Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

मोरङमा तीन जनाको शव भेटियो

खबरडबली संवाददाता

उर्लाबारी । मोरङको कानेपोखरी, ग्रामथान गाउँपालिका र विराटनगर महानगरपालिकामा सोमबार तीन जनाको शव भेटिएको छ । 

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीकाअनुसार वृद्धसहित दुई पुरुष र एक जना महिलाको शव भेटिएको हो । विराटनगरको सिंघीया खोलामा मृत फेला परेकी महिलाको पहिचान खुलेको छैन भने कानेपोखरी र ग्रामथानमा मृत भेटिएका दुवै पुरुषको पहिचान खुलिसकेको छ ।

कानेपोखरी–४ खोरियामा डाँस खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा एक जना वृद्ध पुरुषको शव फेला परेको हो । पथरीशनिश्चरे–८ का ७५ वर्षीय लाखबहादुर राईलाई खोलाले बगाउँदै गरेको अवस्थामा स्थानीयले देखेर बाहिर निकालेका थिए । 

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले सोमबार  दिउँसो १ बजेतिर राईलाई स्थानीयले बाहिर निकालेको  बताए। प्रहरीका अनुसार खोलाबाट बाहिर निकाल्दा राईको मृत्यु भइसकेको  थियो । 

छोरीको घरमा आएका राई पाँच  दिनदेखि सम्पर्कबिहिन थिए। छोरीको घरबाट खाना खाएर घर फर्किने क्रममा राईलाई डाँस खोलाले बगाएको हो । राईको शवलाई प्रहरीले पोस्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाइएको छ ।

ग्रामथान गाउँपालिका–६ का ३५ वर्षीय सत्यनारायण भगत घर नजिकैको पैनीमा मृत फेला पर्नु भएको छ। आइतबार घरबाट माछा मार्न निस्किनु भएका भगतको शव खोजि गर्ने क्रममा घर देखि दुई सय मिटर दक्षिणमा भेटिएको हो । 

भगतको शव पानीमा डुबिरहेको अवस्थामा  फेला परेको मोरङ प्रहरीका  डीएसपी जोशीले बताए । भगतको शव पोस्टमार्टमका लागि  कोशी अस्पताल विराटनगर पठाइएको छ ।

यस्तै विराटनगरमा  सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा एक जना महिलाको शव भेटिएको छ । हाटखोलामा शव भेटिएकी अन्दाजी ३० वर्षीया महिलाको पहिचान खुलेको छैन ।

खोलाले बगाएर ल्याउँदै गरेको देखेपछि स्थानीयले खोलाबाट शव बाहिर निकालेका थिए । उक्त शव पनि पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि, कुलमान र बालेनबीच आज त्रिपक्षीय भेट हुँदै

काठमाडौँ । वैकल्पिक राजनीतिक शक्तिहरूबीच मोर्चाबन्दीको तयारी भइरहेका बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर ...

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबिच छलफल, निर्वाचनको वातावरण छिटो बनाउन देउवाको आग्रह

काठमाडौँ। वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रम...

प्रधानमन्त्रीले देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार निर्वाचनबारे छलफल हुने भएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइ...

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending