनन् । सामान्य रूपमा सडकमा खसेको पहिरो हटाएर सवारी साधन कछुवाको गतिमा चल्न सुरु भए लगत्तै असोज १४ गते दिउँसोबाट रात्रिकालीन सवारी साधन काठमाडौँबाट छुटाउन थालिएको थियो । दसैँका यात्रु भरिभराउ ती रात्रिकालीन बस एकैचोटि निस्किए । 

राजमार्गमा सुस्त गतिमा मात्रै सवारी साधन चल्नसक्ने अवस्थामा यातायातको चाप अत्यधिक हुँदा र चालकको ‘ओभरटेक’ गर्ने पुरानै नराम्रो बानीले सडक खुले पनि जामको समस्या कायमै छ । यद्यपि बिचबिचमा पुनः पहिरो खस्ने क्रम जारी तथा ठाउँठाउँमा एकतर्फी सडकले जाम थपिएको छ ।

त्यसैले अब यात्रुहरूले यो दसैँमा घर पुग्न ठुलै युद्ध जिते झैँ हुने अवस्था रहेको चितवन जान लागेका यात्रु कृष्ण शर्माले बताउनुभयो । सोमबार राति ११ बजे नागढुङ्गा नाका हुँदै उपत्यका छाड्ने यात्रु बोकेका सवारी साधनहरू काठमाडौँको नैकापसम्म लाइन थियो । आज पनि ती सवारी साधन राम्ररी अघि बढ्न सकेका छैनन् । 

यस्तै, पूर्व र पश्चिम नेपाल जाने राजमार्ग पनि राम्ररी सञ्चालन हुन सकेका छैनन् । नेपाल  प्रहरीका अनुसार आज पनि २० भन्दा बढी ठाउँमा राजमार्ग अवरोध नै रहेको तथ्याङ्क छ । केही ठाउँमा पहिरो हटाउने र सडक खुलाउने काम पनि जारी छ ।

सडक यात्रा जोखिमपूर्ण रहेपछि अहिले हवाई यात्रुको सङ्ख्या थेगिनसक्नु भएको छ । नारायणगढबाट बुटवल हुँदै जाने सडकको दाउन्ने खण्डमा सडक भासिएका कारण उक्त खण्ड पनि पूर्णरुपमा बन्द हुँदा सवारी साधनको चाप थपिएको छ । बिपी राजमार्ग पनि क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ । 

काठमाडौँ–नारायणगढ सडकका दर्जनौँ ठाउँमा भत्किएको सडक गाडीको अत्यधिक चापका कारण राम्री सवारी साधन सञ्चालन हुने गरी सडक व्यवस्थापन गर्न सक्ने अवस्थासमेत छैन । हेर्दा कामचलाउका रूपमा मात्रै यातायात सञ्चालन गरिएको छ । सामान्य पानी परेको खण्डमा यातायात पूर्णरुपमा अवरुद्ध हुने अवस्था रहेको नेपाल प्रहरीका सहायक प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी बताउँछन् ।

समयमै गन्तव्यमा यातायातका साधन जान नसकेपछि यातायातको ‘चेन ब्रेक’ हुने अवस्थाले गर्दा यात्रुको चाप बढ्ने, यातायात अव्यवस्थित हुने, यात्रुको तँछाडमछाड हुने र त्यसले दसैँसम्म नै यात्रा कष्टकर हुनसक्ने देखिएको छ । यातायात व्यवस्था विभागले यही असोज १४ गतेदेखि देशभर बाटो इजाजत खुला गरेकाले अब गाडीको चाप झन् बढ्न थालेको छ । 

पानी पर्दै नपरेको खण्डमा दसैँ आसपाससम्म यातायात पूर्णरुपमा सहज पार्ने प्रयास जारी रहेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारी अहिले कसरी हुन्छ रोकिएका यातायातलाई गन्तव्यमा पुर्‍याउने र यातायात सहज आवागमन पार्ने भन्नेमै सरकारको ध्यान रहेको बताए । उनले भने, “प्राथमिकताका आधारमा अत्यावश्यक र यात्रुवाहक साधनलाई पठाउने गरिएको छ, त्यसपछि खाद्यान्न, इन्धनलगायत बोकेका अत्यावश्यक सवारी साधनलाई प्राथमिकतामा राखेर व्यवस्था भइरहेको छ ।”

प्रवक्ता तिवारीका अनुसार केही ठाउँमा पहिरो गएको र झ्याप्ले खोलामा पनि एकतर्फी जस्तै छ । त्यसैले समस्या भएको उनले बताए । अब दाउन्नेमा पनि एकतर्फी खुलेको र धादिङको पहिरो हटाइसकेका कारण यातायात आवागमन सहज बन्दै जाने उनले बताए । 

उनका अनुसार अहिले बिहान ११ देखि १ बजेसम्म बिचबिचमा सवारी साधन रोकेर दुईतर्फी यातायात खुलाउने गरी काम अघि बढाउने निर्णय भएको छ । अबको केही दिनमा पुरानै अवस्थामा यातायात आवागमन सहज हुने गरी व्यवस्थापन कार्यलाई तीव्रता दिइएको उनले बताए । यो चाडपर्वमा १८ लाख मानिसले राजधानी छाड्ने अनुमान यसअघि नै गरिएको थियो ।

यही अवस्थामा गाडी लैजान सक्दैनौँ 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला अब दसैँको बुकिङ नै बन्द गर्न लागिएको बताउँछन् । यो अवस्थामा कुनै हालतमा यात्रुलाई गन्तव्यमा लैजान नसकिने उनले बताए  । 

वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, “विषम परिस्थिति, वर्षालगायत कारण राज्यले व्यवस्थापन गर्न सकिरहेको छैन, बीपी राजमार्ग ठप्पै छ, त्यहाँ ६०० सवारी साधन रोकिएका छन्, चालक खान नपाएको भनेर आफूलाई फोन गरिरहेका छन्, दुवै पट्टि पहिरो गएर बिचमा जोखिमपूर्ण अवस्थामा गाडी अड्किरहेका छन्, हामीले खाना नै पुर्‍याउन सकिरहेका छैनौँ, सरकारले पनि सकेको छैन, अनि कसरी चलाउन सकिन्छ गाडी ?”

वरिष्ठ उपाध्यक्ष सिटौलाले नागढुङ्गाबाट बाहिर जान चार दिनअघिका गाडी बल्ल पठाइएको बताए । “जाम जारी छ, धादिङ र दाउन्नेमा पहिरो खसिरहेकै छ, देशभरको सडक अस्तव्यस्त भएका कारण समस्या ठुलो छ, फेरि वर्षा हुने भनिरहेको छ, बिचमा रोकिएका गाडी र यात्रु जोखिममा परे, केही भए जिम्मा कसले लिन्छ ? वर्षा नहुँदा पनि सुक्खा पहिरो खसिरहेको छ, यातायात रोकिँदा अब हाम्रो सबै ‘सेडुअल’ बिग्रियो, अब हामीले टिकट बुक गर्न सक्ने अवस्था छैन, यदि गाडी समयमा आउने अवस्था नरहे यात्रुका पैसा फिर्ता गर्नेछौँ ।” 

वर्षाका कारण विपत्तिको सङ्कटग्रस्त क्षेत्र घोषण गर्न ढिला गर्न नहुनेमा उनले सरकारलाई सुझाव दिए । मान्छेको ज्यान बचाउन राज्यले ध्यान दिनुपर्छ भन्दै सिटौलाले दसैँ पछि पनि मनाउन सकिने भएकाले अहिले ख्याल गर्नुपर्ने बताए । आज पनि बिहान ११ बजेदेखि गाडी रोक्न अनुरोध आएको सुनाउँदै उनले एक ठाउँमा भए गाडी रोकौँला पन्छाएपछि सहज जाउँला भन्ने हुन्छ, जताततै भत्किएको अवस्थामा सहज सञ्चालन हुने अवस्था नै नरहेको उनले सुनाए । पहिरोको त्रास कायमै रहेको अवस्थामा बेलैमा सरकारले निर्णय गरोस् भन्ने आफूहरूको माग रहेको उनले बताए ।

‘अहिले घर जान हतार नगरौँ’
यातायात क्षेत्रका विज्ञ आशिष गजुरेल अहिलेको अवस्थामा यातायात सहज बनाउन सकिने अवस्था छ भने सहज बनाउने, होइन अवस्था जटिल छ भन्ने देखिएको त्यो सडक बन्द नै गरेर काम गर्नुपर्ने बताउँछन् । उनले भने, “कहाँ–कहाँ व्यवस्थापन गर्न सकिन्छ गर्ने र सुधार गर्न सक्ने ठाउँमा सुधार गर्नुपर्छ, तत्काल व्यवस्थापन गर्न सकिँदैन भने बन्द नै गर्नुपर्छ, दसैँ छ भनेर जोखिममा यात्रा गराउनु हुन्न ।”

अहिले पनि सडकमा पहिरो खस्ने र ढुङ्गा खस्ने क्रम जारी रहेको उल्लेख गर्दै उहाँले सुधार गरेर सञ्चालन गर्दा जोखिम छैन भन्ने लागेको क्षेत्रमा सञ्चालन गर्ने तर सडक व्यवस्थापनमा समय लाग्ने छ भने हतार गर्न नहुने सुझाव दिए । “दसैँमा यात्रुको चाप छ भनेर ज्यानको जोखिम राखेर सवारी साधन सञ्चालन गर्नु भएन”, उनले भने, “त्यसैगरी सञ्चालन गर्दा झ्याप्ले खोलामा त्यति ठुलो घटना भयो, गाडी नचलाऊ भन्दाभन्दै चलाएका कारण झ्याप्ले खोलामा घटना भएको थाहा नै छ ।”

उनका अनुसार जहाँ पनि सडक खनेको ठाउँमा सानो ठुलो पहिरो खसिरहेको र यसले जोखिम कायम छ भनेर देखाउँछ । आगामी दिनमा पनि ठुलो क्षति गराउन सक्ने उनको भनाइ छ । “यो अवस्थामा जबरजस्ती गरेर घर जानलाई हतार गर्नु हुँदैन, ज्यान रह्यो भने दसैँ त फेरि पनि मनाउन पाइहालिन्छ”, गजुरेलले भने, “यात्रुले पनि जबरजस्ती जान नखोजौँ, सरकारले पनि जोखिम छ भनेर यकिन भएको ठाउँमा गाडी जान रोक्नैपर्छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोल्डेन बुटको दौडमा मेसी र एमबाप्पे, कसको सम्भावना कति ?

काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...

नेपालगञ्ज भन्सारबाट २० अर्बभन्दा बढी राजस्व सङ्कलन

बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकु...

तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोन...

नेप्से परिसूचक ७९ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्...

‘मास्टर्नी’ चलचित्रको गीतविरुद्ध सञ्चार मन्त्रालयमा उजुरी, प्रतिबन्ध लगाउन माग

काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको ...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...

हङकङमा देउवाको हात भाँचियो

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...

देउवा समूहको बैठक बस्दै, पार्टीको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...

सप्तकोशीमा जलप्रवाह बढेपछि सुनसरी प्रशासन उच्च सतर्क, कोशी ब्यारेजको अनुगमन

सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...

आजदेखि देशभर तीन महिने डेङ्गु सचेतना अभियान सुरु

काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending