उर्लाबारी । मोरङको कानेपोखरी, ग्रामथान गाउँपालिका र विराटनगर महानगरपालिकामा सोमबार तीन जनाको शव भेटिएको छ ।
मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीकाअनुसार वृद्धसहित दुई पुरुष र एक जना महिलाको शव भेटिएको हो । विराटनगरको सिंघीया खोलामा मृत फेला परेकी महिलाको पहिचान खुलेको छैन भने कानेपोखरी र ग्रामथानमा मृत भेटिएका दुवै पुरुषको पहिचान खुलिसकेको छ ।
कानेपोखरी–४ खोरियामा डाँस खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा एक जना वृद्ध पुरुषको शव फेला परेको हो । पथरीशनिश्चरे–८ का ७५ वर्षीय लाखबहादुर राईलाई खोलाले बगाउँदै गरेको अवस्थामा स्थानीयले देखेर बाहिर निकालेका थिए ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले सोमबार दिउँसो १ बजेतिर राईलाई स्थानीयले बाहिर निकालेको बताए। प्रहरीका अनुसार खोलाबाट बाहिर निकाल्दा राईको मृत्यु भइसकेको थियो ।
छोरीको घरमा आएका राई पाँच दिनदेखि सम्पर्कबिहिन थिए। छोरीको घरबाट खाना खाएर घर फर्किने क्रममा राईलाई डाँस खोलाले बगाएको हो । राईको शवलाई प्रहरीले पोस्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाइएको छ ।
ग्रामथान गाउँपालिका–६ का ३५ वर्षीय सत्यनारायण भगत घर नजिकैको पैनीमा मृत फेला पर्नु भएको छ। आइतबार घरबाट माछा मार्न निस्किनु भएका भगतको शव खोजि गर्ने क्रममा घर देखि दुई सय मिटर दक्षिणमा भेटिएको हो ।
भगतको शव पानीमा डुबिरहेको अवस्थामा फेला परेको मोरङ प्रहरीका डीएसपी जोशीले बताए । भगतको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ ।
यस्तै विराटनगरमा सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा एक जना महिलाको शव भेटिएको छ । हाटखोलामा शव भेटिएकी अन्दाजी ३० वर्षीया महिलाको पहिचान खुलेको छैन ।
खोलाले बगाएर ल्याउँदै गरेको देखेपछि स्थानीयले खोलाबाट शव बाहिर निकालेका थिए । उक्त शव पनि पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १ गते, २०८३ - १६:४९
काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...
श्रावण १ गते, २०८३ - १६:२९
बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकु...
श्रावण १ गते, २०८३ - १६:१८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोन...
श्रावण १ गते, २०८३ - १५:४४
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्...
श्रावण १ गते, २०८३ - १५:२९
काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको ...
श्रावण १ गते, २०८३ - १५:०६
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...
श्रावण १ गते, २०८३ - १४:३६
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...
श्रावण १ गते, २०८३ - १४:१९
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...
श्रावण १ गते, २०८३ - १३:४८
सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...
श्रावण १ गते, २०८३ - १३:३९
काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...



प्रतिकृया लेख्नुहोस्: